Posted by: NepalPsycho April 28, 2017
Research on prevalence of Mental Illnesses amongst Nepalese in USA
Login in to Rate this Post:     1       ?         Liked by
भनिन्छ पर्देशमा धेरै सुख पाईन्छ। तर त्यहीँ सुखको खोजिले निम्त्याएको  Mental Illness मानसिक रोगको खुलेर चर्चा कसैले गर्दैन। यसै सम्बन्धमा एक नेपाली युवा जो बोस्टोन को एक युनिभर्सिटी मा साइकोलोजी का ग्राजुएट छन् अहिले Research on prevalence of Mental Illnesses amongst Nepalese in USA को तयारीमा नस्त मस्दक छन् । यही जुन महिना भित्र आफ्नो रीसर्च सकाउने अथोट राखेका उनले आफ्नो प्राथमिक चरणमा रहेको रिसर्चको केही exclusive insights प्रदान गरेका छन्। 

उनी भन्छन्न- नदेखिदो रूपमा मानसिक रोगको सिकार अमेरिकाका अनगिन्ती नेपालीहरु छन्। कालिफोर्निया देखि न्युयोर्क होस् या नर्थ दाकोटा देखि टेक्सास मानसिक रोग नेपाली समाजमा र विशेषगरि नेपाली युवामाझ बढ्दो रहेको उनी बताउँछन्। अमेरिकन जिवन्शैली, सामाजिक बद्लीकरन, पढाई कामको तनाव, युनिभर्सिटीमा, नयाँ परिबेशमा आइपर्ने एक्लोपन, अमेरिकनहरुको अरुसङ्ग घुलमिल नहुने बानी ब्यवहार, नेपाली नेपाली बीच परदेशमा समेत रहिआएको खुट्टा तान्ने प्रवृती जस्ता कारकहरुले मानसिक रोगलाई थप उर्जा मिलेको उनी प्रस्त्याँउछन् । 

हालसम्म पहिल्याइएका मानसिक रोगहरु:  डिप्रेशन, जेनेरल एन्क्जाइती, सोसीयल एन्कजाइति, स्चिजोफ्रेनिआ, बीपोलर डिसोर्डर, ओब्सेसिभ कम्पल्सीभ डिसोर्डर आदि। उनी भन्छन् - मानसिक रोगको खुलेर चर्चा कसैले गर्दैन त्यसैले मानिस आफ्नो सकस भित्र भित्रै जिवनभरी दबाएर राख्छन् । यो रोग पनि अरु रोगझै नै हो र यस्को पनि उपचार छ भन्ने कुरा सबैले बुझ्न् जरुरी् रहेको र उनको यो रीसर्चको उदेश्य पनि यही रहेको उनी बताउँछन् । प्रारम्भिक चरणमा उनले धेरै नेपाली परिवारहरु सङ्ग पर्सोन्नली भलाकुसारी गरेको र यि रोगले कैयौं परिवार तहस् नहस भएका देखि अन्य धेरै नरमाइलो घटनाहरुसित आफ्नो सापेक्ष ज्ञात भएको उनी बताउँछन् । 
उनको बुझाईमा अमेरिकाका ठुलो शहरका धेरै नेपाली  डिप्रेसन, जेनेरल एन्क्जाइतीबाट ग्रसित छन् भने सानो शहर र दुर्गम एस्टेटहरुमा पढाई बसाई हुनेहरु सोसियल एन्क्जाईती, स्चिजोफ्रेनियाका शिकार छन जुन एक्लोपन, कल्चरल शकको उपाज हो । ग्यास स्टेशन, स्टोरमा काम गर्नेहरु र घन्टाको लोभमा परेका युवाहरु पनि मानसिक रोगको दलदलमा भासिएको उनले बुझेको देखेको प्रस्त्याँउछन् । आफ्नो एक नातेदार को उदाहरण दिन्छन्-  एक वगतका चिरपरिचित नेपाली कलाकार जो १४ बर्ष अमेरिका भासिए १० बर्षको ग्यास स्टेसनको कामबाट आजित भएर नेपाल फर्किए । २ बर्ष कसैको नजरमा परेनन् र त्यो समय नेपालका प्रतिष्ठित साइकियाट्रिस्ट बिश्व बन्धु शर्माको थेेेेरापिमा बिताए र बिस्तारै अहिले फाट्टफुट्ट नेपाली मिडिया , इन्टरभ्युमा देखिन थालेका छन् ।   

अर्को दुखलाग्दो घटना जुन कलिफोर्नियामा घटेको उनले बताए- २०१६ मा म्याजोर डिप्रेसनका कारण सन फ्रान्सिस्को नजिकै बस्ने एक नेपाली अमेरिकी नागरिक (एनाआरएन) ले गोल्डेन गेट ब्रीजबाट आत्म्हत्या गरे । यस्तै धेरै नखुलेका तथा प्रस्पुथन नभएका नेपाली परिवार र समाजमा रहिआएको मानसिक रोगले निम्त्याएको घटनाहरु प्रसष्तै रहेको उनी बताँउछन् । आशा गर्छु उनको यो research ले धेरैलाई हौसला दिनेछ र नबुझ्ने तथा बुझेर पनि बुच पचाउनेहरुलाई खुल्न र अघि आउन सहयोग गर्नेछ् । 

All the best

- मानसिक रोगी एक नेपाली
जय नेपाल !
Last edited: 30-Apr-17 10:09 PM
Read Full Discussion Thread for this article