Posted by: ChiMes July 31, 2013
Trishuliko tin muhan.
Login in to Rate this Post:     0       ?        
My apologies for grammatical and spelling errors. But give it a read. Thank you.

हैन हो तेस्का बजैको सम्पत्ती खाइदेकोछु र, मलाई भिसा नदिने ? युएस एम्बेस्सी को भवन नै थर्किएको थ्यो त्र्शुलिले घाटिको नाशआ फुट्ने गरी चिच्यौदा । त्र्शुलि खोला तीन नदी को मिलन हो भने, हाम्रो त्र्‍रिशुलिचै रिस्, लोभ र घमन्डको मिलन थिन । ५० बर्ष् लागेकी उनि, अमेरिकाको भिसा २ प्रायश्मा ३० बर्षको उमेरमा लाग्यो ।

चिटी च्याट्ट परि, असन को गल्गल्लिमा उनि हतार - हतार लुगा कपडा किनेर लगेज ब्याग्मा मिलाई मिलाई कोचरिन । ३० दिन लाई पुग्ने गरी उन्ले नेपाल बाट फुरुन्दाना र तील्को अचार पनि पोको पारेकी थीन ।

उनी टुरिष्ट भिसा मा न्यू योर्क राज्यको अस्टोरिआ मा आइपुगीन । उन्को दिदी को देवर को साथीको छोरीको साथीको कोठामा उन्को बास भयो । आएको केहि दिन पस्चतै उन्ले काम सुरु गरीन । स- सना बच्चा हरुको हेर देख गर्ने । ३ बच्चाकी आमा उनि आफाइ थिन । ८ र ९ बर्ष्का छोरी र ७ बर्ष्का छोरा छोरी थिए उन्को । बच्चा बच्ची कै सफल भविश्य को लागि भनि उनि आएकी थीन अमेरिका । उन्को लोग्ने को कमै जम्मा जम्मी हार हारी म ५००० हुन्थ्यो महिना को । तेस्मा केल्ले खने, केल्ले लगाउने र केल्ले बच्चा बच्ची पढौने हुन्थ्यो ।

आफ्नो बच्चा बच्चीको झझल्को आउनेहुनाले उन्ले बेबी सिटिङ काम कारीब २ महिना मै छोडिन् । पछी उन्ले, न्यू योर्क्, ज्याक्सोन हाइट को सब्जी मन्डी भन्ने तरकारी पसल मा काम पाइन । उनि गर्व का साथ लगन्शिल पुर्वक काम गर्थीन । बेला बेला हाम्रो छिमेकी राष्ट्र का गुजरातीहरुले उन्लाई करौदा, आंखा भरी आशु अनि नाख सुइ सुइ गर्दै, "हाउ क्यान आइ हेल्प योउ" भन्थीन ।

उन्को कोठा मा चै बिद्ध्यार्थी हरु बस्थे । रमाइलो नै हुन्थ्यो । सबै जना बेलुकी आयो अनि आफ्नो गुनासो र दु:ख पोख्यो अनि हल्का बियर चाडआउँदै सुत्ने गर्थे उनिहरी । यसरि नै उन्को दिन बित्दै जादा अचानक बर्षौँ कटीसकेको उन्ले महशूस गरीन ।

उनि ४० कटी सकेकी थीन । सब्जी मन्डीको काम छोडेर उन्ले डुन्किन डोनटमा काली शेनिकुआ र पाकिस्तान्की फतिमा सँग काम गर्थीन । सकी नसकी होव कन इ हेल्प योउ भन्ने तृशुली ऐले, “ऊड त्याट बी अल फोर योउ टूडे, हन्” पनि फरर भन्ने भैसकेकी थीन ।


बच्चा बच्ची र लोग्नेलाई अमेरिका लेराइ सुनौलो भय्विश्य दिने उन्को सपना पुरा भएको थिएन । हरियो कागजको प्रतिक्ष्या ले उन्लाई नेपाल जान बन्चित गरी राखेको थियो । नेपालमा चै पैसा हरेक महिना पठाउन क्रम जारी नै राखिन । बेला मौका मा उन्ले ल्याप्टप र फोन पनि पठाउने गर्थिन । बच्चा बच्चिको जन्मदीन र दशैं तिहार म हाइ फोन र हिफोन को उपेक्ष्या राख्नाले ऊन्ले सकी नसकी घण्टा हान्दै काम गर्थीन । के दशै के दशा । उन्लाई सबै दिन एउटै थियो।


उन्को ३० बर्षहुँदा सम्मको घमन्ड ऐले फुटेको सिसा जस्तै थियो भने उन्को अनुवार निचारिएको कागती घाममा सुकेको जस्तो,खर्क्रक्क ।




