Posted by: cybernepali February 18, 2015
पूर्व राजा ज्ञानेन्द्रलाइ राजनीतिमा आउन आतुरी
Login in to Rate this Post:     0       ?        
काठमाडाैं, फागुन ६ । पूर्वराजा ज्ञानेन्द्र साहले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न राजनीतिक दलहरूसँग माग गरेका छन् । उनले बुधवार एक वक्तव्य जारी राजनीतिक दल र उनी बिच भएको सहमति स्मरण गराएका छन ।

 

तर, उनले जारी गरेके वक्तव्यमा राजनीतिक दलसँग के सहमति भएको थियो भन्ने चाहीँ खुलाएका छैनन् ।

 

फागुन ७ को प्रजातन्त्र दिवसका सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्रले विगतको गोप्य सहमति स्मरण गर्दै भनेका छन्- ‘तत्कालीन राजनीतिक दलहरु र मेरावीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जेजति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसको सार्थकता रहन्छ ।’

 

उनले वक्तव्यमा उल्लेख गरेका छन्– ‘निषेध, विभेद, अन्योल, अलमल र कचिंगलमै समय बिताउनुभन्दा राष्ट्रको भूवनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सही दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु नै आजको आवश्यकता हो ।’

 

के थियाे सम्झाैता ? ८ वर्ष पछि किन सम्झिए ज्ञानेन्द्रले ?

तत्कालिन राजा ज्ञानेन्द्र शाहले ०५९ माघ १८ मा सत्ता हातमा लिएपछि राजनीतिक दलहरुको भूमिका निस्क्रिय जस्तै भएको थियो । त्यसबेला सत्ता राजनीतिको केन्द्रमा रहेका कांग्रेस र एमाले सहितका सात दलले राजाको कदम विरुद्ध ०६२ चैत्र २४ गतेबाट जनआन्दोलन सुरु गरेका थिए ।

 

 

आन्दोलन उत्कर्षमा पुगिरहेको बेला ०६३ साल बैसाख ८ गते ज्ञानेन्द्रले देशवासीका नाममा सम्बोधन गरेका थिए । तर, आन्दोलन नरोकिएपछि बैसाख ११ गते उनले पुनः अर्को सम्बोधनमार्फत जनताको नासो जनतालाई फिर्ता गरेको भन्दै प्रतिनिधिसभा पुनः स्थापनाको घोषणा गरेका थिए । त्यसपछि आन्दोलन रोकिएको थियो ।

 

राजाले संसद पुनः स्थापनाको घोषणा गर्ने समयमा राजा र राजनीतिक दलबीच गोप्य सम्झौता भएको चर्चा चले पनि उनीहरु बीच के सम्झौता भएको थियो भन्ने बाहिर आएको थिएन ।


त्यसबेलासम्म माओवादीहरु पनि शान्ति प्रक्रियामा आइसकेका थिएनन् ।

 

तर, ६५ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ज्ञानेन्द्रले वक्तव्य नै प्रकाशन गरेर त्यसबेला राजनीतिक दलले आफूसँग सम्झौता गरेको पुष्टी गरेका छन् । ८ वर्षपछि त्यो पनि एमाओवादीहरु आन्दोलनको तयारी गरिरहेको बेला ज्ञानेन्द्रले त्यसबेलाको सम्झौता किन सम्झिए यो भने निकै रहस्यको विषय बनेको छ ।


http://www.nepalipatra.com
Read Full Discussion Thread for this article