वास्तवमा यो कुनै पूर्व-िऩ़योिजत प्रयास िथएन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आदरणीय िमत्रजनहरू, अमेिरकी सदनका पहिलो नेपाली उमेदवार दर्शन रौिऩयारजी कनेक्टिकटमा आउनु हुदा सम्पूर्ण नेपालीको प्रितष्ठा स्थापना गर्ने प्रयाशंमा हौसला प्रदान गर्ने उद्देश्यले त्यहीदिन बिहान मैले चार हरफ कोरेको थिए । मलाई अत्यन्तै मन पर्ने लय भरो हँुदा प्रसॅग नमिल्ने भएपनि उपस्थित स्ोतागणलाई कर्णप्रिय होला भन्ने उद्देश्यले सिरानमा राष्ट्कवि स्व. माधव घिमिरेको वैशाख कविताबाट लिएको थिएं । त्यों कुरा कविता वाचन गर्नुभन्दा पहिलेनै मैले उपस्थित जनसमुदा़य समक्ष इमान्दारीपूर्वक अवगत गराएको थिएं । त्यों चार हरफ कविता कतै छपाई प्रचार-प्रसार गरी नाम कमाउने उद्देश्यले लेखिएको पवित्र थिएन । खाली उहाँको फण्डरेजिगंमा सघाऊ पुगोस भन्ने उद्द

gaurisharma · Jun 14, 2012 11:23 PM · 35,087 views

21 Replies · Showing 21 - 21
Page 2 of 2

ल ठिक छ, गौरीजी । गल्तीलाई गल्तीका रुपमा स्वीकार गरि साझाको हाम्रो छलफलको विषयमा सहभागी हुनुभयो, यसको लागि तपाईंलाईधन्यवाद । सबभन्दा पहिले त गल्ती नगर्नु नैं बुद्धिमानी, भइहाल्यो भने त्यसलाई सच्याउनको लागि पनि एउटा आँट चाहिन्छ, जुन तपाईमा रहेछ । हामीले चाहेको पनि त्यत्ति थियो । नत्र मैंले त तपाईंलाई त्यो पाण्डुलिपीको पानामा रहेको फोन नंबरमा डायल समेत गर्न लागेको थिएँ । धन्न तपाईंले साझाको छलफलमा आएर माफी माग्नुभो । नेपालमा बौद्धिक र शिक्षित भएर धेरथोर नाम कमाइ अमेरिका आएका व्यक्तित्वहरुले कमसेकम अर्काको कृतिका केहि हरफ गल्तीवश, भूलवश, प्राविधिक समस्याले, हतारमा आफ्नो कृतिमा हाल्ने काम नगरौंन यार । कुरै खत्तम नि, हैन ? रामै्रकुरा पनि गलत तरिकाबाट गर्योभने कस्तो परिणाम आउनेरहेछ भन्ने कुराको एउटा सानो भन्दा सानो दृष्टान्त हो यो । हेर्नुस् त कस्तो बोर भो, न दर्शनजीलाई कविता लेखेर खुशी पार्न सक्नुभयो, न अर्काको चार हरफ आफ्नोमा हालेर लेख्दा तपाईंलाई नै सन्तुष्टि प्रदान गर्यो । अनि महाशय कृपया जिउँदो मान्छेलाई अनायसै स्वर्गीय नबनाइदिनुहोला । माधवप्रसाद घिमिरे अहिलेसम्म जिउँदै हुनुहुन्छ, आफ्नो जीवनका सम्भवत अशिऔं दशकका वर्षहरुमा हिडिरहनुभएको छ । दर्शनजीले त आफ्नो फेसबुक पेजबाट त्यो कवितालाई हटाइ नैं दिनुभयो । हामीले जे जति छलफलहरु गर्यौं त्यो सवै एउटा प्रवृत्तीको विरोधमा गरेका थियौं, कुनै व्यक्ति विशेषलाई तारो बनाएर प्रहार गरेको नठान्नुहोला । नाजायज कुरामा हामीले गलफत्ती कत्तीपनि गरेका छैनौं । हामीलाई थाहा भएको विषयमा जेठो, माइलो, काईंलो, ठाईलो, अन्तर, जन्तरे, पानी मन्तरे, दुध मन्तरे, काले, भाले, निगाले अथवा यीनका स्त्रीलिंगी जेठी, माइली, काईली, साईंली ठाईंली, अन्तरी, जन्तरी, पानी मन्तरी दुध मन्तरी, काली, पोथी, निगाली जो सुकैले यस्तै प्रकृतिको गल्ती गरेकी भए पनि यस्तै छलफल हुन्थ्यो होला । रिथिंक जी तपाईंले कसलाई अनाम साहित्यप्रमीको जमात भन्न खोज्नुभएको हो । अनाम कुन अर्थमा ? तपाईंको चाहिं नाम के हो ? जियोलोजी जीले भनेजस्तै तपाईं आफ्नो लिंडे ढिपीमा बसिरहनुभएको छ र आफ्ना कुतर्कलाई ढाकछोप गर्न अरु थप कूतर्कका श्रृंखलाहरु बन्दैहुनुहुन्छ । यो कुराकानीलाई लम्बेतान गर्न मन छैन, बिट मार्नुअघि गौरीश्वर जीले कविताको पाण्डुलिपीमा साभार माधव घिमिरे लेख्न विर्सनु भएछ भन्ने कुरालाई तपाईंले नैं भनेपछि मैंले माने । त्यो कार्यक्रमको भिडियो वा अडियो रेकर्ड यदि छ भने पोष्ट गर्नुसन, हामी पनि सुनौं न, एकैछिन रमाइलै होला, एकदुइवटा नयाँ कुरा थाहा पाइएला । Last edited: 15-Jun-12 04:46 PM

Max Rossa · Jun 15, 2012 4:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion