Posted by: Geology Tiger June 15, 2012
वास्तवमा यो कुनै पूर्व-िऩ़योिजत प्रयास िथएन
Login in to Rate this Post:     0       ?        
सनुर्प के तिमीले यो पढ्न भ्याएका थियौ ?

नमस्कार गौरिश्वर सर !

यहाँसँग मेरो परिचय त छैन तर पनि एउटा अनुरोध गर्न मन लागेकोले यो सन्देश पठाएको छु । अमेरिकी सदनको उम्मेद्वार बन्न लाग्नु भएका दर्शन रौनियारले कनेटिकट भ्रमण गर्दा उहाँलाई शुभकामना दिदै यहाँले जुन कविता वाचन गर्नुभएको थियो, त्यो कविता दर्शन सरले बहुत प्रेमपूर्वक आफ्नो फेसबुकमा राख्नुभएको छ । उक्त कविताको पहिले हरफ यहाँले राष्ट्र कवि माधव घिमिरेको 'बैशाख' शिर्षकको कविताबाट लिनुभएको रहेछ । कविता वाचन गर्दा यो कुरा यहाँले पक्कै भन्नु भएको थियो होला । तर दर्शन सरले फेसबूकमा राख्नु भएको यहाँको हस्तलिखित कविताको फोटोमा त्यस्तो कही देखिएन । यसैले त्यो कविता पढ्ने व्यक्तिहरुमा गलत सन्देश नजाओस भन्ने उद्देस्यले दर्शन सरको फेसबुकमा यो कुरा स्पष्ट पारिदिनुहुन्थ्यो कि ?

धन्यवाद!


के तिमीले यो बिषयमा मेरो सबै पोस्टिङ्हरु पढेका छौ ? अर्को धागो पनि छ । एक चोटि हतार नगरी सबै पढ, नबुझे दोहराएर पढ, त्यति गर्दा पनि बुझेनौ भने मलाई सोधे पनि हुन्छ ।

अनि त्यसपछी तिम्रो राय सल्लाह देउ । के तिमीलाई साँच्चिकै मैले गल्ती गरे जस्तो लाग्छ ? के तिमीलाई मैले बोल्नै नहुने कुरा बोले जस्तो लाग्छ र के तिमीलाई साँच्चै मैले माफि माग्नुपर्ने जस्तो लाग्छ ?

अँ साँच्चै दर्शन रौनियारको फेसबुक पेज पनि हेर्न नबिर्सनु ।
Read Full Discussion Thread for this article