Posted by: fucheketo January 30, 2014
वाँच्न वाँकी एउटा जीवन
Login in to Rate this Post:     2       ?         Liked by

म अझै अजय मैँ अड्किएको थीएँ। आफुले अनकनाएर दिएको सहमति मेरो लागि रसिलो याद वनेर वसेको थियो यो अध्यायमा। उसले थाहा नपाए जस्तो गरेर मेरो काँध छोएको मलाई रमाइलै लागेको थियो। मैले पनि प्रतिवाद गरिन। किन किन गर्न मन लागेन। उसका हातहरु कामिरहे जस्तो लाग्थे मलाई सिनेमाहलको अँध्यारोमा मलाई छुने प्रयासमा ! मलाई त्यो मेरो तापको असर लागेको थियो। दुइ चार चोटीको प्रयासपछि उसका हातहरु अभ्यस्त वनेका थिए। अनि विस्तारै उसले मेरो हात च्याप्प समातेपछि मैले एक चोटी उसलाई पुलुक्क हेरेकी थिएँ। उसले हत्तपत्त हात हटायो। तर एक छिन पछि उसको प्रयासको पुनरावृत्ति भयो। यसपालि अझ दह्रो मनोवल सहित।

"तिमी भन्छ्यौ की ,आफू मात्र सम्झिरहन्छौ !"

म फेरि खिस्स हाँसे।

"अजय विस्तारै मेरो नजिकैको वन्यो !" मैले उसको र मेरो सम्वन्धको सारांश वताएँ।उसलाई प्रत्येक दिन हाम्रो सम्वन्ध को प्रगाढता वढेको,स्पर्शको साटासाट, भावना को साटासाट किन पो सुनाउँ?

"कति नजिकको ?" उसले फेरि मलाई जिस्क्यायो।

"धेरै नजिकको !" मैले फेरि पनि संक्षिप्त उत्तर फर्काएँ । तर पछि लाग्यो। उसले मेरो कथा सुन्न चाहेको छ। मैले सुनाउनै पर्छ।

"धेरै जसो उ र म सँगै हुन्थ्यौँ। कहिले पढ्ने वहानामा त कहिले फिलिम हेर्ने वहानामा !! उसको घर पनि पुगेकी थीएँ म। उसको पढ्ने कोठामा मलाई जान छुट नै थियो।कसैले नदेख्ने गरेर उ मलाई काउँकुति लगाइदिन्थ्यो। म यताउता हेर्थेँ ,किनकी उसका आमा वुवाको नजरमा म गिर्न चाहन्नथेँ!"

"समाज, पुरुष र नारीलाई कति भिन्न ढंगले हेर्छ !" उसले आफ्नो सिरानेलाई थोरै सिधा वनाउँदै म र अजय एउटै तराजुमा जोखिनु पर्ने निष्कर्ष निकालेको थियो। तर उसको भनाइले समाज चल्दैन।समाजका त आफ्नै आँखा छन्। केहि नदेख्ने आँखा, पक्षपाति आँखा।

"उसको आमा वुवा नभएको वेला भने म उसलाई खुला छोडिदिन्थेँ म माथी रजाईँ गर्नलाई,एक किसिमको आनन्द आउँथ्यो। उसका आमा वुवा सँधै नभइ दिए हुन्थ्यो जस्तो लाग्थ्यो!उ र म विचको खेल मा हामी दुवैले जित्यौँ।"

"अनी ?"

"त्यसपछि एस एल सी आयो। उसको र मेरो वाटो फरक, भेट पातलियो। शरिरले वनाको सम्वन्ध एक्लिँदा विस्तारै धमिलियो। नदिको छालको छेउमा वनाएको वालुवाको धर्सो न रहेछ आखिर आकर्षण त,एक चोटी समयले पानी पार्यो धर्को हराएको पत्तै भएन !"

म चुप भएँ। समय चुप भयो। उ चुप भयो। मेरो पहिलो अध्याय को यति जर्रो अन्त्यमा मौनता पर्याय वन्यो।

"त्यो माया थिएन !" उसले मेरो पहिलो अध्यायलाई पल्टाउँदै जवाफ फर्कायो।

"मलाई पनि थाहा छ, तर जे थियो रमाइलो थियो !" म निर्लज्ज वनेँ उसको अघी। सत्य जहिलै नांगो हुन्छ।निर्लज्ज हुन्छ। समाजले कपडा ओडाइदिएर सत्यताको स्वरुप परिवर्तन गर्छन्।

उ चुप लाग्यो। उसको मौनता शायद मलाई जाँच्दै थियो। मलाई उसको परिक्षा सित मतलव छैन। मैले त खोलेर आफुलाई उसको अगाडी राखेकी थिएँ । अनि उ मेरो अनुहार हेर्ने ऐना पनि त होइन। म जे छु त्यहि देखाइ दिएँ । मन हलुका भएको थियो।

"त्यसपछि के भयो?"

उसले विस्तारै प्रश्न राख्यो।

"तँपाइ कलेज जानुभयो ?"

"मैले देल्हीमा पढेको, त्यतिखेर नेपालमा धेरै कलेज थिएनन् ।"

"स्कुल मा मान्छे वाँधिए वाँधिए जस्तो हुन्छ। कलेज उडानको शुरुवात हो। खुट्टाहरु नै भुईँ मा नभए जस्तो, साथीहरुको हात समातेर उडुँ उडुँ जस्तो!"

"वेलै त्यस्तो हिँड्दा पनि उडे जस्तो !" उ पनि खिस्स हाँस्यो।

"मनिष सँधै जुत्ता पोलिस गरेर आउँथ्यो,टलक्क टल्केको , आइरन लागेको शर्ट , सानो कपाल तर ठाडो बनाको , हेयर फिक्सर राखेर ! उसलाई कलेजकै ड्रेसमा पनि भिन्न देखाउनलाई पर्याप्त !! म किन किन डोरिएर उसको नजिक पुगिरहन्थे । उसलाई नियालिरहन्थे !"

"म सुधा!" मैले आफ्नो हात तेर्स्याएर उ सँग कलेजको तेश्रो दिन आफ्नो परिचय दिएँ।

"म तिमीलाई चिन्छु, म मनिष !" उसले मलाई नियाल्दै भन्यो।

"म पनि ! मात्र फर्मलाइज गरेको !" मैले पनि उसलाई ढाँटिन !

"इनफ्याक्ट मेरो सेक्सन मा तिमी छ्यौ भन्ने थाहा पाउँदा मलाई खुशी लागेको थियो!"

"तिमीले मलाई चिनेको? कहिले ?" मलाई रमाइलो लाग्दै आयो। उ म सँग रहन चाहन्थ्यो,म त त्यत्तिकै उ तिर डोरिएकै थिएँ। त्यो भन्दा सरल समिकरण केहि थिएन।

"एस एल सी दिने वेलामा , तिम्रो स्कुल र मेरो स्कुलको सेन्टर एउटै ,अनि अर्को स्कुलको राम्री केटी हेर्नुको मजानै वेग्लै !" उसले मलाई जिस्क्याउँदै भन्यो।

"तिम्रो स्कुलमा केटी थिएनन् र ?" मैले पनि उसको तारिफ स्विकारेँ । मनमा लाग्यो हो म राम्री छु। मनिषका आँखा सँधै त्यस्तै रहिरहुन् । सँधै मलाई राम्री देखिरहुन्। समय त्यहि एस एल सिको परिक्षामा अडिरहोस्।

"आफ्नो स्कुलकालाई त दश वर्ष देखि हेरी राखेको ! आँखाले पनि त फरक रंग खोज्छ!"

"मैले तिमीलाई क्लास वंक गर्न भनेँ भने गर्छौ ?" मैले उसलाई सोधेँ!

"डेटिंगमा लाने विचार छ कि के हो ?" उसले मेरो आँखामा आँखा जुधाउँदै प्रश्न राख्यो।मेरो आँट देखेर छक्क परेको हुनुपर्छ।

" अहिले लाई साथी सँग क्लास छोडेको मान न !" मैले उसलाई हो होइन भनिन। पहिल्यै दिनमा म सस्तो हुन चाहिन। आफुलाई जोखेर मैले जोखिम लिएँ।

"साथी वनाएकोमा धन्यवाद !! पाँचौ पिरियड पछि, मलाई केमिस्ट्रि क्लास मन पर्दैन"

उसले आफ्नो खुस्केको सु लेश झुकेर वनाउँदै भन्यो।

"मलाई पनि किन किन त्यो दिन देखि केमिष्ट्री क्लास मन पर्न छोड्यो !!"

Read Full Discussion Thread for this article