[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

jetho390

Mr. D

tragicomic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पूर्व राजा ज्ञानेन्द्रलाइ राजनीतिमा आउन आतुरी
[VIEWED 5685 TIMES]
SAVE! for ease of future access.
Posted on 02-18-15 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडाैं, फागुन ६ । पूर्वराजा ज्ञानेन्द्र साहले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न राजनीतिक दलहरूसँग माग गरेका छन् । उनले बुधवार एक वक्तव्य जारी राजनीतिक दल र उनी बिच भएको सहमति स्मरण गराएका छन ।

 

तर, उनले जारी गरेके वक्तव्यमा राजनीतिक दलसँग के सहमति भएको थियो भन्ने चाहीँ खुलाएका छैनन् ।

 

फागुन ७ को प्रजातन्त्र दिवसका सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्रले विगतको गोप्य सहमति स्मरण गर्दै भनेका छन्- ‘तत्कालीन राजनीतिक दलहरु र मेरावीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जेजति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसको सार्थकता रहन्छ ।’

 

उनले वक्तव्यमा उल्लेख गरेका छन्– ‘निषेध, विभेद, अन्योल, अलमल र कचिंगलमै समय बिताउनुभन्दा राष्ट्रको भूवनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सही दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु नै आजको आवश्यकता हो ।’

 

के थियाे सम्झाैता ? ८ वर्ष पछि किन सम्झिए ज्ञानेन्द्रले ?

तत्कालिन राजा ज्ञानेन्द्र शाहले ०५९ माघ १८ मा सत्ता हातमा लिएपछि राजनीतिक दलहरुको भूमिका निस्क्रिय जस्तै भएको थियो । त्यसबेला सत्ता राजनीतिको केन्द्रमा रहेका कांग्रेस र एमाले सहितका सात दलले राजाको कदम विरुद्ध ०६२ चैत्र २४ गतेबाट जनआन्दोलन सुरु गरेका थिए ।

 

 

आन्दोलन उत्कर्षमा पुगिरहेको बेला ०६३ साल बैसाख ८ गते ज्ञानेन्द्रले देशवासीका नाममा सम्बोधन गरेका थिए । तर, आन्दोलन नरोकिएपछि बैसाख ११ गते उनले पुनः अर्को सम्बोधनमार्फत जनताको नासो जनतालाई फिर्ता गरेको भन्दै प्रतिनिधिसभा पुनः स्थापनाको घोषणा गरेका थिए । त्यसपछि आन्दोलन रोकिएको थियो ।

 

राजाले संसद पुनः स्थापनाको घोषणा गर्ने समयमा राजा र राजनीतिक दलबीच गोप्य सम्झौता भएको चर्चा चले पनि उनीहरु बीच के सम्झौता भएको थियो भन्ने बाहिर आएको थिएन ।


त्यसबेलासम्म माओवादीहरु पनि शान्ति प्रक्रियामा आइसकेका थिएनन् ।

 

तर, ६५ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ज्ञानेन्द्रले वक्तव्य नै प्रकाशन गरेर त्यसबेला राजनीतिक दलले आफूसँग सम्झौता गरेको पुष्टी गरेका छन् । ८ वर्षपछि त्यो पनि एमाओवादीहरु आन्दोलनको तयारी गरिरहेको बेला ज्ञानेन्द्रले त्यसबेलाको सम्झौता किन सम्झिए यो भने निकै रहस्यको विषय बनेको छ ।



 
Posted on 02-18-15 10:52 AM     [Snapshot: 70]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जनताले चाहन्छन भने आउँद देउ : केको टाउको दुखाइ ?
पार्टी नेताले केहि गर्न सकेका हैनन् : संबिधान बन्न सकेको हैन , राजा फ्यालेर भारत लाइ खुसि बनाएका हुन् अनि जनतालाई छारो हाल्न राजालाई देश विनाशको कारण देखाए , तर जति देश बिनास अहिले भयो तेती राजाको राज्य कालमा भएको थिएन : नाम मात्रको राजा बनाउन के नै जान्थ्यो र ?
कुनै बेला भनेको थिए मैले : राजा राख्नेकी हटाउने त्यो पनि जनताको राय लिएको भए के नै जान्थ्यो र ?

