[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 तरुणो पागल
[VIEWED 7658 TIMES]
SAVE! for ease of future access.
Posted on 08-24-12 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?         Liked by
 
“तिमी घटनाले पागल बनायो भन्छौ, भाग्यले पेल्यो भन्छौ । तर पागल हुन कहाँ सजिलो हुन्छ र ? यहाँ चार पीरमा तपेर कोही पागल हुँदैन । पागलपन को ढोंग गर्छन । फोस्रो दु:खलाई म पागलपन मान्दिन। मान्न पनि हुदैन । पागलनपन नशा हो । नशा हो पागलपन, नशा! यो प्राप्ती हो, निर्वाण हो । यहाँ बिषय हुँदैन, परिवेश हुँदैन।  छन्द पनि हुँदैन न केहि कथा हुन्छ । पागलपनि अनियन्त्रित हुन्छ, फुक्का हुन्छ । यो बग्दछ, उड्छ, लड्छ, जे पनि हुन्छ । यस्सै हुन्छ भन्ने लख काट्न मिल्दैन । यहाँ विचारको गोठालो हुँदैन । यहाँ वादि र परिवादि हुँदैनन् । यहाँ त तरंङ्ग र शान्तीको अलौकिक सम्भोग हुन्छ । यो शुद्ध हुन्छ । सबै जीवित प्राणी पागल हुन्। खालि हामी पागलपनलाई कैदि बनाई दिन्छौं । यसलाई बाँधी दिन्छौ । । यसलाई मार्न खोज्छौं । तर यि सब मिथ्या कडी हुन । पागलपन कहिले मर्दैन । तिमी मार्नै सक्दैनौ । यो त अजम्बरी हुन्छ । जुन दिन तिमी भाग्यमानि हुन्छौं, तिमीले आफू भित्रको पागललाई स्वतन्त्र छोड्न सक्दछौ । अनि तिम्रो जीवन शुरु हुन्छ । तिमीले जीवन भोग गर्छौ । सबै खुशी हुन्छन् । संसार सुखि हुन्छ । रात पर्यो चरा हरु आए होलान । मैले गोहोरो मार्नु छ । औंशी २ दिनमा छ । गोहोरो मरेको छैन । गोहोरो ले गैडा खान्छ । गोहोरो, गोहोरो  गोहोरो.. ।”  पागलपनको गहिरो बुझाई पस्किदा पस्किदै, उ फेरी पागल बनिदियो ।

****************************************************************************

जेनतेन धानिएको झोलुङ्गे थियो । पारीको गाँउ, उज्यालामा जाँदा सबैले चिन्थे । रात पार्न पर्यो । तित्रीको बोट तल  छलिएर हामी जुटपत्ती खेल्न थाल्यौ । कात्तिक अन्तिम थियो, तर पनि साँझ परिसकेको थिएन ।

“अलच्छिनिले फेरी जुत्ता उल्टाएर राख्यो”

राजन फेरी करायो । खासमा पार्टीमा उसको नाम ‘अठोट’ थियो । तर म पार्टी परम्मपरा सँग त्यती अभ्यस्थ भईसकेको थिइन । मलाई राजन नै अभ्यस्थ थियो। पार्टीले हामीलाई पहिलो महत्वपूर्ण जिम्मेवारी दिएको थियो । म पार्टीमा काँचै थिए, धेरै भएको थिएन । राजनकै बल र मेरा अरु तमाम कारण थिए, पार्टीमा लाग्न ।  राजन लागेको धेरै भइसकेको थियो । उसलाई जिम्मेबारी थियो । काम गलत हुनु थिएन । जनताले जनताका लागि गरेको लडाँई, त्यो हाम्रो आफ्नो लडाँई थियो । म नौलो थिए ।

रात पर्दा नपर्दै हामी उनका आगँन म पुग्यौं । राजन अलि परै बस्यो ।

 “पहिले तँ नै बोला । म जाँदा  शुरुमै लुक्ला”

म प्रतिवाद नगरि गए । २-४ पटक बोलाए पछी मात्रै बुढी चाँहि निस्किन् । मैले लोग्ने भेट्न छ भने । अनकनाईन् । वाद-प्रतिवाद भयो, मैले काम छ भने । उपाए केहि लागेन । बिस्तारै बोलाइन् । लोग्ने निस्के । सर्ट, प्यान्ट र टोपी, सधैं को लवाई । उस्तै थिए । दाह्री बढेका, अनुहारमा अनिश्चिता र भयको नराम्रो लेप । दु:खी देखिएका थिए । मलाई सरोकार भएन । बिस्तारै राजन पनि आयो आँगनमा ।

“कान्छो, तँ एक्लै आएको होईन । फेरि साथी छ त!!”

