Posted by: metta July 23, 2015
biggest sham in nepali history
Login in to Rate this Post:     0       ?        
प्र.म. को भुकम्प पिडितहरुको सहायता कोषको रकम त use गरेको हैन? नेपाली मेडियाले यो समाचारलाई प्राथमिकता दिएको र नेपाली भेडाहरूको like ले थाहा हुन्छ नेपाली जुन सुकै देशमा रहेता पनि कुन युगको मानसिकता लिएर बाचिरहेको छ भनेर |

भुकम्प आएको केहि दिनमा नै प्र.म. ले भेटेर यो बच्चा बाट आशिर्बाद लिएको समाचार पढेको थिए | कति लाजमर्दो समाचार थियो यो | त्यसको केहि दिन पछि फेरी यो बच्चाले प्र.म. को भुकम्प पिडितहरुको सहायता कोषमा १-२ लाख रकम जम्मा गरेको समाचार प्राथमिकतासाथ आएको थियो | धेरै नै बुद्धिमान रहेछ यिनको परिवार १-२ लाख चन्दा दिएर १-२ करोड असुल्न सफल हुने योजना बनाउन सकेकोम़ा | यहि सरकार नै थियो जसले नेपाली डाक्टर बीसौ वर्ष सम्म सरकारी सेवा गरेर क्यान्सर लाग्दा सरकारले दुइ पैसा सहयोग गर्न मानेन | खेलाडीलाई त्यस्तै बेवास्ता |
Read Full Discussion Thread for this article