mr.jomsom
Replies to this thread:

More by mr.jomsom
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 देवकोटाको नेपाल

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 13381 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-22-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देवकोटाको नेपाल

एउटा ग्लोबमा अटाएको विश्वको मानचित्र ।
जब मेरो अगाडि फनफन्ति नाच्न थाल्छ ।
सागर महासागरहरू,
छलछल्ति उफ्रेको महसुस हुन्छ ।
जसको अट्हासमा म झस्कन्छु ।
हिन्द महासागरको उत्तर तर्फ दौडन्छु त
मात्र एक छिटाले छोपी दिन्छ नेपाललाई ।
अनि म भन्न पुग्छु,
वास्तवमा नेपाल धेरै सानो छ ।
साँचि नै अल्प छ ।
विशाल सागरको अगाडि, विश्व मान चित्रमा ।
ओह मेरो विचारमा पनि
उहि झलक ।
उहि प्राचिन पूजारी ।
उहि भूगोल ।
जब
‘के नेपाल सानो छ ?’
भन्दै देवकोटा प्रश्न गर्छ ।
अनि म बाँध्य हुन्छु सोच्न ।
चिन्तनको गहिराईमा देख्छु, नेपाल फुक्दै गएको ।
पर्वतस्तनहरूको हिमगिरिशिला,
प्रकृतिको मनोरम घच्चाघमासान,
निश्चल झरनाका अमरवल्लरीहरू,
सानो, मीठो, शान्त, सुगन्धी, अनुपम,
देवकोटाको नेपाल ।
जहाँ,
वाग्नर कोदाली खन्छन्,
सेक्सपियर हलो जोत्छन्,
भेडा गोठालो टिसियन र टर्नर,
गुफाबास सोक्रेटिज,
ऊकालि ओरालिमा गीतको झंकारसँग रमाउने कालिदास,
दाउराका भारी बोक्ने सान्डो,
वन-वन मधुर गीतमा रमाउने हेलेनकेलरहरू,
सति-सावित्रीहरूले भरि भराऊ नेपाल देख्छन् ।
अनि मलाई पनि लाग्छ,
देवकोटाले भने झै,
यहाँका कथाहरू संसारले सुनेकै छैन् ।
यहाँका साहित्यहरू लेखिएकै छैन् ।
अनि देवकोटा चुनौति दिन्छन् मलाई,
सायद तिमीले पनि लेख्ने छैनौं ।
नालाहरूका प्राकृतिक वेद बुझ्ने छैनौं ।
जहाँ मेरो,
दोषी रवाफको खिरखिराउदो प्रवृति झल्किन्छ ।

सायद ठिकै होला,
शस्यशालिनी देखिन होला,
देखिएको नेपाल अवश्य विशाल हुनुपर्छ ।
ढुङ्गामा चाँदीजिभ्रा झै,
झ्याऊमा छरिएका मोती झै,
माधूर्य रोसनी छ ।
उब्जन प्रतिभा छ ।

त्यसैले पनि म बुझ्न सक्छु,
एक दूध मुखे शावकले,
नेपाललाई नन्दन बनाउनु भन्नु,
ताती गर्नु अगाडी दौ‍डनु समान हुन,
भिन्नता शुन्य भएको ।
तर पनि,
म भित्रको अमरत्वलाई जगाई राख्न,
सर्पको प्रणाली त्याग्न,
व्यभिचारको दुराशामा,
दिव्य सिंहासनको निर्माण गर्न,
देवकोटाले भने झै,
म पनि,
स्वदेश प्रेमलाई संकुचित गुण भन्दिन ।
भुल्न चाहन्न स्वदेशमै बिकासिएको विश्व प्रेम ।
किनभने
म पनि देवकोटाको स्वदेशी हुँ ।
बोलचित्र विदेशमा हेरिन्छ ।
जीवनको अनुभव स्वदेशमा गरिन्छ ।
Last edited: 23-Jan-08 05:22 PM

 
Posted on 01-22-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मणि सानो हुन्छ, मोती सानो हुन्छ, मिष्टभाषी निर्मल शिशु सानो हुन्छ ......."  के नेपाल सानो छ निवन्धको त के कुरा गर्नु, प्रत्येक हरफको आफ्नै वैशिष्ट्य छ । म नेपालमा हुँदा घरमा सबैलाई सुनाएर यो निवन्ध पढ्ने गर्थें , जति पढ्यो उति देवकोटाप्रति श्रद्धा बढ्ने गर्थ्यो अनि म नेपाली हुनुको भावले गद् गद हुनेगर्थें । यहां आएपछि त्यो कुरा अनुभुत गर्न पाएको छैन, तपाइँहर कसैसंग "के नेपाल सानो छ?" को softcopy छ भने मलाई email मा पठाइदिनुहुन्छ? Please!!

 
Posted on 01-22-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद साधना जी, एउटा नेपाली पाए । हाल त मसंग पनि छैन् "के नेपाल सानो छ" । तर् कतै केहि सुईको पाएमा खबर दिई धन्य हुने छु । यो अहिले ९ वा १० कक्षामा पनि पढ्नु पर्छ क्यारे । मैले त्यसैबाट पढ्ने मौंका पाएको थियो ।

 
Posted on 01-22-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! गज्जबको कविता! 

 
Posted on 01-22-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो! यता थ्रेडमा राख्नुभएछ अलि बढि पाठकको आँखा पर्छ! बरु तपाइँका सबै कविता उत्तम लाग्छन, सबैलाई एउटै धागोमा उन्दा कस्तो होला। एउटा थ्रेड के तपाइँका कविताहरुको, अनि थप्दै जाने! यस्तो भए छरिन पाउँदैनन् र पढ्न छुट्दा फेरि खोज्न नि सजिलो हुन्छ हामि पाठकहरुलाई!
 
Posted on 01-23-08 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलामी नपाएका लास

एकपलको मेरो तृष्णा,
चाहनाले भरिएको मेरो अठोट,
हृदयको कुना कुनामा गुञ्जने,
कर्णप्रिय ध्वनिहरूमा,
उ प्रति केहि गर्ने सोचमा,
मेरो आफ्नै अर्थ खोज्ने स्वार्थ बोकेर,
फेरि एकपटक जब उसलाई खोज्छु ।
अनि म उसको स्पर्शमा झस्कन्छु ।
किनकि उ त पहिला नै मरिसकेछ ।

चिथोरेर छियाँ छियाँ परेको शरिरमा,
न त धड्कन मुटुमा थियो,
न त नशामा ।
केवल एकटक हेरिरहेका,
प्यास नबुझेका आँखाहरू,
केहि पाउने आशमा लोलाएको पाए ।
सायद,
मलाई नै पो खोजेको हो कि ?
मलाई नै पर्खेको हो कि ?
बेदना बिसाउने आशमा ।
थकान बाँड्ने सोचमा ।

हरे ! मेरो दुर्भाग्य,
ती मेरा सम्पुर्ण अठोटहरू,
ती मेरा सम्पुर्ण चाहनाहरू,
उज्वल भविश्य निर्माणका उमंगहरू,
आज मृगतृष्णा भयो ।

हे ! मेरो जन्मभुमि,
तिमी कर्मभुमि नबन्दै किन मर्यौं ?
यो कहालि लाग्दो क्षण कहाँबाट आयो ?
म त केवल,
केवल तिमीलाई सजाउने सुरमा,
केहि क्षण विलय भएको थिए ।
तर तिमी त,
मलामी नपाएर कुहिएका
गल्लि गल्लिका लास सरह भएछौं ।

 
Posted on 01-24-08 2:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूरानो नाता

 यहाँ मुश्किलले बन्छन् नाताहरू,
हजार साधना हुन्छ ।
हजार त्याग हुन्छ ।
अनि,
मनलाई थाम्न नसकि,
एउटा नाताको सिर्जना हुन्छ ।
सुन्दर भविश्यको कल्पनामा ।
त्यसैले,
मलाई पनि अरुलाई जस्तै गरि
बल्ल तल्ल बनेको नाता प्रति मोह छ ।
भरपूर मोह छ ।

अझ झन,
भावनाको सम्बन्धमा त,
जति मन टाढा त्यत्ति नै पारदर्शी ।
त्यसैले पनि,
बल्ल तल्ल बनेको नाता,
कतै बिग्रने पो हो कि ?
कतै भत्कने पो हो कि ?
भावनालाई बिर्सदा ।
कदरताको दर्पणमा,
दायित्वको छाँया नपाउदा ।

एउटा बनेको नातामा,
नाताको एक अर्को सिंढी चढाउदा,
कतैं पूरानो नाताको जग भाँसिने त होइन् ?
यस्तै यस्तै डरहरूमा,
जब एउटा नाता बन्छ ।
अनि मनमा खेल्न थाल्छ,
भयङ्कर परछायाँहरू ।

त्यसैले पनि,
चाहना हुदैन्, पटक्कै हुदैन् ।
दिशा बदल्न,
बनेको त्यो पूरानो नाताको ।
यसरी नै,
भावनासँग नखेल्ने मनोकांक्षाले गर्दा ।
आज मैले,
मेरो पूरानो नातालाई यथास्थानमा नै पाएको छु ।
एउटा अवोध बालक झै ।
एउटा लजालु यूवति झै ।
एउटा निर्दोष मानव झै ।

 
Posted on 01-24-08 4:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी पूर्णिमा

मलाई थाहा छ ।
तिमी चाहन्छौ,
तिम्रो बयान, चन्द्रमाबाट होस् भनेर ।
तर म त,
त्यस्तो केहि देख्दिन, ती आकाशीय पिण्डमा ।
बरु,
सबथोक देख्छु तिमीमा, मलाई चाहिने जति ।
मेरो सम्पुर्ण अंग अंगमा कौतुहलता बढेको पाउँछु ।
जब,
तिमी मुस्कुराएर लठ्ठ पर्छौ ।
अनि मलाई लाग्छ,
तिमीमा मलाई चाहिने जति सम्पुर्ण गुण छ ।
जुन चन्द्रमामा छैन् ।
त्यसैले,
किन किन मलाई तिम्रो शितलता मन पर्छ ।
अनि त्यहि शितलतामा डुबुल्कि मारी,
चरम आनन्दको अनुभुती गर्न मन लाग्छ ।

हजार बस्तु यहाँ छन् ।
जसलाई तिमी रुचाउँछौ ।
तर,
किन किन मलाई ती सबै देखि ईष्या लाग्छ ।
अनि,
मलाई आफूमात्र उपस्थित हुँ जस्तो लाग्छ ।
तिमी सामू, खाली हात ।
मलाई त,
त्यो भन्दा पनि बढि ईष्या लाग्छ,
आफ्नै पहिरन देखि ।
त्यसैले,
पूरै नाङ्गिऊकी जस्तो लाग्छ ।
एउटा अवोध वालक झै गरी ।
किनभने मलाई लाग्छ,
कतै यहि पहिरनले त लोभिएकी हैनौ तिमी ?
त्यसैले पनि,
नाङ्गिएर वास्तविकतालाई चुमौं चुमौं लाग्छ ।

यहाँ हजार हातहरू,
जब बढेको देख्छु तिमी सामु ।
तब,
मैले मेरो हात,
एक बित्ता अगि बढाउन बाध्य हुन्छु ।
म लालायित हुन्छु, म विवश हुन्छु ।
तिम्रो स्पर्श, पहिला आफै गर्नलाई ।
जसबाट तिम्रो राम्रो बयान गर्न सकु ।
तिमी भित्रको चन्द्रमा भेटाउन सकु ।
अनि मैले आफ्नो पूर्णता पाऊ ।
जसले,
तिम्रो भित्री भावनाको महसुस गराओस्,
एउटा सफल जीवनको परिकल्पनामा ।
अनि,
सम्बन्ध हाम्रो अमर बन्दै,
तिमी उदाउन् मेरो जीवनमा ।
सधैं सधैं पूर्णिमा भई, औंसीलाई बिर्सने गरि ।

 
Posted on 01-24-08 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ भावना!

 


 
Posted on 01-24-08 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 

Last edited: 24-Jan-08 09:03 AM

 
Posted on 01-24-08 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 24-Jan-08 09:02 AM

 
Posted on 01-24-08 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चार पटक पोस्ट भएछ हुन पनि, आँखा देख्न नि छाडियो गाँठे बुडेसकालमा

 

Last edited: 24-Jan-08 09:02 AM

 
Posted on 01-24-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jomsom ji, dherai ramro chha. It is great. I suggest you to make a Kabita Sngraha.  I wish you good luck.

Regards,

Fewatal


 
Posted on 01-24-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो डर

आजकल किन किन,
म डराउने भएको छु ।
रात पर्दा अध्यारो देखि डराउँछु,
कतै लड्ने त होइन् ।
उज्यालो हुदा घाम देखि डराउँछु ।
कतै डढ्ने त होइन् ।

अगाडि बढ्छु, पछाडि देखि डराउँछु ।
एक पाइला सार्छु, अर्को सार्न डराउँछु ।
पहिला निडरताको भाव ममा पनि थियो ।
हिराको ढुङ्गा फोर्ने धाक ममा पनि थियो ।

तर किन किन म डराउने भएको छु ।
सुत्दा निन्द्रा देखि डराउँछु,
कतै मृत्यु त होइन् ।
खुशी हुदा हास्न देखि डराउँछु,
कतै मुटुको व्यथा त होइन् ।

कुरा गर्दा बोली देखि डराउँछु ।
एक छाक खाए अर्को खान डराउँछु ।
पहिला ढुङ्गा चपाउने साहस ममा पनि थियो ।
अन्याय पर्दा बोल्ने साहस ममा पनि थियो ।

त्यसैले त किन किन डराउने भएको छु ।
बदनाम गल्लि हिडे जस्तो लाग्छ ।
दायित्व आफ्नो भुले जस्तो लाग्छ ।
झन दायित्व बढेको बेला ।
विश्वले चिन्न नसकेको बेला ।

आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिन कि ?
पसिना यो भूमिमा झर्दै झर्दैन् कि ?

‘धिक्कार... धिक्कार तिमीलाई !!!
मेरो स्तनमा लाडिबुडि गराए तिमीलाई ।
घाममा पानी पिलाए तिमीलाई ।
जाडोमा न्यानो पारे तिमीलाई ।
तर आज तिमीले,
मेरो स्तनलाई बेचौं ।
मेरो मर्मलाई भुल्यौं ।
सब व्यर्थ... व्यर्थ...
भनि मातृभुमिले सराप्ने पो हो कि ?’

त्यसैले त आजकल,
किन किन म डराउने भएको छु ।

 
Posted on 01-24-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म जन्मदा

म जन्मदाको
त्यो शुन्य समयमा
यो शुन्य मस्तिष्कले के सोच्यो होला ?
शुन्यतालाई चिर्दै रोएथे रे ।
दुनियाँ चिहाएको
त्यो पहिलो क्षण
यी आँखाहरूमा कहाँको प्रेत लाग्यो होला ?
भयभित भई रसाएथे रे ।
आखिर,
के चाहि पचाउन गाह्रो भएको थियो ?
कुन चाहि रुप थियो यो दुनियाँको ?
त्यति गाह्रो भएको ।
असह्यय भएको ।

आज त्यहि शुन्य समय
जव सेकेण्ड, दिन, बर्षहरू हुदै,
शरद बसन्तहरू पार गर्दै,
जलवायुसँग परिवर्तन हुदै,
केहि स्मरणले,
जव शुन्य मस्तिष्कमा केहि ठाउँ लियो ।
बासना अनि चेतनाको विकास भयो ।
अनि,
मैले महसुस गरे,
सबै व्यर्थ,
झन गलाउछ सधैं
रुवाउछन् सधैं सधैं
शुन्यता मेट्न चाहदैनन् कोहि ।
गलामा हाड भईदिन्छन् ।
प्रेत भएर मडारिदिन्छन् ।
अनि मात्र,
मैले थाहा पाए ।
म जन्मदा,
मेरो आँखा किन रसाएथ्यो ।
मेरो चिच्याहट किन बढेथ्यो ।

त्यसैले त, इच्छा हुदैनथ्यो, यस धर्तिमा आउन ।
अपच भई पीडाँ बढेथ्यो ।
यो सुन्दर दुनियाँको,
कुरुप व्यवहारले गर्दा ।
स्वार्थले सीमा नाघ्दा ।
पीडाँको झझल्को देखि,
आउन चाहन्दैनथ्यो ।
भाग्न चाहन्थ्यो ।
टाढा टाढा धेरै टाढा,
क्षितिज पारि,
कहिल्यै नभेट्ने गरि ॥

 
Posted on 01-24-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भजन यो मेरो मन मनैंको

