Posted by: timi_mero_sathi May 8, 2012
बुद्ध तिमी कहाँ छौ
Login in to Rate this Post:     1       ?         Liked by
होइन हो अमरिकने बन्धु, पैसा कमाउन लागिरा बेला तपाई को कविता ले डिस्टर्ब  गरेर हैरान. के गर्नी नशा न हो, चुरोट को नशा ले जस्तै कविता को नशा ले छोड्ने भएन. झन् तपाइको कविता पढेपछि  सामग्री  पनि तेही पाए कविता लेख्न. ल सुन्नुस मेरो तरफ बाट पनि एउटा कविता. हुन त कमुनिस्ट कमरेड हरुले अर्काको कुरा सुनेर प्रतिक्रिया जनाउने मान्छे लाई प्रतिक्रियाबादी भन्छन क्यारे   तेस्माने मा यो मेरो प्रतिक्रिया बादी कविता हो.

तिमि मा छ बुद्ध  साथी, म मा छ बुद्ध
बुद्ध लुकाउने तिमि, बुद्ध लुकाउने म
अनी कहाँ खोज्ने बुद्ध?

बुद्ध देखाउने हरु यहाँ पाखे हुन्छन
पाखे तिमि हुन नसक्ने, पाखे म हुन्न
पाखे बन्न को देखाउछ बुद्ध?

कुतर्क तिमि गर, कुतर्क म गर्छु
बुद्ध को नाम मा झगडा गर्न पर्छ
अनी पो हामि स्मार्ट बन्छम

उपदेश मनन गर्नु, पुजा नगर्नु मेरो मुर्ति को
मुर्ति पुजेर, झगडा तिमि गर्ने, म गर्ने झगडा
बुद्ध ले भनेको कल्ले मान्ने ?

बुद्ध जयेन्ति होइन यो , सराद्धे  हो बुद्ध  को
स्रद्धा ले गरेको भए पो सराद्धे, कर ले गरेको ले
साएद यो कराद्धे हो बुद्ध को


Read Full Discussion Thread for this article