[Show all top banners]

Rudramati
Replies to this thread:

More by Rudramati
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बाल्टिमोरमा एक नेपाली युवकद्वारा आत्महत्या - REST IN PEACE
[VIEWED 6613 TIMES]
SAVE! for ease of future access.
Posted on 07-16-13 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकले आत्महत्या गरेका छन् । कैलालीको धनगढी नगरपालिका-१, का २७ वर्षीय हेमन्त घिमिरेले शनिवार साँझ आफ्नै कोठामा  झुन्डिएर आत्महत्या गरेका हुन् । घिमिरे बाल्टिमोरको ड्रमक्यासल भन्ने ठाउँमा बस्दै आएका थिए ।hem

 सन् २०११ मा अध्ययनका लागि ओक्लोहोमा आएका हेमन्त त्यहाँबाट टेक्सास सरेर डेढ वर्ष अघि बाल्टिमोर आएका थिए । विगत चार महिनादेखि बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड अस्पतालमा उपचाररत घिमिरे जुलाई पाँच तारिख शुक्रवार मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।  केही दिन आफुसंग बसेपछि अब आफु पूर्ण स्वस्थ भएको भन्दै हेमन्त गत विहीवार मात्र साथीभाइसंग मिलेर  बस्ने भन्दै ड्रमक्यासलमा गएको वताइएको छ ।

 शनिवार साँझ कामबाट फर्केका उनका साथीहरुले हेमन्तलाई कोठामा नदेखेपछि खोज्दै जाँदा ढोका नजिकैको सानो क्लोजेटमा खादाको पासोकोमा झुन्डिएको अवस्थामा फेला पारेका थिए । हाल उनको शवलाई बाल्टिमोरस्थित एक शवदाह गृहमा राखिएको छ । हेमन्तका बाबुआमा र एक भाई काठमाडौमा बस्दै आएका छन् ।

 

REST IN PEACE


 
Posted on 07-16-13 11:22 AM     [Snapshot: 37]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाल्टिमोरमा वस्दै आएका २७ वर्षिय हेमन्त घिमिरे जुलाई १३,२०१३ मा आफ्नै कोठामा मृत्य अवस्थामा फेला परेका छन् । चार महिनादेखि निज घिमिरे मानसिक रोगले ग्रस्त भएपछि उनलाई युनिभर्सिटी अफ मेरिल्याण्ड हस्पिटलमा उपचारार्थ राखिएको थियो । घिमिरेको अवस्थामा केही सुधार आएकाले केही दिन अघि अस्पतालले घर जान स्वीकृति दिएको थियो । उनले आत्म हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।
कैलाली जिल्ला धनगढी नगरिपालिकाका स्थायी वासिन्दा घिमिरे सन् २०१० मा आक्लोहामा राज्यमा अध्ययनका लागि आएका थिए । घिमिरेलाई मानसिक रोगले ग्रस्त बनाउादै गएपछि अध्ययनबीचमै छोडेर मेरिल्याण्डमा वसाई सरेका थिए निजकी आमा पनि मानसिक रोगले पीडित छन् । बाबु मुटु रोगी छन् । सबै पारिवारिक अवस्था चिन्ताजनक छ । निजका आफन्तहरु अमेरिकाकामा कोही छैनन् ।

यस दुखद परिस्थितिमा बाल्टिमोर एसोसिएसन आफ नेप्लिज इन अमेरिका (वाना) स्वर्गीय घिमिरेको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछ । घिमिरे परिवारमा परेको दु:ख हामी सबैको समस्या भएकाले वाना परिवार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा स्वर्गीय घिमिरे को अन्तिम दाह संस्कारको लागि आफूले सक्ने सहयोगको लागि हार्दिक अपिल गर्दछ ।



वाना परिवार

https://www.paypal.com/us/cgi-bin/webscr?cmd=_flow&SESSION=p0z3uTKCOpy4Ye4tndbqbZ4enPR7LhSsQagnXUY-dUp-ocIGOETotL5Le7q&dispatch=5885d80a13c0db1f8e263663d3faee8d4e181b3aff599f99a338772351021e7d


src: https://www.facebook.com/pages/Baltimore-Association-of-Nepalese-in-America-BANA/183967598329066

 
Posted on 07-16-13 11:57 AM     [Snapshot: 166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One more sad news. Rest in Peace 
 
Posted on 07-17-13 2:40 AM     [Snapshot: 1105]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 RIP bro. 
Bittertruth paypal link is not working bro. 
 
Posted on 07-17-13 2:15 PM     [Snapshot: 1565]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
EAD Filing
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
Work Permit
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters