Posted by: ashishme January 10, 2013
Religion: What should it contribute?
Login in to Rate this Post:     0       ?        



बारम्बार मदिरा पिएर मातेको समाचारका कारण विवादमा पर्दै आएकी गायिका अञ्जु पन्तले अव आफुले मादकपदार्थ सेवन नर्गे बताएकी छिन् । ‘मदिरा पिउनै हुदैन भन्ने होइन तर म भने अब यसबाट टाढा भएको छु, अन्जुले भनिन् ।’

पति मनोजराजसाग सम्वन्ध विच्छेद भएपछि एक्लै बस्दै आएकी गायिका पन्तले धरानका संचारकर्मीसाग कुरा गर्दै मदिरा नपिउने बताएकी हुन् । केही समयदेखि क्रिश्चियन धर्म अबलम्बन गरेकी गायिका पन्तले उपस्थित संचारकर्मीलाई समेत बाइबल पढ्न सुझाव दिएकी छन् । पत्रकारहरुसँग अधिकांश समय ‘प्रभु’ को बयान गर्नमै समय खर्चिएकी पन्तले आफुले भजन गाएपछि प्रभुको शरणमा गएको बताइन् । आफुले परमेश्वरको योजनाले धर्म परिवर्तन गरेको दाबी गर्दै उनले भनिन्, ‘पहिला मन्दिर गएर पुजा गर्थे तर क्रिश्चियन धर्ममा जस्तो आनन्द कतै पनि देखिन ।’
Read Full Discussion Thread for this article