Posted by: somewhereondearth August 24, 2012
तरुणो पागल
Login in to Rate this Post:     0       ?        
[Don't know why I can't put the whole story in one post!! :(]

‘अनि’

‘यि दशैंमा पनि घर आएनछन्, बुढी चाहि छोरा छोरी लिएर टिका लाउन हिंडेकि । बस खसेर एकै चिहान भएछन ।’

‘पीरले बिरामी भए यि । ४ जनाको लास जलाईसकेपछी, खोलादेखि नै यस्ता भएका अरे । किरिया पनि कसैले गरेनन् क्यार !’

अब मलाई घर र मन को फरक प्रष्ट थाहा भयो । म चुप लागें । एकचोटी फेरि त्यो पागल बुढो भेट्न मन भयो ।

************************************************************************

हलो जोत्ने मेरा बा मरिसकेका थिए । उपचार हुन सकेन । यिनै मास्टर ले गराएनन् । घर खेत अँधिया दिएपछी कामगर्ने मान्छे बिरामी हुँदा चौकि लगेर सिटामोल किनेर दायित्व सकिन्छ  र? तिनले त्यस्तै चलन चलाएका थिए । कत्रो घनघोर सोच । मलाई त त्यो ठाडो ठगि स्विकार नै भएन । धन्न पार्टीले मेरा आखा खुलाए । सत्र बर्षसम्म म अँध्यारोमा भए । मेरा बा बिते । आमा को स्थीति उसतै छ । उनि भन्न छोड्दिनन् मास्टर ले हामीलाई हेरेका हुन पाप नचिता भनेर । पाप यहाँ कसले चिताएको थियो प्रस्ट थियो । यस्ता सामन्तिलाई एक होईन हजार जुनि मिले  पनि हजारै चोटिको सजाय पनि अधुरै हुन्थ्यो । मलाई त्यो जरुरी लाग्यो । समाज ले सिक्न थियो । सामन्तिलाई सिकाउन थियो । बिडम्बना, मलाई त्यो  बुझाई नै सत्य लाग्यो । त्यो संघर्ष नै जायज लाग्यो!

उनि बिलौना गरिरहे  । मैले लात्ताले उनको मुखमा हाने । नाक भाँच्चिएछ । रगत निकाले ।  म शुरिएको थिए । उनि धुलै मैलै भएसकेका थिए । उनि बाबु नगर, मेरो सबै लैजाउ मलाई छोडिदेउ भन्दै गए । कुरो त्यहाँ लैजाने र छोड्नेको थिएन । अन्याय र अपराधिको थियो । मैले त्यस्तै देखे ।  मैले उनका खुट्टा भाँचे, उनि प्रचुर बेदनामा कराए । रात जुनेलि थियो । हामी गाउँ भन्दा निकै तल थियौ । कसैले सुनेन होला । सुने पनि यहाँ आउने आँट कसको । मैले एकै चोटि उनलाई मारिन । बालापन देखि सत्र बर्ष सम्मको एक-एक अन्याय, एक-एक फाटो, हेपिएका एक-एक अंशको सजाय दिंदै गए । उनको बोलि हरायो । कराउन छोडे । बिस्तारै अचेत हुँदै गए । बन्दुकका फेरले टाउकामा हान्दा चलमलाएनन् । राजन करायो, ‘मरिसको अब नहान, बरु हिड् यसको बन्दोबस्त गरौ ।‘

म बल्ल होशमा आँए । ओहो, परशुराम सरलाई पो मारियो त ! हो त्यहि क्षण मलाई ग्लानी भयो । एउटा शूल मनमा गढ्यो । म स्वतन्त्र हुन सकिन । पार्टी परिवेशले छोप्यो तर पनि म त्यो क्रान्तीमा दत्तचित्त हुन सकिन ।

कहिलेकांही कठोर घटना को दुखाई तुरुन्त हुँदैन । म दिनचर्यामा लागे। शुरुमा गढेको शूलले मलाई त्यस्तो पिरोलेन तर भित्र भने बसिरह्यो । गहुँ पिंसिदा दुईचार घुन त पिसिइहाल्छन  नि! फेरि ति परशुराम सर महान आत्मा पनि त थिएनन् । मन त्यस्तो गह्रौं भएन, विचारहरु सन्तुलित नै रहिदिए । म जेनतेन पार्टीका भुस्याहा जिम्मेवारी धान्न लागे  । ब्यस्तता बढ्यो । मनको घाउ त्यस्तो कटकटिएन ! काम अब्बल गरिएन, तर काम भन्दा टाउका गन्ने खेलमा म पनि गनिए ।

अहिले एक किसिमले क्रान्ती त सकियो, तर मेरो समाज उस्तै छ । खालि पात्र फेरिएका छन् । दाईले बिदेशीबाट फर्केर निकै जग्गा किनेछ । आफू किराना पसलमा बस्छ, जग्गा अधिँया लगाएको छ । मलाई त्यो परशुराम सरको खिल ले अचेल निकै सताउँछ । म स्वतन्त्र छैन। म दु:खी छु । म आफ्नै मनको घाउले तपिरहेको छु । विचार र सिद्धान्त पनि कति सापेक्षिक भइदिएका, घटिमा मेरा लागि । हिजो सम्म समाज कल्याणको कडि लागेको एउटा घटना जीवनको एक अध्याय पछी आज मलाई घोर पाप लागेको छ । म यसैमा डढिरहेको छु । मलाई पोलेको छ, सहिनसक्नु भएको छ । 

*************************************************************************

‘दाई, चना तरकारी खाने? पैसा दिन्छु ।“

म उसकै ताकमा थिए । उ घुम्दै फिर्दै त्यहि चोक मा आईपुगेको थियो । केहि फत्फताएर उ बस्यो । मेरो कथा सुन्नु है दाई। यति भनेर मैले मेरो मन निमैषमै उनका अगाडि पोखे!

एकछिन बोलेनन् । चना आयो, उनले गोजिमा हाले । तर त्यो बेला उनका भाव भन्दा पनि उनको कथा सुन्नु थियो । उनका भोगाईबाट । उनको मनबाट । म तौलिन खोज्दै थिंए उनका र मेरा दु:ख । उनको र मेरो पीर!

‘आकाश हिजो पनि खसेको थियो, आज पनि खसेको छ, भोलि पनि खस्ने छ । डराउने कि नडराउने तिम्रो इच्छा हो । तिम्रो रोजाई हो । त्यो तिम्रा लागि पागल हो । मेरा लागि उडेको त बादल हो । एउटा आकाश छ, दुईटा आकाश छ भने खसेर सकिएला । किचेर मार्ला । आकाश त गन्तिमा हुँदैन । यसको वजन हुदैन । यसको त रुप हुँदैन, त्यहि भएर आकाश हो । यो धर्ती जस्तो होईन - साह्रो, बन्द र कपटी । धर्तिको पोल्टामा के छ तिमी लाई थाहा हुन्न । धर्ती कुण्ठित हुन्छ । यसैले यो रोगी छ ।  आकाश खुल्ला हुन्छ । यसको न केहि हुन्छ, न केहि लिन्छ न दिन्छ नै । धर्ती एकदिन नासिन्छ । आकाश त अजम्बरी हुन्छ । आकाश अजम्बरी, अजम्बरी आकाश ।‘

अघि सम्म गह्रौ भाका बोलिरहेको उ अचानक कुद्न थाल्यो । माथि को गन्जी फुकाल्यो, अलि पर पुगेर मलाई हेर्यो । “पख तलाई म मार्छु” अनि फेरि आफ्नो च्यातिएको जाँघे पनि फुकाल्यो -  निर्बस्त्र  । उसको पुरुष लत्रिएको थियो । काछ, तिघ्रामा कत्लैकत्ला । फोहोरि देखीयो । पर सम्म पुगेको थियो । भुराहरुले उसलाई खेदाए । एकछिन भाग्यो । अनि बाटाको ढुँङंगा उठाएर भुराहरु तिर फाल्यो । भुरा भागे । म तमास ले उलसाई हेरी रहे । उसको बोली सोचि रहें, उसकै शब्दमा हराए । उ त्यहाँ थिएन ।

उ नभएपछी मैले उसका भाका तौलिए । मलाई लाग्यो उ मात्र पागलपन को ढोंग गरि रहेको छ ।  उ ढोंगी हो, उ नाटक मात्र गर्दैछ । उ पनि स्वतन्त्र छैन, आफैसँग छल गरिरहेको छ । उ पागल होईन । म झन छर्लङ्ग भए।

म अझ संझन्छु, परशुराम सरले पढाएको । पृथ्वी गोलो छ भनेको । गोलो पृथ्वी आफू घुम्दै सूर्यको वरिपनि घुमेको । दिन र रात को कथा । पानीको सतह एउटै हुन्छ तरपनि पर क्षितिजको जहाज देखिदैन । वर-वर आउँछ, अनि देखिन थाल्दछ । मेरो बुझाई गोलो रहेनछ, मैले जहाज कहिले देखिन ! अहिले म जति घुमे पनि मेरो मनमा रातको रात नै छ । मैले सोचेरे घुमेको सूर्य कहिल्यै त्यहाँ रहेनछ!

यति नै !

meaninglessthinkings@somewhereondearth


Read Full Discussion Thread for this article