.........."शहिद हो ऊँ मात्र काम इतिहास सजाउने ।
...........बर्तमान (नेता) हुँ म भित्र भित्रै देश सिध्याउने ॥"

फुल्ने बेलामा फुल्न नसकेको केश मेरो ।
निरङ्कुस चाहनामा डुबेको देश मेरो ॥

लक्ष्य यो महान पुग्नु त्यो चार भाइ सम्म ।
प्रभाव डाल्नु छ शक्तिशालीको सिमावारी सम्म ॥

शुन्यता भित्रको कोलाहलको बितृष्णा यो ।
अदृश्य सूधारहरू बिचको खोक्रो आकांक्षा यो ॥

भर मेरो लठ्ठीको लठ्ठी मेरो भरमा ।
ब्यबहारमा नभएको त्यो, धेरै छ यो बोलिमा ॥

भक्त हुँ आमाको, बुझ्न खोज्दिन मन ।
संसार यो सुगन्धको भए पुग्छ मात्र धन ॥

भेष मेरो सर्बब्यापी, खै देश यो कहाँ छ ।
मरेको आत्मा पुग्छ, धन त्यो जहाँ छ ॥

शहिदको चाहना यो, म चाहि बाहिर बस्ने ।
उसलाई मारेर भएपनि, आफू चाहि बच्ने ।

म पुग्ने सत्तामा, शहिद चाहि भित्तामा ।
उसको बास इतिहासमा, मेरो चाहि बाक्लो गद्दामा ॥

पाना उसको इतिहास थियो कलम उसको भाग्य ।
मसी थियो रगत, तर ... जीवन उसको व्यर्थ लाग्छ ॥

बलिदान दिने अठोट थियो मेरो देशले यदि माग्यो भने ।
पर्थे पछाडि उसको, यदि मृत्यु अगाडि आयो भने ॥

हरे कस्तो मूर्खता उसको मलाई बचाउने ।
माध्यम मलाई बनाई देश विकास गराउने ॥

ओरालो अनि ओरालो लागेको म, ऊकालो कसरी लगाउने ।
अनुहार यो देश भक्तको, तर काम चाहि जलाउने ॥

मरुभूमिको पानी यो, मैले किन त्याग्ने ।
आत्मा नरहे पनि शरीर मात्र भएपनि छोड्ने ॥

सिर्जना मेरो अनिकालको, परिस्थिति यहि हो देशको ।
कान नभएको अगाडि भजन यो मेरो मन मनैंको ॥

.........."नुहेको देख्छु बास त्यो, तर देख्दिन कुनै वजन ।
...........चाँडै हुनेछ यस भूमिमा कुनै भयानक गर्जन ॥"


 
Posted on 01-25-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कलम देवकोटालाई .........

 एउटा कलमले
आफूले चाहेर लेख्ने भए ।
एउटा पानाले
आफूले चाहेर लेखाउने भए ।
आज यहाँ,
नराम्रो जन्मन नपाउदै; राम्रो हुर्की सक्थे होला ।
अश्लिलको तलाऊ नबन्दै; श्लिलको महासागर बन्थे होला ।
बगेको रगतले आफ्नो गन्तब्य भेटाउथे होला ।

तर बिडम्बना,
इश्वरको भेदभाव,
उभिन उनीहरूले सकेन ।
आफ्नै पाऊ पाउन सकेन ।
पाऊको महत्व भुल्नको लागि
हातको सहारामा बस्नु परेको छ ।
तर दु:खको कुरा,
हात पनि आफ्नो हैन ।
जबर जस्ती ल्याईएका हातहरू छन् ।
इच्छा नलागि नलागि,
उभ्याउन लगाउनेहरू,
बढि भन्दा बढि छन् इच्छाएको भन्दा ।

अरु त अरु
हेरन !
प्रतिकार गर्ने क्षमता पनि छैन् ।
ती कलम र पानाहरूमा ।
प्रकृतिबाट पनि ठगिएको छ ।
प्राण धान्ने श्वास पनि दिएको छैन् ।
यदि हावाको एउटा सानो
अंशमात्र पनि पाउने भए
उनिहरूले
बोलेरै देखाई दिन्थे होला ।
जिउँदै मरेकाहरूलाई
जगाई दिन्थे होला ।

अब,
एउटा सानो कल्पना गरौ ।
एउटा जालि जमिन्दारको
तमसुक लेख्ने कलम र पानालाई ।
एउटा निरर्थक समाचार लेख्ने
पत्रकारको कलम र पानालाई ।
कति पिडाँ बढेको होला ।
कति आँशु झरेको होला ।
लेख्न मन नलागि नलागि लेखेको होला ।
त्यसैले त
कहिले काहि
कलमले मसी ओकेलेर
आँशु झार्ने गर्छ ।
पाना च्यातिएर
पिडाँ दर्शाउने गर्छ ।
तर,
ओकेलेको मसी भित्र
डुबेको आँशु कसले देख्छ ।
च्यातिएको पाना भित्र
लुकेको पिडाँ कसले बुझ्छ ।
उनीहरूलाई पनि
कति छटपटि हुन्थ्यो होला ।
निर्दोष बर्षाले
जन्मदिनको दिन छटपटाउनु परेकोमा ।
उच्च अभिलाषा लिएको कर्माले
स्कूलबाट फर्कदा
गोली खाई लड्नु परेकोमा ।

त्यसैले हे प्रकृति,
मैले तिमीलाई केहि गुण लगाएको भए,
वजनपूर्ण बोल्ने शक्तिको साथ
बलियो प्रतिकार गर्ने क्षमता
ती कलम र पानालाई
बाँडि चुडिँ देऊ ।

बिचार गरौं न,
यी कलम र पानाहरू
इच्छा अनुरूप जब चल्न पाऊँदा,
इच्छा अनुसार कसैंले चलाई दिदा,
फैलिएको हर्षको सगरमाथा
नाप्न कुनै उपकरण छैन भनि
विज्ञानले पनि भन्थे होला ।

जब,
यो कलम र पानाहरूलाई
देबकोटाको अगाडि फिजिएर बस्न पाउँदा
कति आनन्द लाग्थ्यो होला ।
थकित अनुहार देखिएन होला ।
महान महाकोब्यहरू रच्न पाउँदा,
मदनसँग भोटको उकालो लाग्दा,
मुनाको आँखाको आँसुसँगै बग्दा
कुन बिस्मातमा
कुन आनन्द लियो होला ।
यी कलम र पानाको
आफ्नै इच्छाले पनि साथ दिएर त होला ।
सायद,
शंकर लामिछानेको
निबन्धमा दरिलो भाव भएको ।
संस्मरणहरू ओझपूर्ण भएको ।
भूपि शेरचन
अर्थपूर्ण कविताको कवि भएको ।
त्यसै त्यसै गरि
राम्रा राम्रा
गहकिलो,
संवेदनशिल,
ज्ञान बर्धक,
साहित्यहरूले
परिचय दिएको छ साहित्यकारहरूको ।

त्यसैले पनि
हे इश्वर
तिमी मलाई केहि दिन चाहन्छौ भने
मेरो सट्टा
त्यी महान साहित्यकारहरूलाई
कलम र पाना देऊ ।
मिलन गराई देऊ उनीहरूलाई ।
एउटा खण्डकाब्यको सिर्जना होस् ।
जसमा वास्तविक कर्म गुञ्जियोस ।
अनि भावि पिढीले राहत पाऊन ।
यदि तिमीसँग छैन भने,
लिऊ यो कलम देवकोटालाई देऊ
भोकाएको पानाहरूलाई शंकर देऊ ।

 
Posted on 01-26-08 6:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लम्ब कर्णको समय

जीवनको प्रश्नले, एउटा उत्तर माग्यो ।
कस्तो अनौंठो चित्र बिचित्रको लाग्यो ॥
खोज्छु कतैं, देख्दिन प्रश्न चिन्ह ।
अहो एऊटा कणको अर्थ भिन्न भिन्न ॥
हाँसेको देख्छु गम्भिर छ रहस्य ।
आश्चर्य मान्छ, हो कि होइन मनुष्य ॥

घरकै हो यो तराजु , किन बराबर छैन् ।
कतै त्यो ढक दुई किलोको त होइन् ॥
पल्टाएर हेर्छु कालो पर्दा लाग्छ ।
हरे यो के गरे चाँडै घाम भाग्छ ॥
लेखा जोखा यो अब कहाँ पो गरुँ ।
रातदिन कुन पलको भेट कसरी कहाँ भनुँ ॥

अरे कुन समय यो, त्यो त अदृश्य ।
भाइ दाइ कुन भनुँ स्वरुप नै रहस्य ॥
बासना यो अत्तरको त्यो त निश्चल ।
प्रतिबिम्ब पनि देख्दिन यो कस्तो हलचल ॥
बिछोड गरायौं तिमीले अब कहाँबाट लडुँ ।
भरोसा त्यो कहाँ भाग्यो आँशालाई कहाँ बोलाऊ ॥

प्रश्नहरु यस्तै थियो टुंगिएको अझैं होइन् ।
कुन उत्तर कुनको छुट्टयाउन सक्ने भइन् ॥
झरेको पात म कुन हावाले उडाऊला ।
छहारी नपाए कुन भूमिमा बिलाऊला ॥
पग्लनु, बग्नु र थुप्रनु अब कसरी सकुँ ।
हराएको एक भुजा त्यो म कहाँ खोजु ॥

ओह यो कस्तो बिडम्बना प्रश्नले प्रश्न उठायो ।
खड्कीएको उत्तरहरूले आज यो के गरायो ॥

 
Posted on 01-26-08 6:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा नाताले निम्त्याएका हरफहरू

प्रश्न थियो उनको मलाई
नाता के हो पहिल्याउने ।
रगतको भूमरी यो
कुन नाताले कसरी छुटट्याउने ।

कुन नाताको सिंहासन कहाँ
उठेको जिज्ञासालाई मान्नैं पर्छ ।
प्रति उत्तर निष्पक्ष हुन्छ भन्ने
उनको दृढताको मूल्याकंन हुन्नैं पर्छ ।

कलम दौंडाउने मेरो बानीले
उनले मलाई विश्वासको भूमरीमा धकेल्यो ।
विश्वासको सगरमाथा लड्न नदिन
आदिकविको अनुसरण गर्दा केहि ओकेल्यो ।

अरे कुन चाहि नाता थियो त्यो
भनेको भरमा भूपि शेरचन हुनु पर्ने ।
रगत रातो नै भएता पनि
नमिलेको भनि विज्ञानको आवाज सुन्नैं पर्ने ।

यहि प्रश्न मेरो आत्माले रोज्यो
उत्तरहरू धर्ति र आकाशले खोज्यो ।
हे धर्ति ज्वालामुखि पठाऊ, आकाश तिमी त गर्ज
जसरी भएपनि यो उत्तर मैले पाउनु नै पर्छ पर्छ ।

समस्याको खाडल यो पुर्ने प्रयासमा
म एक चोटि पुग्छु उहि साथी कहाँ ।
ज्ञान र शिक्षाको विशाल भण्डारमा
बुद्ध जस्तो गधालाई बुझे जहाँ ।

रगत पहिल्याउने सुरमा भावनालाई कुल्चन्छ भने
भावना उम्रने मन त्यो अझ दबिन्छ भने
नाताले त्याहाँ कुन रुप लेला,
बिरालोले आफ्नो रगत खाएको बेला ।

जुन नाता बिर्साइन्छ, त्यहि नाता नै ठूलो,
यदि कसैंले बलिदानलाई ठूलो सम्झन्छ भने ।
त्यो भावना नै हो जहाँ मनको नाता तोडि,
रगतको नातालाई बढ्वा दिन्छ भने ।

माया पाउने आशामा नै माया हुन्छ,
यसलाई बुझ्न अति आवश्यक छ ।
ढुङ्गा रहने पृथ्वी हो यो,
जहाँ निस्वार्थ माया एउटा आमाको नै हुन्छ ।

बेनाता झल्काउनु, त्यो उसको महानता
यदि त्यहि भित्र कुनै नाता लुकेको हुन्छ भने ।
भावनाको नाता नै ठूलो मान्नु पर्छ,
जब मुटुलाई रगतले चिन्दैन् भने ।

बैरी पनि मार्ग दर्शन हुन्छ नै,
जब उपयोग हुन्छ, उसले दिएको अवहेलनाको ।
अब भावना र रगतद्वारा असिर्जित यो,
कुन चाहि साईनो, नाता यो कहाँको ।

हेरन ! रगत बगायो पल्लाघरे रामेले,
कु-शासनको बिरुद्धमा दिल ज्यान लगाएर ।
अनि शहिद भन्छ इतिहासले उसलाई,
कुन साईनोमा सिर्जित नाताको समर्थनमा लागेर ।

ब्रमाण्डको संरचनामा पृथ्वीको अवस्था हेरौं,
हिमाल, पहाड अनि समून्द्रको सम्बन्धलाई बुझौ ।
अनि सोचौ त्याहाँ कुन नदि बगेको छ,
कति सम्मको साहसिक शक्तिको नाता छ ।

अरे यहाँ पो कुन नाता थियो त्यस्तो,
विश्वास लड्न नदिन सल्लाह लिनु पर्ने ।
नातावादको बोलबाला भएको ठाँऊमा,
भावनाको लहरलाई महत्व दिनु पर्ने ।

पल्टाऔ इतिहास अनि अवलोकन गरौं,
त्याहाँ मुनाको के नाता थियो मदनसँग ,
देवकोटाको के नाता थियो मुनामदनसँग,
अनि अनुसरण गरौं त्यो नाताको जति निभाउन सक्छ ।

नाता जोड्न घनघस्याको उकालो चढ्न पर्दैन्,
तर नाता निभाउन सगरमाथा चढ्नु पर्छ ।
त्यसैले त एउटा कर्मठ किसान सुसाउँछ,
बिरुवा रोप्न के गाह्रो छ र जति हुर्काउनुमा छ ।

बर्तमानलाई अतितमा धकेल्ने हो भने,
छट्पटाउछन् रगतले किल्चिएका भावनाहरू ।
यहि मनो-भावनाका लहरमा डुबुल्कि मार्दा,
जन्मिएको एउटा नाताले निम्त्याएका हरफहरू ।

 
Posted on 01-26-08 6:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिंसा अनि शान्ति... ॐ ॐ ॐ

एउटा बग्ने नदिले,
म खेत बगाउँछु,
घर डुबाउँछु,
...... त पक्कै भनेन् ।
हावा गतिहिन भएर,
म धुलो उडाउँछु,
रुख लडाउँछु,
...... त पक्कै भनेन् ।

तर पनि नहुनु पर्ने भइरहन्छ !!!
अरु ठाउँमा त भयो भयो,
नहुनु पर्ने बुद्धको भुमिमा पनि भएको छ ।
अहिंसा पाठ बिर्से जस्तो ।
शान्तिको मार्ग भुले जस्तो ॥
पल्लो पाखा पनि भत्केकै छ ।
वल्लो पाखा पनि बगेकै छ ॥

आँधिबेहरी, अनि मानव निर्मित चक्रवातले,
भुमि भिजिएर रातिएकै छ ।
अनिश्चितताको समय चलेकै छ ।
कहाँको वादल कहाँ मडारिन्छ ?
कहाँको भुमि कहाँ पुग्छ ?
आखिर......,
लक्ष सागर भेट्ने ।
प्रयास महासागर बनाउने नै हो ॥
नदिलाई माटो त चाहिदैन् होला ।
गहिराई त महासागरको विशेषता नै हो ॥

तर पनि नहुनु पर्ने भइरहन्छ !!!
जति बुझ्यो त्यति जटिल,
यी भाषाहरू प्राकृतिक हुन या मानव निर्मित ।
तर आज म,
बुद्धको देशमा बुद्धु भएको छु ।
शान्तिको ठाउँमा हिँसा देखेको छु ॥

कुरुप पार्छन् अरुलाई,
राम्रो बनाउन आफुलाई ।
नपुगे बगाउँछन् रगत पनि ।
उल्टै भन्छन्,
शान्तिको लागि यो आवश्यक छ ।
उदाहरण अनि महाभारत बन्छ ।

तर मेरो प्रश्न एउटै छ,
शान्तिको लागि हिँसा महाभारतमा भयो,
अहिले हामीले किन गर्ने ?
साक्षि त भगवान स्वयं थियो,
अहिले को नै छ र ?
त्यसैले म त भन्छु,
हिँसा हिँसा नै हो,
चाहे शान्तिको लागि नै होस् ॥

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
whats wrong living with your parents ?
Now Trump is a convicted criminal .
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters