Posted by: bittertruth July 16, 2013
बाल्टिमोरमा एक नेपाली युवकद्वारा आत्महत्या - REST IN PEACE
Login in to Rate this Post:     0       ?        
वाल्टिमोरमा वस्दै आएका २७ वर्षिय हेमन्त घिमिरे जुलाई १३,२०१३ मा आफ्नै कोठामा मृत्य अवस्थामा फेला परेका छन् । चार महिनादेखि निज घिमिरे मानसिक रोगले ग्रस्त भएपछि उनलाई युनिभर्सिटी अफ मेरिल्याण्ड हस्पिटलमा उपचारार्थ राखिएको थियो । घिमिरेको अवस्थामा केही सुधार आएकाले केही दिन अघि अस्पतालले घर जान स्वीकृति दिएको थियो । उनले आत्म हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।
कैलाली जिल्ला धनगढी नगरिपालिकाका स्थायी वासिन्दा घिमिरे सन् २०१० मा आक्लोहामा राज्यमा अध्ययनका लागि आएका थिए । घिमिरेलाई मानसिक रोगले ग्रस्त बनाउादै गएपछि अध्ययनबीचमै छोडेर मेरिल्याण्डमा वसाई सरेका थिए निजकी आमा पनि मानसिक रोगले पीडित छन् । बाबु मुटु रोगी छन् । सबै पारिवारिक अवस्था चिन्ताजनक छ । निजका आफन्तहरु अमेरिकाकामा कोही छैनन् ।

यस दुखद परिस्थितिमा बाल्टिमोर एसोसिएसन आफ नेप्लिज इन अमेरिका (वाना) स्वर्गीय घिमिरेको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछ । घिमिरे परिवारमा परेको दु:ख हामी सबैको समस्या भएकाले वाना परिवार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा स्वर्गीय घिमिरे को अन्तिम दाह संस्कारको लागि आफूले सक्ने सहयोगको लागि हार्दिक अपिल गर्दछ ।



वाना परिवार

https://www.paypal.com/us/cgi-bin/webscr?cmd=_flow&SESSION=p0z3uTKCOpy4Ye4tndbqbZ4enPR7LhSsQagnXUY-dUp-ocIGOETotL5Le7q&dispatch=5885d80a13c0db1f8e263663d3faee8d4e181b3aff599f99a338772351021e7d


src: https://www.facebook.com/pages/Baltimore-Association-of-Nepalese-in-America-BANA/183967598329066
Read Full Discussion Thread for this article