Posted by: Geology Tiger March 8, 2012
बाऊ  दुष्ट र नेवार  इस्ट  कहिले  पनि  हुँदैन | .
Login in to Rate this Post:     3       ?         Liked by
तितो सत्य मित्र,

नेपालीमा यस्ता उखानहरुलाई उखेल्न पर्ने उखान भनिन्छ । यस्ता कैयन् जातिय, लैङिक, क्षेत्रिय रुपमा पीडित उखानहरुले तात्कालिन नेपालमा रहेको भेदभावको स्थितिलाई राम्रै रुपमा प्रस्टाउछ । तर आजको आवश्यकता के हो भने हामी यस्ता उखानहरुको पछाडि दौडन पनि हुँदैन र यस्ता उखानहरुको प्रयोगलाई हौसला दिनु पनि हुँदैन । आफ्नो ईतिहास सबैलाई प्यारो हुन्छ । मेरा पुर्खाहरु कहाँबाट आए? हामी कुन भाषा बोल्थ्यौ? र हाम्रो संस्कृति कस्तो थियो? भन्ने चासो सबैलाई हुन्छ र मलाई पनि छ । तर मैले एउटा नेपालीसँग गर्ने व्यवहार उसको जात, अनुहार र उसले बोल्ने भाषासँग पटक्कै सम्बन्धित हुँदैन, मेरो लागि उ केवल नेपाली हो, उ त्यही देशमा जन्मेको हो जहाँ म जन्मेको हुँ । हो म उसको व्यक्तिगत व्यवहारलाई पक्कै मूल्याकंन गर्छु, तर म यस्ता थाङ्ने उखानहरुको पछि लाग्दिन ।

मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन - महाकवि देवकोटा 
Read Full Discussion Thread for this article