Posted by: BondJamesBond September 9, 2016
Are my savings on track ?
Login in to Rate this Post:     1       ?         Liked by
कति कमाउनु हुन्छा ब्रो? लगभग बार्षिक १६००० जस्तो बचाउनु भाको रैछ.
हुन त मैले नि प्रोफेसनल काम गर्न थालेको ३ बर्ष+ भयो. त्येही पनि बैंक मा ब्यालेन्स ३-४ हजार भन्दा छैन.
सबै चाहिनें ठाउँ मा खर्च गरेर पैसा सेव गर्नु सक्नु पनि कला नै रैछ. १ बर्ष अगाडी देखि काम गर्न थालेकी एउटी भन्छे सेविंग मा ३० हजार जति छ रे.
संगै काम गर्ने भारतीय मूलको एउटा छ. उसको बुढी पनि सिक्स फिगर कमौछे रे. त्येही पनि सार्है सिम्पल छ. अमेरिका बसेको १७ बर्ष भयो रे, अहिले सम्म एउटा पनि लुगा यहाँ किनेको छैन रे, न आफ्नो लागि, न बुढी को लागि, न बच्चाको लागि. भन्छ लन्च मा दहि, अचार, र रोटि खान्छन बूढा बुढी नै. अनि दिनर मा सागरोटि.
पहिले पहिले चाहिं थुक्क दुखि आत्मा भन्या जस्तो लाग्थ्यो मलाई , त्येत्रो कमाएर पनि क ताल ले बस्य भन्या जस्तो. एकदिन ओफ़िस को सबै लै खान खान बोलाउदा घर त सेमा टोक्नी आलिशान पो रैछ. १.५ मिलियन डोलर को घर रे.
त्येस्पची म नि पैसा सेव गर्छु भनेर कस्सिएको नि महिनौ भैसक्यो. कहाँ खर्च गर्ने, कहाँ जोगाउने थाह नपाको हो कि हात मा पैसा नटिकेको हो, भुत्रो नि सेव गर्न सक्या छैन. न नेपाल पैसा पठाको छ, न बच्चा बच्ची नै छ. न अरु कुनै जिम्मेवारी. खै कसरि जोगाउने भन्या पैसो?
Read Full Discussion Thread for this article