[Show all top banners]

amricane
Replies to this thread:

More by amricane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
  बुद्ध तिमी कहाँ छौ
[VIEWED 12122 TIMES]
SAVE! for ease of future access.
Posted on 05-07-12 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

बुद्ध ,
आज बल्ल फुर्सद मिल्यो मलाई ,
तिम्रो धेरै याद आयो ,
तिमीले सिकाको बाटो हरु सम्झन मन लाग्यो ,
तिम्रो मन्त्र मा एक छिन मन्त्र मुग्द मन लाग्यो ,
बुद्ध तिमी कहाँ छौ ?
तिम्लाई एक छिन भेट्न मन लाग्यो । 
 
बुद्ध मलाई माफ गर ,  
तिम्रो सम्झना मलाई बर्ष मा एक दिन मात्र आउछ, 
तिमी छौ भन्ने कुरो पात्रो ले मात्र सम्झाउछ ,,
के गर्ने बुद्ध म साह्रै स्वर्थी भको छु ,
तिम्रो याद मलाई जयन्ती मा मात्र आउछ ।  
 
म पापी हुँ 
तेइ भएर मेरो मन मा तिमी छैनउ 
तिम्लाई हिन्सा मन पर्दैन , 
म त पैसा तिरेर हिन्सा हेर्न जान्छु 
तिमी कुटिलटा जान्दैनो 
म त बर्षइ भरी कुटिलाटा पालेर बस्छु 
एल्लाई कसरी पछाडि पारु ? 
एस्को खुट्टा कसरी तानु ?
यो भन्दा अगाडि म कसरी बढु ? 
म त मेरो समय अरु को कुभलो मा बिताउछु ,
तेइ भएर त म पापी हुँ र त तिमी मेरो मन मा छैनउ, 
बुद्ध तिमी कहाँ छौ ? 
 
मैले सुनेको लुम्बिनी बाट तिमी हिंडि सक्यौ रे ,
लुम्बिनी हिजो आज मधेस र थारु को युद्ध मा चौपट छ रे , 
त्यो देखेर तिमी लुसुक्क कसैलाई नभनी राती हिंडेउ रे 
बुद्ध तिमी त्यहाँ बाट भागी सक्यौ रे ! 
 
तिम्लाई काठमाडौं मा देखे भन्ने पनि भेटे  मैले , 
बोउध र स्वयम्भु मा देखा परेउ रे , 
पहेलो बस्त्र मा तिमी मन्त्र जप्दै थेउ रे, 
अनी एक्कासी बम को आवाज ले तिमी जस्केउ रे ,
अनी फेरी तिमी त्यहाँ बाट पनि बेपत्ता भएउ रे ।  
तिम्लाई शान्त चाहिन्छ तर त्यहाँ शान्ती छैन ,
तिमी प्रेम चाहिन्छ तर त्यहाँ प्रेम छैन ,
तिम्लाई अहिन्सा चाहिन्छ बुद्ध तर त्यहाँ बम बाहेक केही छैन,  
तेइ भएर तिमी सबै को प्यारो राजधानी छोडेर हिंडेउ रे । 
बुद्ध तिमी कहाँ छौ ? 
 
मैले बोध गया मा नि बुजे, 
त्यहाँ तिमी कैलेई फर्केनौ रे , 
तिम्रो जन्म स्थान नै नक्कली बनयो भनेर दु:ख मानेउ रे , 
तिम्ले तेसो गर्न नहुने पो थियो कि भनेर अशोक लाई नि भनेउ रे 
तर अशोक हिजो आज बेस्थ छ , 
उ अग्नी को परिक्ष्यन गर्दै छ , 
उस्लाई धर्ती मा बसेर आकाश को मिसाइल खसाउनु छ , 
त्यहाँ केबल घ्रिना छ , तेइ भएर तिमी त्यहाँ छैनउ , 
बुद्ध तिमी कहाँ छौ ? 
 
मैले सुनेको तिम्लाई अमेरिका लागेर बेचे रे , 
कुन पापी ले तिम्लाई झुक्याएर बेहोसी मा अमेरिका लगेर - 
टाईम वार्नर को ठुलो घर मा लगेर लीलामी गर्‍यो रे, 
बजार को बिकाउ बस्ती जस्ताइ तिमी मा मोल चडाइ भयो रे, 
तिम्लाई त अमेरिका मा समान सरि बेच्न राखे रे , 
बुद्ध तर मलाइ थाहा छ तिमी त्यहाँ पनि छैनउ , 
अमेरिका त आँफै मा आतंक हो , 
हिन्सा को परीभाषा हो ,
बिनास्कारी हो ,
अनी तिम्लाई त बिनास मन पर्दैन ,
हिन्सा तिम्रो कतै छुदैन ।   
कुनै खरबपती ले आफ्नो घर मा सजाउन राखेकोd बाकस बाट सुतुक्क निस्केर हिंडेउ रे , 
किन कि तिमी स्वोतन्त्रता मा विश्वाश गर्छौ कुनै सिसा ले तिम्लाई छेक्दैन रे ।
तेइ भएर तिमी त्यहाँ छैनउ रे ,
बुद्ध तिमी कहाँ छौ ? 
 
शायद मैले ग्रथ मा पढेको , 
मेरा बा ले भनेको सुनेको , 
तिमी कतै ठुलो आकाश मा तीन तारा भनेर बसेको छौ होला , 
तिम्लाई चाहेको जस्तो शान्ती त्यहाँ मात्र छ , 
किनकी त्यहाँ मानब छैन , 
तेइ भएर त त्यहाँ  शान्त छ ,
तर कैले सम्म थाहा छैन , 
कुनै दिन मानिस ले फेरी प्रगती गर्ला 
ठुलो मा ठुलो हतियार बनाउला , 
तिमी बसेको तारा पनि झार्ला 
अनी फेरी तिमी कहाँ जान्छौ बुद्ध 
तिमी अर्को बास्स्थान खोज्दै गर है , 
मानब दानब भइे सको भन्ने कुरा याद राख है ,
बुद्ध तिमी फेरी अर्को ठाउँ खोज है । 


   amricane
Last edited: 08-May-12 10:18 AM

 
Posted on 05-07-12 3:44 PM     [Snapshot: 69]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
Just brilliant. 
 
Posted on 05-07-12 9:33 PM     [Snapshot: 156]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अम्रिकाने मित्र सधै झैँ अत्यन्त भावपूर्ण कविता ...

एउटा राम्रो शुभचिन्तकको नाताले मात्र भन्न खोजेको हो अन्यथा नलिनु होला धेरै राम्रो राम्रो भावहरु छन् कवितामा र यी भावहरुलाइ अझ राम्रोसँग कस्न र बाध्न सकिन्थ्यो कि?
 
Posted on 05-08-12 10:10 AM     [Snapshot: 267]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जी ति दाजु , म तपाई र तपाइँ जस्तै अन्य साझा का मित्र हरु  को प्रेरणा र सुझाब ले गर्दा अइले सम्म कविता लेख्दै छु , मेरो रचना मा कतै कुनै कमजोरी भयो भने निसंकोच मलाई भन्नुस मा सुधार्ने प्रयास गर्ने छु . 
तपाई को सुजाब र सल्लाह को लागि सदा आभारी रहने छु
amricane
Last edited: 08-May-12 10:11 AM

 
Posted on 05-08-12 11:51 AM     [Snapshot: 297]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

होइन हो अमरिकने बन्धु, पैसा कमाउन लागिरा बेला तपाई को कविता ले डिस्टर्ब  गरेर हैरान. के गर्नी नशा न हो, चुरोट को नशा ले जस्तै कविता को नशा ले छोड्ने भएन. झन् तपाइको कविता पढेपछि  सामग्री  पनि तेही पाए कविता लेख्न. ल सुन्नुस मेरो तरफ बाट पनि एउटा कविता. हुन त कमुनिस्ट कमरेड हरुले अर्काको कुरा सुनेर प्रतिक्रिया जनाउने मान्छे लाई प्रतिक्रियाबादी भन्छन क्यारे   तेस्माने मा यो मेरो प्रतिक्रिया बादी कविता हो.

तिमि मा छ बुद्ध  साथी, म मा छ बुद्ध
बुद्ध लुकाउने तिमि, बुद्ध लुकाउने म
अनी कहाँ खोज्ने बुद्ध?

बुद्ध देखाउने हरु यहाँ पाखे हुन्छन
पाखे तिमि हुन नसक्ने, पाखे म हुन्न
पाखे बन्न को देखाउछ बुद्ध?

कुतर्क तिमि गर, कुतर्क म गर्छु
बुद्ध को नाम मा झगडा गर्न पर्छ
अनी पो हामि स्मार्ट बन्छम

उपदेश मनन गर्नु, पुजा नगर्नु मेरो मुर्ति को
मुर्ति पुजेर, झगडा तिमि गर्ने, म गर्ने झगडा
बुद्ध ले भनेको कल्ले मान्ने ?

बुद्ध जयेन्ति होइन यो , सराद्धे  हो बुद्ध  को
स्रद्धा ले गरेको भए पो सराद्धे, कर ले गरेको ले
साएद यो कराद्धे हो बुद्ध को



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
Does he deserve Noble Peace prize??
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
legal Query for married nepali girl now have taken US citizenship
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
ए १ पनि पुगेनछ ?
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
2020 : Why No Trump !
Love trumps Hate
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
The delusion created by mainstream media is creating fake reality for biden supporters
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters