Posted by: mr.jomsom January 24, 2008
देवकोटाको नेपाल
Login in to Rate this Post:     0       ?        
मेरो डर

आजकल किन किन,
म डराउने भएको छु ।
रात पर्दा अध्यारो देखि डराउँछु,
कतै लड्ने त होइन् ।
उज्यालो हुदा घाम देखि डराउँछु ।
कतै डढ्ने त होइन् ।

अगाडि बढ्छु, पछाडि देखि डराउँछु ।
एक पाइला सार्छु, अर्को सार्न डराउँछु ।
पहिला निडरताको भाव ममा पनि थियो ।
हिराको ढुङ्गा फोर्ने धाक ममा पनि थियो ।

तर किन किन म डराउने भएको छु ।
सुत्दा निन्द्रा देखि डराउँछु,
कतै मृत्यु त होइन् ।
खुशी हुदा हास्न देखि डराउँछु,
कतै मुटुको व्यथा त होइन् ।

कुरा गर्दा बोली देखि डराउँछु ।
एक छाक खाए अर्को खान डराउँछु ।
पहिला ढुङ्गा चपाउने साहस ममा पनि थियो ।
अन्याय पर्दा बोल्ने साहस ममा पनि थियो ।

त्यसैले त किन किन डराउने भएको छु ।
बदनाम गल्लि हिडे जस्तो लाग्छ ।
दायित्व आफ्नो भुले जस्तो लाग्छ ।
झन दायित्व बढेको बेला ।
विश्वले चिन्न नसकेको बेला ।

आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिन कि ?
पसिना यो भूमिमा झर्दै झर्दैन् कि ?

‘धिक्कार... धिक्कार तिमीलाई !!!
मेरो स्तनमा लाडिबुडि गराए तिमीलाई ।
घाममा पानी पिलाए तिमीलाई ।
जाडोमा न्यानो पारे तिमीलाई ।
तर आज तिमीले,
मेरो स्तनलाई बेचौं ।
मेरो मर्मलाई भुल्यौं ।
सब व्यर्थ... व्यर्थ...
भनि मातृभुमिले सराप्ने पो हो कि ?’

त्यसैले त आजकल,
किन किन म डराउने भएको छु ।
Read Full Discussion Thread for this article