Posted by: Rudramati July 16, 2013
बाल्टिमोरमा एक नेपाली युवकद्वारा आत्महत्या - REST IN PEACE
Login in to Rate this Post:     0       ?        

बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकले आत्महत्या गरेका छन् । कैलालीको धनगढी नगरपालिका-१, का २७ वर्षीय हेमन्त घिमिरेले शनिवार साँझ आफ्नै कोठामा  झुन्डिएर आत्महत्या गरेका हुन् । घिमिरे बाल्टिमोरको ड्रमक्यासल भन्ने ठाउँमा बस्दै आएका थिए ।hem

 सन् २०११ मा अध्ययनका लागि ओक्लोहोमा आएका हेमन्त त्यहाँबाट टेक्सास सरेर डेढ वर्ष अघि बाल्टिमोर आएका थिए । विगत चार महिनादेखि बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड अस्पतालमा उपचाररत घिमिरे जुलाई पाँच तारिख शुक्रवार मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।  केही दिन आफुसंग बसेपछि अब आफु पूर्ण स्वस्थ भएको भन्दै हेमन्त गत विहीवार मात्र साथीभाइसंग मिलेर  बस्ने भन्दै ड्रमक्यासलमा गएको वताइएको छ ।

 शनिवार साँझ कामबाट फर्केका उनका साथीहरुले हेमन्तलाई कोठामा नदेखेपछि खोज्दै जाँदा ढोका नजिकैको सानो क्लोजेटमा खादाको पासोकोमा झुन्डिएको अवस्थामा फेला पारेका थिए । हाल उनको शवलाई बाल्टिमोरस्थित एक शवदाह गृहमा राखिएको छ । हेमन्तका बाबुआमा र एक भाई काठमाडौमा बस्दै आएका छन् ।

 

REST IN PEACE

Read Full Discussion Thread for this article