Posted by: ThahaChaena October 9, 2013
अनुमति बिना
Login in to Rate this Post:     0       ?        
सोम दाइ ,

अस्तिना लाइक ठोकेको , कथाको भाग थपिएको खुसिमा ...आज बल्ल पढ्ने समय मिल्यो .... संधै झैं  मन पर्यो दाइ हजुरको विश्लेषण र दर्शन .....मन छुने तितो यथार्त एवं दुखद बास्तबिकता ..... यहाँ हरेक कुरो को चुरो भोक मा गएर अड्केको हुन्छ .... माड को भोक, माद को भोक, खुसिको भोक , सम्वृद्धिको भोक, मायाको भोक , सम्पन्नताको भोक, अनि अनगिन्ति अरु भोक हरु .... यहि भोकहरु नै होला साएद यी परिस्थितिहरुका कारण .... 

<< नेपाल सरकार त भुंडि बोकेको बेश्या जस्तो छ । न लोग्नेको टुंङ्गो, न सन्तानको भविष्य ।>> 
<<मेरो देशको यो कस्तो चाँहि दरिद्रता हो जहाँ चुल्हो बाल्न लाशको भुंङ्ग्रो बाट आगो सापट लिन पर्छ!>> ..........---------साएद दुखद बर्तमान मेरो देशको यहि हो  .... यस्तो बर्तमानबाट कहिले सम्म नसिक्ने खै...थाहा छैन 

बाँकी चांडै  पढ्न पाउने आशाका साथ प्रतिक्षारत 

- थाने

Read Full Discussion Thread for this article