फुर्सद निकाली ऊनी बेला मौकामा न्यू योर्कको हिमालयन याक त कैले भिम्स क्याफेमा खान जान्थीन । हिमालयन याक्मा फिरोज स्याङ्देन्ले सम्बोधन गीत गाउदै गर्दा ,“अब त जे सुकै होस्, अब एक बर्ष पछी त म नेपाल जान्छु, बच्चा बच्ची पनि ठुलो भैसके । बुढा अर्कै केटी खेलौदो हो । भए न यसरि त,” गीता सँग ऊन्ले गुनासो पोखिन । अनि गीता ले फोन खित्खित गर्दै भनिन्," दिदि, हेर्नुस न यो फ्राइडे हाम्ले क्या मम पार्टी गर्ने भन्या, प्लिच क्या है दिदी मम को मासु चै तपाईंले नै बनौनु पर्छ ।” फ्राइडे आयो र मम पार्टीमा "योङ वाइल्ड एयन्ड फ्री" भन्दै सबै उफ्रे र ४२ बर्शिय तृशुली पनि मन नलगाइ नलगाइ कसैले, "तपाईं पनि औनुस न रमाइलो गरुम्," भन्दा ,” ह्वाइल ऐन्ड फिरी” भन्दै ङिचिक्क हास्थिन ।

यसरि त्यसरी यो त्यो भन्दै, हरेक बिहान ६:00 बजे घडीको तितितिईतितितिई सुन्दै फेरी बर्षौ बित्यो र लागिन उनि पचास।


उन्को घमन्ड फूटे झै, उन्को लोभ पनि हटी सकेको थियो । लोभ ले लाभ लाभ ले बिलाभ भन्दै सन्देश दिन्थीन भक्खर का बिद्यात्र्थी भाई बहिनिले पढाई छोड्छु भन्द ।

जती उमेर ढल्य्को त्यत्ती नै उनि नेपाली हुन्थी । तीज पार्टी आउथ्यो र उनि रातो सारिमा हरियो तिल्हरी तेर्सो झुन्डाइ दिन्भरी उब्बिएर दु:खेको खुट्टा बजार्दै नच्थीन । उनको जिवन अको औचित्य के हो उन्ले ५० बर्षाको उमेरमा आफै सँग एकान्त म सोध्थीन ।


जती दिन बित्दै गयो तेत्ती उन्लाई आफ्नो आमा बुवा र बच्चा बच्चिको याद आउथ्यो । उनले आफ्नो आमा बाको मरन्दिन्मा पनि जान सकिनन । उनलाई हरेक रात मन पोल्थ्यो भने हरेक दिन हुल्को बिचमा एक्लोपनले सताउथ्यो । त्यस्तै हरेक स्वास्मा घोच्ने काडाको अवाश हुन्थ्यो । तर उनको बच्चा बच्चिलाई प्रतिक्ष्या हुन्थ्यो त हरेक महिना को तलब को । र त्यो तलब औने गर्थ्यो मनीग्रम बाट । झुक्केर कुनै महिना पैसा आएन भने मात्र उनि हरुलाई तृशुली को याद आउथ्यो । णदेखेकै २० बर्षा कटे पछी बच्छ बच्चिलाई तृशुली केबल एक फोनको अवज र मनी ग्रम को थैलो बाराअबर थ्यो ।

त्र्शुलि न त अमेरिकान नत नेपाली । न त पान न त पराग । न त गध नत घोडा । न त घाम न त पानी । न त आमा न त छोरी । न त श्वासनी न त बुहारी । उनि केबल डुन्किन डोनुट कि शिफ्ट म्यनगेर थीन । र उन्को साथी शेनिकुआ र फतिमा थीन।
नेपाल बाट लेराएको फुरुन्दाना, तील्को अचार, घमन्ड र लोभ सक्किएपछी उनिमा थियो त केबल रिस्को भकारी । आफै सँग को रिस । ट्यो रिस जस्को कुनै मुहह्न र निश्कर्श उन्ले भेट्टौन सकिनन ।

बेलुकी फोन बज्यो र हेल्लो भन्दा,” आमा मेरो बिहे गर्नु पर्‍यो” भनेर कान्छो छोरोले भन्यो । डुइटै छोरिको बिहे भैसकेको थियो । मन म केहि कुरा नसोचि, नसम्झी उन्ले नेपाल्को टिकेत्ट काटिन । मनमा एक्लोपन्को खड्किलो बोदै उनि हावाइजहाँअज बटा बिमन्स्थल्को मुल द्वार्सम्मा पुगिन । उनलाई लिना सबै स-परिवार आएका रहेछन । डुइ छोरी का दुइ छोर, उन्कै छोरा, र उन्क श्रीमान सन्तोश शर्मा, सेतो कपाल म कालो धसेर कुरी रहेका थिए ।
एउटा रातो ट्याक्सीमा सबैजना बसे र “बसुन्धारा, लग्नुस भाइ” भने कान्छो छोरोले ।

त्र्शुलिको बर्षौं देखी कुहिएर बसेको आशु साचिकै तृशुली नदिमा बाढी आएको जस्तो गरी बग्न सुरु भयो । बिमान्स्थल देखी बसुन्धारा सम्मा कसै सँग केहि पनि बोल्न सकिनन उनि । आंशुले भरिएको आँखा, चौरी परेका गाला, गिद्धको जस्तो झुन्डिएको घाटी , र अधुवा जस्ता आउला किन र कसरी भयो भनेर कसैले सोध्न आट गरेनन । रातो टक्सी को डिकी म जती सुकै समान कोचारेपनि, उनि सँग चै केवल रिस्को ठुलो भकारी मात्रै थियो ।

समाप्त

http://pratapbshah.blogspot.com/


Read Full Discussion Thread for this article