Posted by: Fuel Tank May 20, 2014
Good Puzzles
Login in to Rate this Post:     1       ?         Liked by
यो त हाम्ले दिमाग नै नलगाई त्यो बेलामा जम्मा ६० रूप्पे फाईन तिरेको हो नि | आफैं सोल्भ भाथ्यो |
त्यो बेलामा के के भाथ्यो , फर्स्ट ह्याण्ड एक्सपेरिइन्स छ नि हो | यस्तो भाथ्यो |

बिहोभी : सबै भन्दा ठुलो म छु, म पहिले जानु पर्छ | एक चोटी माथि पुग्छु, चट्ट ला'र बस्छु | फेरी फर्किएर आउन नै पर्दैन | पैसा नि कम लाग्छ |
मैले भने : हो हो | सहि कुरा हो |
एम्ब्रोसिया : मुला केटा हरु, के हो ? लेडिज फर्स्ट भन्नि था छैन? खै कर्टेसी भन्नि कुरा नै छैन ? यस्तो पाराले त केटाहरु जिन्दगि भरी भर्जिन पर्लाउ है |
माल्भासिया : ल ल हामी पहिले जान्चम |
यती भनेर माल्भासिया र एम्ब्रोसिया त गइ हाले है | हामी त ट्वाँ | (यो बेला मा माल्भासिया १०० किलो जोडियो |)

माथी पुगेर बस्न खोजेचन | तेस्का बाजे लिफ्ट किन हिड्थ्यो र आफै ? फेरी एक जना त आउनै पर्यो | एम्ब्रोसिया खुब महारानी पल्टेर भनि : मेरो ड्याडीले भनिसेको, मैले धेरै आराम गर्नुपर्छ | त्यसैले म बस्छु , तँ जा न बाई |
मन नलागी नलागी माल्भासिया तल आई | अहिले उसको १०० किलो जोडियो र टोटल २०० भयो |
बीहोभी र म कुरेको कुरेई थियेम | बल्ल बल्ल तल आथी मल्भासिया | कुन बेला लिफ्ट चडम भाथ्यो, हाम्ले तेस्लाई लिफ्ट बाट निकाल्दियेम अनि हामी लिफ्ट चढेम | त्यो बेलाको लिफ्ट राईड क्या थियो | we had the bro-time of our life. यो बेला मा मोटे बिहोभी को १८० जोडियो र टोटल ३८० भयो | माथी पुगेर हेरेको त एम्ब्रोसिया महारानी पल्टेर बसिरखेकी | मेरो त पारो तातिहल्यो है | अनि बिहोभी र मैले भएर घोक्रे ठ्याक ला'र लिफ्ट मा हालेर तल पठाईदिएम | अहिले चाहि उसको ८० किलो जोडियो र टोटल ४६० भयो |एकै छिन् पछी , दुई जना लुखुर लुखुर माथि आए | अहिले चाहिं मल्भासियाको १०० किलो जोडियो र टोटल ५६० भयो | तेसो गर्दा हाम्रो टोटल जम्मा ५६० भा'रैछ |
अनि त्यो तक्लु धोती साहुलाई ६० रूप्पे दिन पर्या नि, क्या बोर के |
Read Full Discussion Thread for this article