Posted by: Rahuldai April 10, 2014
What a wonderful NATION OF CRICKET......
Login in to Rate this Post:     2       ?         Liked by
नेपाली क्रिक्रेटको बारे धेरै बर्ष अघि देखि जानकारी राख्दै आएको छु | व्यक्तिगत रुपमा भन्नु पर्दा जुन बेला क्रिक्रेट टुँडिखेलमा मात्र हुन्थ्यो, जहाँ खेल यसरी हुन्थ्यो कि खेल भैराख्या बेला स्लिप एरियामा बसेर क्रिक्रेट हेर्नेहरु थुप्रो हुन्थे |

सबै भन्दा पुरानो एसोशियशन हो , क्यान | ३-४ दशक सम्म जय कुमार नाथ शाहको एक छत्र राज थियो | शाह ६० नाघी सक्दा पनि राष्ट्रिय टिममा विकेट किपर थिए | अन्य पदाधिकारीहरु पनि क्रिक्रेट खेलाडी वा अन्य खेलकुद क्षेत्रमा लागेकाहरु नै थिए |

नेपाली क्रिकेट टिमको अन्तराष्ट्रिय पहिचान भए देखि यसमा राजनीति हाबी भएको हो | हालै मात्र जिन्दगीमा कहिलेइ क्रिक्रेट नहेरेका , न बुझेका सिन्धुपाल्चोक हो काभ्रे को माओबादि कमान्डर टंक आङ्गबुहाङ्गलाई अध्यक्ष बनाइएका थिए | साथै तत्कालिन प्रधान मन्त्री बाबुराम भट्टराइ ले आफ्नै छोरी लाइ समेत ल्याए | मेडिया मा धेरै बिरोध भए पछि राजिनामा गरी | अझ प्रचण्ड कु-पुत्र समेत क्यानको सल्लाहकार छन् अहिले |

बन्दूक , बम पड्काउनेको नेतृत्वमा केही पुराना खेलाडीहरुले सम्झौता गरे | तर ती क्रिक्रेट बुझ्नेहरू एकातिर भए भने न बुझ्ने लडाकुहरु यकातिर | यस्तो अवस्थामा क्यान एउटा युज्ड बियरको क्यान सरि नै हुने भए ..| धन्न पारस खड्का एण्ड टिमले अनेक अब्यबस्थाको बाबजुद राष्ट्रिय गौरबलाई उचा राखे | संसार भरि चन्द्र सूर्य झण्डा फहराए |

त्यसैले नेपालि टिमको माग जायज छ | क्रिकेट बुझ्ने कुशल ब्यबस्थापकहरु  देश भरि छन् | समर्पित व्यक्तित्वलाई क्यान सम्हाल्न दिनु पर्छ |
Last edited: 10-Apr-14 01:27 PM
Read Full Discussion Thread for this article