बुढी कराउन थालिन् ।

बुढा कामे झैं देखिन थाले । हामीलाई धेरै विवाद गर्न थिएन ।

“तँपाई सँग सल्लाह गर्न छ, एकछिन उता जाउँ !”

मैले यति भन्दै राजन उनी पछाडि गएर उभिइसकेको थियो ।

उनलाई हामीले  बोलायौं । मलाई राजनसँग देखेर डराए । बुढालाई बोल्न गाह्रो भयो । बुढी निकै अत्तालिएर बोल्न थालिन् । वहाँलाई सन्चो छैन, बाहिर जान हुँदैन, यहि कुरा गर्नु ईत्यादी ।

“तपाई हामीसँग हिड्नु त, सल्लाह गरेर छिट्टै फर्कनु । अहिले यहाँ बहस राम्रो हुँदैन ।”

राजनले यति भनेर उनको पाखुरा समात्यो । बिवश भएर बुढाले गह्रौं पाईला चाले ।

हामी बुढिका कुरा नसुनि सल्लाह गर्न लिएर गयौं ।

******************************************************************************

‘ओइ, खुजुरा पैसा छ? दे न’

म आज फेरि त्यहि चियापसलमा थिंए । उ फेरी आईपुग्यो - बुढो पागल ।

‘किन चाहियो पैसा? गफ गरौं न अनि दिउँला’

‘मस्यौरा छ?’ उ जथाभावि को छाँटमा थियो । मलाई हिजोको जस्तो गफ गर्न थियो ।

‘चिया खाने? पैसा दिन्छु’

उ मान्यो । दोकान मा खासैकोहि थिएनन् । म पर मुढामा बसे । उसलाई राखेको बसेन ।

‘घर कहाँ हो तिम्रो?’

‘घरको जहाँ बनायो त्यहि हुन्छ । गाउँमा बनाए गाउँमै हुन्छ । बिदेशमा बनाए बिदेशमै हुन्छ । तर मन जहाँ पनि जान्छ । तर घर र मन फरक हुन् । घरले सुख दिन्छ । मनले दु:ख पनि दिन्छ । घर ठिङ्ग्रिङ्ग उभिइदिन्छ, तिम्रा लागि । मन यता उता उडि दिन्छ । तर कतै जाने हुति हुँदैन, सक्दैन । घर सत्य हो । मन हार्छ, हार्न पर्छ । फर्किने घरमै हो । राख्ने घरले नै हो । तिमी संसार घुम, डुल, बाह्र ब्रम्हाण्डमा मनलाई डुलाउ । मन शान्त हुन सक्दैन । तिमीलाई छट्पट हुन्छ । घरले शान्ती दिन्छ, माया दिन्छ । यो चुपलागेर बसिदिन्छ, तिमीलाई साथ दिन्छ ।  चुहुने होस, उदाँङ्गो होस, घर घर हो । यो आश हो, यो जीवन हो । मन चुहुने होस त, मन उदाँङ्गो होस त! तिमी बौलाउँछौं, पागल हुन्छौं । म पनि पागल तिमी पनि पागल ।’

चिया पाउरोटि आयो । उसले चिया पोखायो । अलिकति जिउमा पोल्यो । पाउरोटी घिनलाग्दो समातेर खायो । अनि हिड्यो । बेला बेला उफ्रन्थ्यो । म तिर फर्केर हेरेन । आज उ छिट्टै हिड्यो ।  म अर्को भेट को आशमा लागे ।

पसलकी दिदीले गिलास उठाउनु भयो ।

‘भाईलाई यो पागलको गफ सुन्न खुब रमाईलो लाग्छ कि क्या हो ।‘

होईन, कुरा त गजब का गर्छ त ।‘ म नियमीत मान्छे देखीन खोज्दै भने

खोइ, के के कुरा गर्छ । तर पीर ले बौलाएको भन्नछन ।

**********************************************************

‘सबै बाबुको बुवा र मैले मिलेर गरेको हो ।’ बाबुलाई जे जति लान इच्छा छ लैजानु ।‘ मलाई छोडिदिनु ‘।

उनि बाटो मा निकै बिलौना गरि रहे । कुरो भए अनुसार हामीले उनलाई उपयुक्त ठाउँमा लग्यौं ।

उनि सँग बहस गर्ने अधिकार म सँग थिएन । म खासै बोलिन ।

सायद, आफ्नो पतन जब मानिसले पर क्षितिजमा देख्दछ, तब सम्पत्ती को लगाव छुट्छ । उनले त्यो घर खेतको खुब माया गर्थे।   छिमेकि सँग बर्षौं अदालत धाएर भएपनि एक भित्ता साँध जोगाएका थिए । तर त्यो बेला उनलाई आफ्नो ज्यान प्यारो भयो, परिवार प्यारो भयो । जस्तो भएपनि आफ्नै भविष्य प्यारो भयो । तर उनि पहिले नै अपराधी प्रमाणित भईसकेका थिए । उनले उनका कर्म गरिसकेका थिए । छिनको बिलौना ले पार्टिको निर्णय परिवर्तन हुँदैन थियो ।

निकै रोए, मतिर आउन खोजे । कुटिए । लछारिए । अझ छोडेनन् । अझ कुटिए । यो क्रम चलिरह्यो । मलाई निकै रिस थियो । समस्त देशको विकास रोकिएको यिनै जस्ता सामन्तिले हो । मन कोमल हुन दिईन, एउटाको माफि नजिर बन्छ । देश बिकासमा बलिदान नभए कसरी देश बिकसित हुन्छ? सयौं बर्षदेखि देश अँध्यारोमा भएको यिनै जस्ता पापीले हो । मेरो बुझाई त्यहि थियो । मेरो मन कठोर बन्दै गयो । म उनलाई सजाय दिन थाले । मैले मेरो समाजलाई “न्याय” दिन थाले ।

मेरो बुवा झरिमा मरि-मरि उनको खेत जोत्दा उनि छाता ओढेर स्कूल पढाउन जान्थे । त्यो बेला मैले त्यहि संझे। मेरी आमा, हामी दाजुभाई फाटेका घुम ओढ्दै धान रोप्दा, उनकि दुलहि, बचेरा तातो चाउचाउ को झोल खाँदै टिभि हेर्थे । त्यो बेला मलाई त्यो फाटो सहय भएन । अझ पनि खेत उनको हामी मोहि पनि नपाउने? कत्रो सामन्ती सोच? एउटै देशका मानिस, एउटै समाजका सदस्य, तर बिचमा कत्रो खाडल? यो खाडल रहिरहुन्जेल देश बिकास कहिले हुँदैन । समाजमा यस्ता सामन्ती मास्टरको खास्टो ओढेर बसुन्जेल यो खाडल पुर्न दिदैनन् । यस्ता पाखण्डीले पढाएर कस्तो शिक्षा बाँड्छन्? मेरो रिस चुरिदै गयो । जति रिस बढ्थ्यो उति म उनलाई लात्ताले, बन्दुकको फेरले हान्दै गए । उ रुदै बिलौना गरिरहे । यो समाज यसै परिवर्तन हुँदैन । यहाँ तप्न जरुरी छ । तर मन पग्गिन हुन्न, क्रान्ती तुहिन्छ । त्यो बेला मेरो सोच त्यहि भयो । यो सामाजिक क्रान्ती हो । मेरो मन कमलो हुनुको साटो, झन दृढ र प्रस्ट हुँदै गयो । मैले हाम्रा सारा सामाजिक, भौतिक र आर्थिक समस्याको जड त्यहि मास्टर देखे ।

**************************************************************************

‘कस्तो पीर दिदी?’ मलाई उत्सुकता भयो ।

‘खोइ जागिरे थिए अरे । घर ब्यवहार मा त्यती मन नभएका बाहिर चहार्दै हिड्ने । बिदामा पनि खासै घर नआउने खालका ।’

‘अनि के भएछ त?’

‘सबै ब्यबहार दुलहिले गर्थिन । असल, मिजासीलि थिइन् भन्थे । जति नै दु:ख कष्ट दिए पनि एकोहोरो माया गरिरहने । ३ वटा सन्तान थिए भन्छन ।‘

‘अनि’

‘यि दशैंमा पनि घर आएनछन्, बुढी चाहि छोरा छोरी लिएर टिका लाउन हिंडेकि । बस खसेर एकै चिहान भएछन ।’

‘पीरले बिरामी भए यि । ४ जनाको लास जलाईसकेपछी, खोलादेखि नै यस्ता भएका अरे । किरिया पनि कसैले गरेनन् क्यार !’

अब मलाई घर र मन को फरक प्रष्ट थाहा भयो । म चुप लागें । एकचोटी फेरि त्यो पागल बुढो भेट्न मन भयो ।

************************************************************************

हलो जोत्ने मेरा बा मरिसकेका थिए । उपचार हुन सकेन । यिनै मास्टर ले गराएनन् । घर खेत अँधिया दिएपछी कामगर्ने मान्छे बिरामी हुँदा चौकि लगेर सिटामोल किनेर दायित्व सकिन्छ  र? तिनले त्यस्तै चलन चलाएका थिए । कत्रो घनघोर सोच । मलाई त त्यो ठाडो ठगि स्विकार नै भएन । धन्न पार्टीले मेरा आखा खुलाए । सत्र बर्षसम्म म अँध्यारोमा भए । मेरा बा बिते । आमा को स्थीति उसतै छ । उनि भन्न छोड्दिनन् मास्टर ले हामीलाई हेरेका हुन पाप नचिता भनेर । पाप यहाँ कसले चिताएको थियो प्रस्ट थियो । यस्ता सामन्तिलाई एक होईन हजार जुनि मिले  पनि हजारै चोटिको सजाय पनि अधुरै हुन्थ्यो । मलाई त्यो जरुरी लाग्यो । समाज ले सिक्न थियो । सामन्तिलाई सिकाउन थियो । बिडम्बना, मलाई त्यो  बुझाई नै सत्य लाग्यो । त्यो संघर्ष नै जायज लाग्यो!

उनि बिलौना गरिरहे  । मैले लात्ताले उनको मुखमा हाने । नाक भाँच्चिएछ । रगत निकाले ।  म शुरिएको थिए । उनि धुलै मैलै भएसकेका थिए । उनि बाबु नगर, मेरो सबै लैजाउ मलाई छोडिदेउ भन्दै गए । कुरो त्यहाँ लैजाने र छोड्नेको थिएन । अन्याय र अपराधिको थियो । मैले त्यस्तै देखे ।  मैले उनका खुट्टा भाँचे, उनि प्रचुर बेदनामा कराए । रात जुनेलि थियो । हामी गाउँ भन्दा निकै तल थियौ । कसैले सुनेन होला । सुने पनि यहाँ आउने आँट कसको । मैले एकै चोटि उनलाई मारिन । बालापन देखि सत्र बर्ष सम्मको एक-एक अन्याय, एक-एक फाटो, हेपिएका एक-एक अंशको सजाय दिंदै गए । उनको बोलि हरायो । कराउन छोडे । बिस्तारै अचेत हुँदै गए । बन्दुकका फेरले टाउकामा हान्दा चलमलाएनन् । राजन करायो, ‘मरिसको अब नहान, बरु हिड् यसको बन्दोबस्त गरौ ।‘

म बल्ल होशमा आँए । ओहो, परशुराम सरलाई पो मारियो त ! हो त्यहि क्षण मलाई ग्लानी भयो । एउटा शूल मनमा गढ्यो । म स्वतन्त्र हुन सकिन । पार्टी परिवेशले छोप्यो तर पनि म त्यो क्रान्तीमा दत्तचित्त हुन सकिन ।

कहिलेकांही कठोर घटना को दुखाई तुरुन्त हुँदैन । म दिनचर्यामा लागे। शुरुमा गढेको शूलले मलाई त्यस्तो पिरोलेन तर भित्र भने बसिरह्यो । गहुँ पिंसिदा दुईचार घुन त पिसिइहाल्छन  नि! फेरि ति परशुराम सर महान आत्मा पनि त थिएनन् । मन त्यस्तो गह्रौं भएन, विचारहरु सन्तुलित नै रहिदिए । म जेनतेन पार्टीका भुस्याहा जिम्मेवारी धान्न लागे  । ब्यस्तता बढ्यो । मनको घाउ त्यस्तो कटकटिएन ! काम अब्बल गरिएन, तर काम भन्दा टाउका गन्ने खेलमा म पनि गनिए ।

अहिले एक किसिमले क्रान्ती त सकियो, तर मेरो समाज उस्तै छ । खालि पात्र फेरिएका छन् । दाईले बिदेशीबाट फर्केर निकै जग्गा किनेछ । आफू किराना पसलमा बस्छ, जग्गा अधिँया लगाएको छ । मलाई त्यो परशुराम सरको खिल ले अचेल निकै सताउँछ । म स्वतन्त्र छैन। म दु:खी छु । म आफ्नै मनको घाउले तपिरहेको छु । विचार र सिद्धान्त पनि कति सापेक्षिक भइदिएका, घटिमा मेरा लागि । हिजो सम्म समाज कल्याणको कडि लागेको एउटा घटना जीवनको एक अध्याय पछी आज मलाई घोर पाप लागेको छ । म यसैमा डढिरहेको छु । मलाई पोलेको छ, सहिनसक्नु भएको छ । 

*************************************************************************

‘दाई, चना तरकारी खाने? पैसा दिन्छु ।“

म उसकै ताकमा थिए । उ घुम्दै फिर्दै त्यहि चोक मा आईपुगेको थियो । केहि फत्फताएर उ बस्यो । मेरो कथा सुन्नु है दाई। यति भनेर मैले मेरो मन निमैषमै उनका अगाडि पोखे!

एकछिन बोलेनन् । चना आयो, उनले गोजिमा हाले । तर त्यो बेला उनका भाव भन्दा पनि उनको कथा सुन्नु थियो । उनका भोगाईबाट । उनको मनबाट । म तौलिन खोज्दै थिंए उनका र मेरा दु:ख । उनको र मेरो पीर!

‘आकाश हिजो पनि खसेको थियो, आज पनि खसेको छ, भोलि पनि खस्ने छ । डराउने कि नडराउने तिम्रो इच्छा हो । तिम्रो रोजाई हो । त्यो तिम्रा लागि पागल हो । मेरा लागि उडेको त बादल हो । एउटा आकाश छ, दुईटा आकाश छ भने खसेर सकिएला । किचेर मार्ला । आकाश त गन्तिमा हुँदैन । यसको वजन हुदैन । यसको त रुप हुँदैन, त्यहि भएर आकाश हो । यो धर्ती जस्तो होईन - साह्रो, बन्द र कपटी । धर्तिको पोल्टामा के छ तिमी लाई थाहा हुन्न । धर्ती कुण्ठित हुन्छ । यसैले यो रोगी छ ।  आकाश खुल्ला हुन्छ । यसको न केहि हुन्छ, न केहि लिन्छ न दिन्छ नै । धर्ती एकदिन नासिन्छ । आकाश त अजम्बरी हुन्छ । आकाश अजम्बरी, अजम्बरी आकाश ।‘

अघि सम्म गह्रौ भाका बोलिरहेको उ अचानक कुद्न थाल्यो । माथि को गन्जी फुकाल्यो, अलि पर पुगेर मलाई हेर्यो । “पख तलाई म मार्छु” अनि फेरि आफ्नो च्यातिएको जाँघे पनि फुकाल्यो -  निर्बस्त्र  । उसको पुरुष लत्रिएको थियो । काछ, तिघ्रामा कत्लैकत्ला । फोहोरि देखीयो । पर सम्म पुगेको थियो । भुराहरुले उसलाई खेदाए । एकछिन भाग्यो । अनि बाटाको ढुँङंगा उठाएर भुराहरु तिर फाल्यो । भुरा भागे । म तमास ले उलसाई हेरी रहे । उसको बोली सोचि रहें, उसकै शब्दमा हराए । उ त्यहाँ थिएन ।

उ नभएपछी मैले उसका भाका तौलिए । मलाई लाग्यो उ मात्र पागलपन को ढोंग गरि रहेको छ ।  उ ढोंगी हो, उ नाटक मात्र गर्दैछ । उ पनि स्वतन्त्र छैन, आफैसँग छल गरिरहेको छ । उ पागल होईन । म झन छर्लङ्ग भए।

म अझ संझन्छु, परशुराम सरले पढाएको । पृथ्वी गोलो छ भनेको । गोलो पृथ्वी आफू घुम्दै सूर्यको वरिपनि घुमेको । दिन र रात को कथा । पानीको सतह एउटै हुन्छ तरपनि पर क्षितिजको जहाज देखिदैन । वर-वर आउँछ, अनि देखिन थाल्दछ । मेरो बुझाई गोलो रहेनछ, मैले जहाज कहिले देखिन ! अहिले म जति घुमे पनि मेरो मनमा रातको रात नै छ । मैले सोचेरे घुमेको सूर्य कहिल्यै त्यहाँ रहेनछ!

यति नै !

meaninglessthinkings@somewhereondearth

Last edited: 24-Aug-12 11:10 AM

Posted on 08-24-12 11:11 AM     [Snapshot: 40]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
[Don't know why I can't put the whole story in one post!! :(]

Posted on 08-24-12 11:38 AM     [Snapshot: 81]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 धेरै पछि सोमेको कथा आएछ पढ्न बसे !!
 
Posted on 08-24-12 12:28 PM     [Snapshot: 141]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
Classic ONE!! loved reading!!
 
Posted on 08-24-12 12:56 PM     [Snapshot: 183]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
अन्तर्द्वन्दलाई शब्द शब्दमा बुनेको एकदम राम्रो लाग्यो। फेरी फ्यान भएँ।

Posted on 08-24-12 2:57 PM     [Snapshot: 280]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
Posted on 08-24-12 4:04 PM     [Snapshot: 352]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
Poor parshu ram sir.
 
Posted on 08-28-12 8:28 PM     [Snapshot: 561]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
hats off  som dai
 
Posted on 08-28-12 9:12 PM     [Snapshot: 586]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
सोम दाइ हजुर को ब्लग फलो गरेकै हो ..... यो चाहिं यहाँ आएर पढें ...... अंतर्द्वंदाको सचित्र व्याख्यान पाएँ .... सारै मुन्परो ......

Posted on 08-29-12 9:51 AM     [Snapshot: 775]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
पागल त दार्शनिक नै जस्तो लाग्यो।

एक शास मै पढेर भ्याए। हजुरको लेखाइमा फेरी पनि आफु चुर्लुम्मै डुबेको पाएँ।  अरु पनि लेख्दै गर्नु होला।

साँच्चि, फुच्चे कहाँ छ अचेल? बेपत्तै भयो उ त।

Posted on 08-29-12 10:02 AM     [Snapshot: 792]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
i feel so  bad for parshuram.
 
Posted on 09-03-12 7:27 PM     [Snapshot: 1011]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 समय निकालेर पढीदिनुहुने, मनपराईदिनु हुने र कमेन्ट गरिदिनुहुने सबैलाई हार्दिक धन्यबाद ।

@dipika02: It feels good to see you around here. I have become more of a silent reader in sajha but hardly miss your writings. फुच्चे नेपालाँ छ । बढुवाको लागि पढ्दै छ । उमेर भयो,  बिहे गर्नको  लागि सामान्य केटि पाउन संघर्षरत छ । केटो ब्यस्त छ । 

Thank you sajha admin for providing this plateform! 

-somewhereondearth

Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
Conservative discussions
हेरेको तिमीलाइ आँखाले हैन।
"जेठी"
KP and PK
Who is priyanka karki's mother?
Sajha Poll: When should Nas come back to sajha? If he gets more than 50 votes he should come back by popular demand 🚨🚨🚨
ChatSansar.com Naya Nepal Chat
The Great Himalayan Cable Car
बोलेरै प्रभाव पार्न सिक्नु छ भने ...
डर लाग्न थालेको छ |
"के खान अमेरिका गएको" भन्नेलाइ सिपोरा गुरुङको यस्तो जवाफ !
Where is Nas ?
Ek jana sathi lai sapat deko firtai didaina vancha k garna milcha?
कसरी सक्ने होला? ४२ स्वास्नी अनि थप प्रेमिकाहरु
Fauci hiding science to promote vaccine business profits
Who is the biggest BULLY?
Fundraising for Cancer victim
धरहरा (ड्रोंनबाट) - झिलिमिली
prospects for bipartisan cooperation grow dimmer #tps
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters