Posted by: cybernepali February 19, 2015
पूर्व राजा ज्ञानेन्द्रलाइ राजनीतिमा आउन आतुरी
Login in to Rate this Post:     0       ?        

पूर्वराजासँग आफ्नो पार्टीको कुनै सम्झौता नभएको दाहालको प्रस्टोक्ति

  • Published: February 19, 2015
  •  
  • बिहीवार, 7 फागुन, 2071
  •  
  • 12:56 PM

बनेपा, फागुन  ७ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो पार्टीको कुनै सम्झौता नभएको प्रस्टाेक्ति दिएका छन् ।

 

शुक्रबार बनेपामा कार्यकर्तालाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रको जवाफ नेपाली काँग्रेस र नेकपा—एमालेले नै दिनुपर्ने बताए ।

 

पार्टी बिग्रँदै गएकाले जनताबाट टाढा भएको बेला काँग्रेस र एमालेले संविधानसभाबाट धकेलेर जनताकाबीचमा पु¥याएको भन्दै उनले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री सुशील कोइरालालाई धन्यवाद पनि दिए ।

 

अध्यक्ष दाहालले तत्कालीन भट्टराई सरकार रहेका बेला काँग्रेस र एमालेका नेताहरू आफ्नो निवास लाजिम्पाट आएर रोएका कारण सरकार छाडेको उल्लेख गर्दै आफूहरू सोझो भएको फाइदा काँग्रेस र एमालेले लिएको बताए ।

 

अध्यक्ष दाहालले काँग्रेस र एमालेले मतादेशको आधारमा जनादेशलाई लत्याउन खाजेको आरोप लगाउँदै अहिले काँग्रेस र एमाले निरङ्कुशरुपमा अघि बढ्न खोजेको बताए ।

 

महासचिव कृष्णबहादुर महराले अहिले यथास्थितीवादी र प्रतिगामी शक्तिबीच द्वन्द्व चलेको उल्लेख गर्दै जनताको आन्दोलनबाट प्रतिगामीलाई परास्त गरिने बताए ।

यसअघि, क्रान्तिकारी पत्रकार सङ्घ काभ्रेपलाञ्चोकले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले वार्ताको वातावरण बनाउन आन्दोलन गर्न लागेको बताएका थिए । रासस


Source

Read Full Discussion Thread for this article