त्यो मात्र डराउछ जो गल्तीमा हुन्छ !
 
Posted on 02-18-15 1:44 PM     [Snapshot: 173]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kura sahi ho...they should have had poll for keeping or throwing away monarchy
 
Posted on 02-18-15 2:36 PM     [Snapshot: 234]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am curious how did you conclude the title from the story? Sure, it's a good speculation but you are claiming as if that's what the article says.
 
Posted on 02-18-15 4:23 PM     [Snapshot: 313]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-19-15 8:50 AM     [Snapshot: 506]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूर्वराजासँग आफ्नो पार्टीको कुनै सम्झौता नभएको दाहालको प्रस्टोक्ति

  • Published: February 19, 2015
  •  
  • बिहीवार, 7 फागुन, 2071
  •  
  • 12:56 PM

बनेपा, फागुन  ७ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो पार्टीको कुनै सम्झौता नभएको प्रस्टाेक्ति दिएका छन् ।

 

शुक्रबार बनेपामा कार्यकर्तालाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रको जवाफ नेपाली काँग्रेस र नेकपा—एमालेले नै दिनुपर्ने बताए ।

 

पार्टी बिग्रँदै गएकाले जनताबाट टाढा भएको बेला काँग्रेस र एमालेले संविधानसभाबाट धकेलेर जनताकाबीचमा पु¥याएको भन्दै उनले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री सुशील कोइरालालाई धन्यवाद पनि दिए ।

 

अध्यक्ष दाहालले तत्कालीन भट्टराई सरकार रहेका बेला काँग्रेस र एमालेका नेताहरू आफ्नो निवास लाजिम्पाट आएर रोएका कारण सरकार छाडेको उल्लेख गर्दै आफूहरू सोझो भएको फाइदा काँग्रेस र एमालेले लिएको बताए ।

 

अध्यक्ष दाहालले काँग्रेस र एमालेले मतादेशको आधारमा जनादेशलाई लत्याउन खाजेको आरोप लगाउँदै अहिले काँग्रेस र एमाले निरङ्कुशरुपमा अघि बढ्न खोजेको बताए ।

 

महासचिव कृष्णबहादुर महराले अहिले यथास्थितीवादी र प्रतिगामी शक्तिबीच द्वन्द्व चलेको उल्लेख गर्दै जनताको आन्दोलनबाट प्रतिगामीलाई परास्त गरिने बताए ।

यसअघि, क्रान्तिकारी पत्रकार सङ्घ काभ्रेपलाञ्चोकले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले वार्ताको वातावरण बनाउन आन्दोलन गर्न लागेको बताएका थिए । रासस


Source


 
Posted on 02-19-15 9:07 AM     [Snapshot: 522]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कृपया व्याखा गरिदिनु हुन्छ कि : 
 "यथास्थितीवादी र प्रतिगामी शक्तिबीच द्वन्द्व चलेको उल्लेख गर्दै जनताको आन्दोलनबाट प्रतिगामीलाई परास्त गरिने बताए" 
Last edited: 19-Feb-15 09:10 AM

 
Posted on 02-20-15 12:02 PM     [Snapshot: 710]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ज्ञानेले सिधै के सम्झौता हो कुरा नखुलाइकन लामो जस्तो नाटक किन गर्छ?
 
Posted on 02-20-15 12:13 PM     [Snapshot: 724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउतै अभिलाषा ; संबैधानिक राजा भएको भए एकताको प्रतिक हुन्थ्यो कि भन्ने मात्र लागेको हो |

 
Posted on 02-20-15 9:46 PM     [Snapshot: 838]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal needs a military coupe
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
Morning dharahara
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters