Posted by: ujl September 14, 2013
म को हूँ?
Login in to Rate this Post:     1       ?         Liked by
मेरा ईक्षा मेरा आकांक्षाहरू, मेरो हृदयमा उम्लिरहेकाछन. छल्किएर पोखिन्छ कि भनेर म आतिन्छु. दृढ बल प्रयोग गरेर म यसलाई निर्मुल पार्न खोज्दछु. तर जति पकड्न खोज्यो उति छ्त्याछुल्ल हुन्छन यी आकांक्षाहरू. म के गरूँ, कसो गरूँ, कहाँ जाऊं, कसलाई गुरु बनाऊँ. मेरा आकांक्षाहरू अनगिन्ति छन्. म डराउछु, किनकि मेरा खुसिहरू यिनैमा निर्भर छन्. म कराउछु, किनकि मेरा भावनाहरू यिनैमा आसक्त छन्. अनगिन्ति यी आकांक्षाहरू मलाई हरपल सताउछन. मनोरथ भन्छ एता जाउ, मनोरथ भन्छ उता जाउ. दोहोराएर भन्छ यसो गर, उसो गर. म कसको सुनु? म केवल मनोरथ हूँ? यदि हूँ भने मेरो के अस्तित्व, जुन हरपल बदलिरहन्छ. यदि होइन भने, म को हूँ? म को हूँ? इति श्री
Last edited: 14-Sep-13 04:22 PM
Last edited: 14-Sep-13 04:23 PM
Read Full Discussion Thread for this article