मेरा ईक्षा मेरा आकांक्षाहरू,
मेरो हृदयमा उम्लिरहेकाछन.
छल्किएर पोखिन्छ कि भनेर म आतिन्छु.
दृढ बल प्रयोग गरेर म यसलाई निर्मुल पार्न खोज्दछु.
तर जति पकड्न खोज्यो उति छ्त्याछुल्ल हुन्छन यी आकांक्षाहरू.
म के गरूँ, कसो गरूँ, कहाँ जाऊं, कसलाई गुरु बनाऊँ.
मेरा आकांक्षाहरू अनगिन्ति छन्.
म डराउछु, किनकि मेरा खुसिहरू यिनैमा निर्भर छन्.
म कराउछु, किनकि मेरा भावनाहरू यिनैमा आसक्त छन्.
अनगिन्ति यी आकांक्षाहरू मलाई हरपल सताउछन.
मनोरथ भन्छ एता जाउ, मनोरथ भन्छ उता जाउ.
दोहोराएर भन्छ यसो गर, उसो गर.
म कसको सुनु?
म केवल मनोरथ हूँ?
यदि हूँ भने मेरो के अस्तित्व, जुन हरपल बदलिरहन्छ.
यदि होइन भने, म को हूँ? म को हूँ?
इति श्री
Last edited: 14-Sep-13 04:22 PM
Last edited: 14-Sep-13 04:23 PM