Posted by: cybernepali June 24, 2016
पुरस्कार र सम्मानको बेइज्जत : पैसा लिएर सम्मान गर्ने गिरोह राजधानीमा
Login in to Rate this Post:     0       ?        
yo kaliyug ma ke ke matra dekhna paune ho




काठमाडौं – पुरस्कार र सम्मान कस्ता व्यक्तिलाई दिइन्छ ? भनिराख्नुपर्दैन, कुनै विषयमा उत्कृष्टता–दक्षता हासिल गरेका र राष्ट्रिय– अन्तर्राष्ट्रिय विभिन्न क्षेत्रमा योगदान पु¥याएका ख्याति प्राप्त व्यक्ति र संघ–संस्था यस्ता पुरस्कार र सम्मानका निम्ति दाबेदार हुन्छन् । तर, काठमाडौंमा एउटा संस्थाले वर्षौंदेखि पैसा उठाएर पुरस्कार र सम्मानकै हुर्मत लिँदै मनपरी रुपमा सम्मान र पुरस्कारको धन्दा नै सञ्चालन गर्दै आइरहेको पाइएको छ ।samman

‘सामाजिक रुपान्तरणका लागि नागरिक समाज’ नामक संस्थाले यसरी पैसा उठाएर योग्यता, दक्षता र क्षमता नै नभएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्ने गरेको हो । उसले सम्मानित हुन चाहने व्यक्तिसँग १० हजारदेखि २५ हजार रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ ।

उसले झन्डै ९ वर्षदेखि अवैधानिक तरिकाले पैसा असुलेर विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीहरुबाट वर्षको २ पटक पुरस्कार तथा सम्मान कार्यक्रम गर्ने गरेको पाइएको छ । उसले पैसा तिरेर सम्मान हुने चाहनेलाई सुरुमा एउटा फर्म भर्न लगाउने र पैसा असुलेर सम्मानित गर्ने गरेको छ । उसले पछिल्लोपटक गत वैशाख २५ गते उपप्रधान तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीको हातबाट झन्डै सय जना व्यक्तिलाई सम्मानित गराएको थियो ।

संस्था दर्ता गराएर संस्थागत ढंगले यस्तो धन्दा चलाइए जस्तो देखिए पनि यसमा मुख्य रुपमा तीनजना व्यक्ति व्यक्ति संलग्न छन् । सामाजिक रुपान्तरणका लागि नागरिक समाज संयोजक कृष्ण अर्याल, प्रमुख सल्लाहाकार मणिराज अर्याल र अध्यक्ष यमबहादुर जिसी यो धन्दामा लामो समयदेखि संलग्न रहँदै आएका हुन् ।

अचम्म त के छ भने यसरी सम्मान र पुरस्कारको बेइज्जत गर्दै केही व्यक्तिले सञ्चालन गर्दै आइरहको कार्यक्रममा देशका पूर्वप्रधानमन्त्रीदेखि, पूर्वमन्त्री, मन्त्री, र सभासद्सम्म उपस्थित हुने गरेका छन् । पछिल्लो पटकको सम्मान कार्यक्रममा उपप्रधानमन्त्री चित्रबहादुर केसी सहभागी भएका थिए । त्योभन्दा अघिका कार्यक्रमहरुमा भने पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वमन्त्री महेश बस्नेत, लालबाबु पण्डितसम्म पनि फसिसकेका छन् । कांग्रेस र माओवादीका नेता पनि यसअघिका कार्यक्रममा सहभागी भइसकेको बताइन्छ ।

- See more at: http://www.ratopati.com/news/58964/#sthash.FqZro3i8.dpuf
Read Full Discussion Thread for this article