Posted by: miss_ me January 27, 2007
Login in to Rate this Post:
0
?
:)
राहुलदा को कविता मा मैले सबिता थपि दिए है । हुनत यहि कतै बाटै लिएको यो निकै पुरानो टुक्रा हो । हजुरको कविता देखेर ह्या टाँस्न मन लाग्यो नरिसाउनुस है ।
....
आज पनि तिमी आयौ
खै किन ?
सायद म हडबडाए
सम्हालिन खोज्दा
मैले सोध्न बिर्से।
यि बाटोहरुमा
एक्लै हिडिरहेछु
मानिस हरुको भिडमा
म आफूलाई एक्लो पाउछु
हल्लै हल्लाबिच पनि
स्तब्धता मलाई पच्छ्याउछ
र पनि म हिडिरहेछु
मानौ म हिड्न चाहान्छु
फेरि सोच्छु आफै संग
कतै मेरो हिडाइ
निरर्थक त होइन?
अनायासै
मेरो पाइला रोकिन्छ,
तर एक झोक्का चिसो बतास
मलाई छोएर जान्छ
लाग्छ कोहि मेरो छेवैमा
सुमधुर आवाजमा
कानेखुसी गरे जस्तो
“किन रोकिएको?”
म झस्किन्छु-
लक्ष मलाइ प्रेरित गरिरहेछ
अनि म फटाफट हिड्छु।।
........