Posted by: Fuel Tank May 20, 2014
Good Puzzles
Login in to Rate this Post:     0       ?        
यसलाई खैरे हरुले "आईन्सटाईन रिडल " भन्ने गर्छन | यसको उत्तर इन्टरनेट भरी छ्याप-छ्यापी पाईन्छ | त्यसैले चोरेर सल्भ गर्ने भए एसको कुनै औचित्य रहन्न | आफैंले दिमाग लगाउनुहोस | र यसको उत्तर थाह भए पनि, त्यो उत्तर सम्म कसरी पुगियो भन्ने कुरा मा नै यो पजल्को आत्मा रहेको छ | ल सुरु गरें है त | कापी र कलम नभए सम्म यो सल्भ हुँदैन है |

एउटा गाउँ थियो | तेस्मा पांच वोटा घरहरु थिए | पांच वोटा घरहरुको पांच थरी रंग हरु थिए | (कसैको कसै संग मिल्थेन) | ति पांच घरहरुमा पांच भिन्ना भिन्नै देशका मान्छेहरु बस्थे | ति मान्छेहरुले भिन्नभिन्नै ड्रिंक पिउन्थे| भिन्ना भिन्नै चुरोट खान्थे र भिन्ना भिन्नै जनावरहरु "पेट" राख्थे | कसैको कसैसंग केहि मिल्थेन |

प्रश्न : माछा कसले पालेको थियो ?

प्रश्न सल्भ गर्न प्रयोग गर्नुपर्ने इन्फर्मेसन हरु :
१) ब्रिटिश रातो रंगको घरमा बस्छ |
२) स्विडइशले कुकुर पालेको छ |
३) डेनिशले चिया पिउँछ |
४) हरियो घर सेतोघरको देब्रे पट्टि छ, र जोडिएको छ |
५) हरियो घरमा बस्नेले कफी खान्छ |
६) "पलमल " चुरोट खानेले चरापालेको छ |
७) पहेंलो घरमा बस्नेले चाहिं "डनहिल " चुरोट खान्छ |
८) पांचओटा मध्यको बिचको घरमा बस्नेले दुध खान्छ |
९) नोर्वेको मान्छे पहिलो घरमा बस्छ |
१० ) "ब्लेंड" चुरोट खानेमान्छे बिरालुपालेको मान्छे को आडैमा बस्छ ( दाहिने कि देब्रे प्रश्नमा छुट्याईएको छैन ) |
११) घोडा पाल्ने मान्छे "डनहिल" चुरोट खानेको आडैमा बस्छ ( दाहिने कि देब्रे प्रश्नमा छुट्याईएको छैन ) |
१२) "ब्लु मास्टर " चुरोट खाने मान्छेले चाहिं बियर खानि रैछ |
१३) जर्मनले चाहिं "प्रिन्स" चुरोट खान्छ |
१४) नोर्वेको मान्छे निलो घरको आडैमा बस्छ ( दाहिने कि देब्रे प्रश्नमा छुट्याईएको छैन ) |
१५) त्यो ब्लेन्ड चुरोट खाने मान्छे चाहिं पानि खाने मान्छेको साईडमा बस्छ |

Read Full Discussion Thread for this article