Posted by: Geology Tiger March 3, 2012
नेपाली साहित्यका पन्ध्र तारा
Login in to Rate this Post:     1       ?         Liked by
रमेश विकलको बारेमा जानकारी दिनुभएकोमा ठुल्दाइलाई मुरी मुरी धन्यवाद! मलाई याद भएसम्म साझामै हामी बिचमा यो बिषयमा पहिले पनि केही कुरा भएको थियो । त्यही थाहा भएर नै मैले ठुल्दाइले यस बिषयमा केही भन्नु होला भनेर यो कुरा उप्काएको हो । तर ठुल्दाइले नै लेखेको धागो पर्‍यो कि अरु कुनै धागोमा हामीबिच यो कुरा भएको हो त्यो चाँही ठ्याक्क याद भएन ।

नेपाली साहित्यमा सत्य तथ्यलाई चिरफार गर्ने भन्दा पनि व्यक्ति पूजा गर्ने परम्परा झन् झन् हावी हुँदै गएको छ । यदी यसरी चोरी चोरी साहित्य लेखेर ठूला साहित्यकार गनिएका साहित्यकारको पनि हामी बर्षैपिच्छे गुणगान गाउन वाध्य छौ भने म आँफैलाई धिक्कार्छु । तर नेपाली साहित्यलाई मलजल गरेर यसको बिकास गर्ने ठेक्का लिएका ठेकदारहरुलाई यसको भन्दा पनि आफ्नो हातमा रहेको डाडु पन्यु जोगाउदैमा अथवा आँफैले आफुलाई पुरस्कृत गर्दैमा र दुई पैसे कितावको विमोचन गर्दैमा फुर्सद छैन । अनि सत्य तथ्यको कसले खोजी गर्नु?
Read Full Discussion Thread for this article