Posted by: mr.jomsom January 24, 2008
देवकोटाको नेपाल
Login in to Rate this Post:     0       ?        
भजन यो मेरो मन मनैंको

.........."शहिद हो ऊँ मात्र काम इतिहास सजाउने ।
...........बर्तमान (नेता) हुँ म भित्र भित्रै देश सिध्याउने ॥"

फुल्ने बेलामा फुल्न नसकेको केश मेरो ।
निरङ्कुस चाहनामा डुबेको देश मेरो ॥

लक्ष्य यो महान पुग्नु त्यो चार भाइ सम्म ।
प्रभाव डाल्नु छ शक्तिशालीको सिमावारी सम्म ॥

शुन्यता भित्रको कोलाहलको बितृष्णा यो ।
अदृश्य सूधारहरू बिचको खोक्रो आकांक्षा यो ॥

भर मेरो लठ्ठीको लठ्ठी मेरो भरमा ।
ब्यबहारमा नभएको त्यो, धेरै छ यो बोलिमा ॥

भक्त हुँ आमाको, बुझ्न खोज्दिन मन ।
संसार यो सुगन्धको भए पुग्छ मात्र धन ॥

भेष मेरो सर्बब्यापी, खै देश यो कहाँ छ ।
मरेको आत्मा पुग्छ, धन त्यो जहाँ छ ॥

शहिदको चाहना यो, म चाहि बाहिर बस्ने ।
उसलाई मारेर भएपनि, आफू चाहि बच्ने ।

म पुग्ने सत्तामा, शहिद चाहि भित्तामा ।
उसको बास इतिहासमा, मेरो चाहि बाक्लो गद्दामा ॥

पाना उसको इतिहास थियो कलम उसको भाग्य ।
मसी थियो रगत, तर ... जीवन उसको व्यर्थ लाग्छ ॥

बलिदान दिने अठोट थियो मेरो देशले यदि माग्यो भने ।
पर्थे पछाडि उसको, यदि मृत्यु अगाडि आयो भने ॥

हरे कस्तो मूर्खता उसको मलाई बचाउने ।
माध्यम मलाई बनाई देश विकास गराउने ॥

ओरालो अनि ओरालो लागेको म, ऊकालो कसरी लगाउने ।
अनुहार यो देश भक्तको, तर काम चाहि जलाउने ॥

मरुभूमिको पानी यो, मैले किन त्याग्ने ।
आत्मा नरहे पनि शरीर मात्र भएपनि छोड्ने ॥

सिर्जना मेरो अनिकालको, परिस्थिति यहि हो देशको ।
कान नभएको अगाडि भजन यो मेरो मन मनैंको ॥

.........."नुहेको देख्छु बास त्यो, तर देख्दिन कुनै वजन ।
...........चाँडै हुनेछ यस भूमिमा कुनै भयानक गर्जन ॥"

Read Full Discussion Thread for this article