Posted by: Geology Tiger June 2, 2012
Separation of Nepal based on income and property
Login in to Rate this Post:     1       ?         Liked by
सामर्थ्यको आधारमा संघीय राज्यको निर्माण गर्ने कुरा नयाँ होइन । जातको नाममा राजनीति गर्नेहरुले आफ्नो आँखा र कान दुवै बन्द गरेर एकोहोरो जातीय राज्यको रट लगाएको लगै गरिरहँदा अर्थतन्त्रमा पनि केही पकड भएकाहरुले भने सामर्थ्यको अवधारणा अगाडि सरेका थिए र अन्त्यमा जातिय पहिचान र सामर्थ्य संघीय राज्य निर्माणको आधार भन्नेमा धेरै राजी भए । राजी भएनन् त केवल एकल जातीय पहिचान वा बहु जातीय पहिचान भन्ने कुरामा । खैर केही समयको लागि यो कुरा साम्य भएको छ तर यो फेरी ब्युतेर आउनेछ ।

यदी कसैले मलाई नेपालमा संघियताको आधार के हुनुपर्छ भनेर सोध्यो भने मैले भन्नेछु, भूगोल र आर्थिक सामर्थ्य । मान्छेहरुले के बुझेका छैनन् वा बुझेर पनि बुझ पचाएका छन् भने देशलाई संघीय राज्यहरुमा विभक्त गरे पछी हरेक राज्य चलाऊनलाई आर्थिक स्रोत र साधन त चाहियो नि । त्यस माथि अरु धेरै ख्याउटे र मसिना नेताहरुलाई उपिया जस्तै टुन्न मोटाउनु पनि पर्ने होला ( नत्र भुत्रो खान संघियता संघियता भनेर मरिमेट्थे ?) । अब सधैं भरी केन्द्रले सहयोग गरेर चल्ने भन्ने कुरा पनि आएन । त्यसैले नेपाललाई यसरी संघीय राज्यमा बाँड्नुपर्‍यो कि हरेक राज्यसँग राजस्वको स्रोत होस् । कुनै राज्यसँग भन्सारबाट उठेको राजस्व स्रोत हुनसक्छ भने कुनै राज्यको लागि हिमाल चढ्दा बुझाइने रोयल्टी स्रोत हुनसक्छ, यसै गरी कुनैको लागि जलबिद्दुतबाट स्रोतको व्यवस्था हुन सक्छ । Fiscal Federalism भनेको यो होइन कि गरीबहरु भएको ठाँउलाई छुट्याएर एउटा राज्य बनाउने र धनीहरु भएको ठाँउमा अर्को राज्य बनाउने । यसको परिकल्पना कस्तो हो भने हरेक राज्य आँफैमा आर्थिक रुपले सक्षम होस् । धेरै विज्ञहरुले आर्थिक समर्थ्यको आधारमा नेपालमा ४-५ राज्य मात्र बन्नसक्ने ठहर गरेका थिए । अनि आर्थिक रुपले विपन्न त हाम्रो देशमा मनग्यै छदै छदै छन् । खासमा राज्यले पहिचान गर्नुपर्ने भनेको आर्थिक रुपले विपन्न वर्गको हो । जुन वर्गले आर्थिक अभावको कारण पढ्न पाएको छैन, दुई छाक राम्रोसँग खान पाएको छैन र एउटा सानो छाप्रो भित्र बस्न पाएको छैन, पहिचान तिनीहरुको गर्नु पर्छ र सरकारले एउटा तहसम्म त्यो वर्गलाई आरक्षण दिनुपर्छ । अहिले देशमा उखरमाउलो मच्चाइरहेको जातिय पहिचान र जातीय राज्य कुनै पनि रुपमा गरिव वर्गप्रति लक्षित छैन । यो त सिमित व्यक्तिहरुको जातिय नेता भएर भुँडी फुटुन्जेल खाने दिवास्वप्नको परिणति मात्र हो । आजको आवश्यकता पनि विपन्न वर्गको पहिचान र हरेक जाती जनजातीको सम्मान हो ।
Read Full Discussion Thread for this article