नेपाली भाषा र साहित्य अनुरागी साथीहरु, शायद कृष्ण पराजुलीले होला पन्ध्र तारा र नेपाली साहित्य भन्ने पुस्तक लेख्नु भएको थियो । म उक्त पुस्तकमा वर्णित पन्ध्र नेपाली ताराहरुको तस्बिर संकलन गर्ने प्रयासमा छु । एक क्षण दिमाग खेलाउदा आएका नामहरु मैले यहाँ लेखेको छु । यदी यसमा थप्नु पर्ने अथवा हटाउन पर्ने कुनै नाम भए सल्लाह दिनुहोला साथै यि नेपाली श्रष्टाहरुको राम्रो तस्बिर पाउन सकिने कुनै श्रोत बारेमा पनि यहाँहरुलाई थाहा छ कि? भानुभक्त आचार्य मोतीराम भट्ट लेखनाथ पौड्याल लक्ष्मीप्रसाद देवकोटा बालकृष्ण सम चक्रपाणि चालिसे पारशमणि प्रधान धरणीधर कोइराला सूर्यबिक्रम ज्ञवाली गोपालप्रसाद रिमाल महानन्द सापकोटा शम्भुप्रसाद ढुङेल गुरुप्रसाद मैनाली भवानी भिक्षु माधवप्रसाद घिमिरे
Geology Tiger · Mar 3, 2012 10:27 AM · 93,427 views
भैरब हजूरबाले नी ठीकठीकै लेख्थे !
one that got away · Mar 3, 2012 11:15 AM
नेपाली साहित्यमा योगदान पुर्र्याउने माथि उल्लेखित हस्तीहरुको योगदान अतुलनीय नै छ र पनि केहि हस्तीहरुको उचाई लेखाइ र जीवन भोगाइमा खरो उत्रिदैन . बाल कृष्ण सम तिनै व्यक्ति थिए जसले शम्भू प्रसाद ढुंगेलको छोरोले त्यतिबेला प्रबेशिका परिक्षामा "राणा नपुंसक" लेखेको भरमा जेलमा कोचिदिएका थिए . त्यतिबेला सम गोर्खा भाषा प्रकाशन समितिका अध्यक्ष थिए र नेपाली बिषय को जिम्मा त्यै समिति ले लिन्थे . सुनिन्छ देबकोटाको क्यान्सरको उपचार गर्न विदेश पठाउने कुरामा असहमति जनाउने व्यक्ति पनि तिनै थिए . अर्को कुरा सम को कुन चाही प्रकाशन उच्च स्तर को थियो मैले अहिले सम्म बुझ्न सकेको छैन . हो नेपाली नाटक विधामा थुप्रै रचनाहरु उहाँका मनन योग्य छन् तर चिसो चुल्हो लगायतका महाकाव्यहरु केवल समय र कागज को बरबादी मात्र हुन् . यो मेरो व्यक्तिगत बुझाइ हो किन कि मैले सम का सबै जसो रचना पढेको छु . अर्को चक्रपाणी चालिसे को कुरा . मलाइ जहा सम्म सम्झना छ उहाँका कुनै पनि कृति मनन योग्य छैनन् . पुरानो राष्ट्रगान मा राज स्तुति बाहेक अरु उल्लेख्य योगदान खोजीको बिषय भएको छ . नेपाली कथा साहित्यमा यौन मनोबाद को बिशुद्ध मौलिक स्वाद पस्किने र तत्कालिन राजनितीमा शिषर्थ व्यक्ति भए पनि साहित्यमा कुनै राजनीतिको छनक न दिने बी पी कोइराला लाइ बिर्सन मिल्छ र ? भैरब अर्याल र केशब राज पिंडाली लाइ पनि पक्कै बिर्सन मिल्दैन . साथै समालोचना साहित्यका मुर्धन्य व्यक्तिहरु हृदय चन्द्र सिंह प्रधान, कृष चन्द्र सिंह प्रधान , काब्य जगत का शिद्धि चरण श्रेष्ठ, नाटक तथा कथा लेखक गोबिन्द बहादुर गोठाले, बिजय मल्ल लाइ पनि सम्मान को सूचीमा सूचिकृत गर्नु पर्छ जस्तो लाग्दछ . नेपाली साहित्य जगतमा थुप्रै चोर स्रष्टाहरु भए पनि चोरेको स्वीकार्ने एकमात्र इमान्दार साहित्यकार शंकर लामिछाने लाइ भुल्न पनि कदापि मिल्दैन .
rahulvai · Mar 3, 2012 12:52 PM
Good comprehensive list. Thanks. Agree with OTGA and Rahulvai. Bhairab Aryal should be there somewhere. Diamon Shamsher is a close call.
Stiffler · Mar 3, 2012 1:14 PM
Stiffer जी ले याद दिलाई दिनु भयो , डायमण्ड शमशेर क्लोज कल हैन कल नै हुनु पर्छ . उनाका थोरै तर स्तरीय रचनाको मुल्यांकन गर्ने पर्छ . प्राज्ञ ज्ञानमणि नेपालका अनुसार पिजडाको सुगा समेत चोरिएको रचना पुष्टि भैसक्दा पनि हामी कबि शिरोमणि भन्न छोडेका छैनौ भने शुद्ध जीवन भोगाई लाइ उपन्यासको रुपमा पस्किने रानाको उच्च मुल्यांकन हुनै पर्छ .
rahulvai · Mar 3, 2012 1:40 PM
I would definately add Bhupi serchan and Dhurba chandra gautam...
imperfect harmony · Mar 3, 2012 1:56 PM
School ma huda " Ganesh Rasik" ko bare ni sune thiyen. Yaha haru lai thaha hola ki?
atomic · Mar 3, 2012 2:22 PM
Ramesh Bikal is another one I've heard of.
atomic · Mar 3, 2012 2:34 PM
पिंजडाको सुगा छोरि भाको prove भै सक्या हो र?
shiva_linga · Mar 3, 2012 2:49 PM
प्राज्ञ ज्ञान मणि नेपाल का अनुसार हो. पिजडा को सुगा लेखिनु १० बर्ष अघि नै भारतीय पत्रिकामा हिन्दी मा प्रकाशित भैसकेको र लेखनाथ को सुगा उक्त द्विवेदी हो कि चुतुर्बेदी थर का भारतीय लेखक को शब्द शब्द अनुबाद मात्र भएको प्रमाण ज्ञान मणि नेपाल जी संग सुरक्षित छ .
rahulvai · Mar 3, 2012 2:54 PM
बाघ ब्रो ले पारीजात्लाई बिर्स्या कि तर स्त्रिलिङ नहुने हो? पि दिदी ले देख्नु भन्दा अगाडि नै सच्चाउनु होला ।
one that got away · Mar 3, 2012 3:12 PM
धेरै धेरै धन्यवाद ठुल्दाइ र साथीहरुलाई, खासमा मैले कृष्णप्रसाद पराजुलीले लेख्नु भए अनुसारकै लेख्न र यसमा समसमायिक परिवर्तन कसरी गर्न सकिन्छ भनेर सोध्न खोजेको थिए । तै पनि वि पि, हृदयचन्द्र सिंह प्रधान र कृष्णचन्द्र सिंह प्रधानलाई त छुटाएकै रहेछु, वहाँहरु त कृष्णप्रसाद पराजुलीको पुस्तकमा पनि हुनुहुन्थ्यो जस्तो लाग्छ । साथै ठुल्दाइ, स्टिफ्लर र मोटुले भने जस्तै भैरब अर्याल, केशवराज पिडाली, गोबिन्दबहादुर मल्ल गोठाले, डायमन्ड शम्शेर यसै गरी हारेले भने जस्तै भूपी शेरचन र ध्रुबचन्द्र गौतम र मोटुले भने जस्तै पारिजात पनि समावेश गर्नुपर्छ जस्तो लाग्छ । एटोमिक ब्रो गणेश रसिक चाँही बढी गीत संगीतको क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ जस्तो लाग्छ । अब ठुल्दाइले किन रमेश विकलको नाम लिनु भएन त्यो ठुल्दाइले नै भन्न सक्नुहुन्छ । तर शिवलिङ ब्रो साझामै पनि ठुल्दाइले लेखेको केही पुराना धागाहरु खोज्नु भयो भने क-कसले के के चोरेर लेखेका हुन् सब थाहा पाउनुहुनेछ ।
Geology Tiger · Mar 3, 2012 4:29 PM
म साहित्य मा त्यति जानकार छैन , तर खाली गफ को सिलसिला मा सुनेको हुनाले सोध्न लागेको है....मैले राहुल दाइ को पुरानो धागो खोजे छोरि साहित्य को तर भेटिन....त्यो लिंक पाइन्थ्यो कि?? मैले सोध्न खोज्य कुरा चाही सम क लगभग सबै किर्ति लक्ष्मी प्रसाद ले बेचेका हुन् भन्ने सुनेको थिए....
shivanagar · Mar 3, 2012 4:50 PM
सर्ब प्रथम मा जिते ब्रो को जिज्ञासाको जवाफ दिन्छु . रमेश विकलको कथा " मेरी सानी भतिजी प्रतिमा " हामीले एस एल सी मा पढेको र यति मन छुने रचना नेपालीसाहित्यमा पढेको थिएँन . त्यस पछी विकल जी का सम्पूर्ण रचनाहरु खोजि खोजि पढें तर २०४८ -५० साल तिर होला शायद , समकालीन साहित्य ( प्रज्ञा प्रतिष्ठान बाट प्रकाशित हुने त्रैमासिक ) मा एउटा कथा उहाँ को प्रकाशित भयो , त्यो पनि स्तारिय अर्थात टिपिकल विकल जी को रचना थियो .तर उक्त समकालीन साहित्यको अर्को अंक मा त्यति बेला ११-१२ मा पढ्ने एक जना भाइको प्रतिक्रिया पढ्दा झसङ्ग भएँ. विकल जी को उक्त कथा "दि अर्थ " शिर्षक बेलायति कथाकार को ५०-६० बर्ष पुरानो अंग्रेजी कथा को हुबहु नेपाली संस्करण थियो . भाइ ले कथा चोरीको आधारहीन आरोप लगाएको हैन . उक्त अंग्रेजी कथा त्यति बेला को ११-१२ को पाठ्यपुस्तक ( अनिबार्य अंग्रेजीको ) अंश थियो. उक्त चोरी को गुनासो को जवाफमा विकल जी ले " केहि घटना र भाव मिल्न गएको केवल संयोग मात्र थियो" भनि पंछिनु भयो . फेरी अर्को अंक मा उक्त भाइले सप्रमाण भाव र घटना मात्र मिल्न गएको हैन हरेक पाराग्राफ र वाक्य समेत हुबहु नेपालीमा रुपान्तरण मात्र गरेको खुलासा गरे . त्यसको प्रत्युत्तर मा विकल जीले अझै भाव मात्र मिल्न गएको र गल्ती स्विकार नगरि उल्टै उनीमाथी चरित्र हत्या गरेको आरोप लगाउनु भयो . अझ अर्को अंक मा विकल जी अध्यक्ष भैसक्नु भएको एउटा साहित्यकारहरुको संस्था समेत ले चोरी पत्ता लगाउने भाइ माथि खनिए. मैले नि उक्त कथा को ओरिजिनल संस्करण टोल कै पुस्तक पसलमा पैचो लिएर पढें . शब्द शब्द , वाक्य वाक्य को चोरी थियो , फरक थियो त कथाको शिर्षक , पात्रहरुको नाम ( नेपालीकरण ) र कथाकार को नाम मात्र . त्यै दिन देखि मेरो साहित्यिक आस्था मा विकल जी को जुन उच्च स्थान थियो त्यो हरायो . त्यसैले जिते मित्र , विकल जी को नाम त्यो लिस्टमा हुनु हुदैन र भएमा त्यसको बिरोध सधै गर्छु . कम से कम साहित्य एउटा मा भए पनि इमान र इमान्दार को कदर होस् . शिबनगर जी को जिज्ञासामा भन्नु पर्दा , मैले पनि त्यस्तै कुरा सुनेको थिएँ . तर मैले जहाँ सम्म साहित्यको अध्ययन गरेको छु त्यसको आधार मा भन्नु पर्दा महाकबी देवकोटा को रचना र सम को रचनामा आकाश जमिन को अन्तर छ . स्पष्ट छुटिन्छ . त्यसैले सम ले किनेर आफ्नो भनी छापिएको चाही असत्य नै हो तर धेरै रचनाहरु नेपाली भाषा प्रकाशन समिति ले छापिदिन्छु भनी लगेर रद्दी को टोकरी वा बुइगल को पोके फाइलिंगमा सड्न दिएको भने हुन सक्छ . जिते ब्रो ले कुन चाही धागो भनेको चाही याद भएन तर मैले चोरी साहित्य बारे भने यो भन्दा पहिला लेखि सकेको चाही सत्य हो . Last edited: 03-Mar-12 06:24 PM
rahulvai · Mar 3, 2012 6:12 PM
Overall a good list. As others have pointed out, it does disservice to some brilliant writers who arguably are as good as the writers in the list except for Laxmi Prsad Devkota-my personal opinion,Devkota is head and shoulder above of distant (redundant) runner up- many people put Devkota on top understanding him or lack of it and I don't know which case I represent. To accommodate other literary geniuses, maybe the best thing would be to change the bone of contention 'fifteen tara' to 'nakshyatra' :) I have read a few books from aforementioned writers, I will definitely add Shanker Lamichhane, B.P. Koirala, Bhairav Aryal,Siddhicharan Shrestha, Diamond Shumsher, Bhimnidhi Tiwari, Indra Bahadur Rai, Bijay Malla, Govinda Bahadur Malla to the list as well. I always think Laxmi Prasad Devkota, Shanker Lamichhane and Bhairav Aryal were ahead of time . Although, I was shocked to find out Shanker Lamichhane plagiarized some of his works, his subsequent apology and his distinctive writing carves out a niche among countless Nepali writers, and of course his foreword in Parijat's 'Sirishko Phool'. Shanker Lamichhane on Devkota http://shankarsmriti.blogspot....
bhakunde bhut · Mar 3, 2012 8:26 PM
रमेश विकलको बारेमा जानकारी दिनुभएकोमा ठुल्दाइलाई मुरी मुरी धन्यवाद! मलाई याद भएसम्म साझामै हामी बिचमा यो बिषयमा पहिले पनि केही कुरा भएको थियो । त्यही थाहा भएर नै मैले ठुल्दाइले यस बिषयमा केही भन्नु होला भनेर यो कुरा उप्काएको हो । तर ठुल्दाइले नै लेखेको धागो पर्‍यो कि अरु कुनै धागोमा हामीबिच यो कुरा भएको हो त्यो चाँही ठ्याक्क याद भएन । नेपाली साहित्यमा सत्य तथ्यलाई चिरफार गर्ने भन्दा पनि व्यक्ति पूजा गर्ने परम्परा झन् झन् हावी हुँदै गएको छ । यदी यसरी चोरी चोरी साहित्य लेखेर ठूला साहित्यकार गनिएका साहित्यकारको पनि हामी बर्षैपिच्छे गुणगान गाउन वाध्य छौ भने म आँफैलाई धिक्कार्छु । तर नेपाली साहित्यलाई मलजल गरेर यसको बिकास गर्ने ठेक्का लिएका ठेकदारहरुलाई यसको भन्दा पनि आफ्नो हातमा रहेको डाडु पन्यु जोगाउदैमा अथवा आँफैले आफुलाई पुरस्कृत गर्दैमा र दुई पैसे कितावको विमोचन गर्दैमा फुर्सद छैन । अनि सत्य तथ्यको कसले खोजी गर्नु?
Geology Tiger · Mar 3, 2012 8:36 PM
सत्य कुरा जिते ब्रो , साहित्य पनि देश जस्तै भातमारा हरु को हात मा छ . माथि उल्लेखित चोर भन्दा ठुला चोर अझ भनुं डाँका र तिनका मतियार हरुले नै देशकै सबै भन्दा ठुला ( धनराशि को हिसाब ले ) पुरस्कार थापना गरी पुरस्कार बाड्दै पैसा असुल्दै गरेका छन . त्यै टोलि का एकजना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मा पनि फुर्ति गर्दै हिडेका छन् अम्रिकामा बसेर . भकुन्डे भूत ले भने जस्तै इन्द्र बहादुर राइ र बैरागी काईला लाई पनि बिर्सन मिल्दैन . ब्यङ्ग साहित्य को विश्लेषण गर्ने हो भने भैरब अर्याल र केशबराज पिंडाली लाइ सम्झिने पर्छ . मेरो नितान्त व्यक्तिगत बिचारमा स्तरीयता को माप मा पिंडाली उच्चकोटी का हुन्. तर जीवनको दुखद भोगाई र अन्त्य भैरब अर्याल को दर्दनायक थियो नै .
rahulvai · Mar 3, 2012 8:58 PM
Charlanga parnu bhayeko ma Rahul Ji lai nikai nikai dhanyebad. Aafu lai gyan ta chaina; halka phulka parichit matra chu. Thx nways, it's nice thread.
atomic · Mar 4, 2012 2:38 AM
यस्ता रोचक धागो नजर गर्न पाईन्छ र त साझामा आउन मन लाग्छ। ११ १२ पढ्दा साहित्य तर्फ निकै लगाब थियो। साईन्स पढ्नी केटो खुब साहित्य पद्दै बस्थ्यो, अनी त पारीछ्या खतम!
Ghorle Boko · Mar 4, 2012 6:55 AM
Btw, is Shankar lamichhane still alive?
Ghorle Boko · Mar 4, 2012 6:57 AM
Bhairab Aryal, Bhupi Sherchan, Govinda Gothale, Bijaya Malla should be included. I was quite amazed by not seeing BP Koirala on the list.
daum · Mar 4, 2012 11:50 AM
GB Shanker Lamichhane is still alive with his 'Kaljayi rachanaharu'. Isn't that cheeky :) To be serious. he is been long dead and died very young just like Motiram Bhatta and Bhairab Aryal- I think Bhairab Aryal killed himself. If you would like to read his works, his book 'Abstract Chintan: Pyaz' alone will suffice.
bhakunde bhut · Mar 4, 2012 9:09 PM
शंकर लामिछाने को बारे मा धेरै लाइ थाहा नहुनु नौलो कुरा हैन . एक त उहाँको जीवन छोटो रह्यो (१९८६-२०३२) अर्को उहाँले चोरीको आरोप स्वीकारे पछी लेख्न छोड्नु भयो. तर जे जतो छोडेर जानु भएको छ एक से एक पढन लायकका छन् . शंकर लामिछाने को बहुचर्चित आबस्ट्र्याक चिन्तन : प्याज को अंग्रेजी अनुबाद सहित अन्य रचनाहरु यो लिंक मा पढ्न पाइन्छ . http://shankarsmriti.blogspot....
rahulvai · Mar 4, 2012 9:34 PM
Bhairab Aryal DID suicide bhanchan (bisnumati ko pool bata khasalera)... Tara patyauna garo lagcha. Taatkalin sarkaar ko birodh byanga hane paachi ...waha lai pani khai haerai maathi pathaiyo bhanne sunincha...ke kati saancho ho..ati jhutho ho...
daum · Mar 4, 2012 9:43 PM
daum जी , भैरब अर्यालको बारेमा मैले बुझेको कुरा चाही फरक छ . उहाँ गोरखापत्र को सामान्य कर्मचारी , शायद प्रेस को प्रुफ रिडर . जिवान कष्टमय थियो . अभावै अभाव रह्यो . धेरै पल्ट धेरै ठाउमा ह्युमिलीयसहन सहनु पर्र्यो . आफ्नै डेरा को भर्र्यांग मा पासो लगाई इह लिला समाप्त पार्नु भयो भन्ने पढेको थिएँ . उहाँ को बारे मा रोचक कुरा समय ले साथ् दिए कुनै दिन लेख्ने छु .
rahulvai · Mar 4, 2012 9:54 PM
Rahuldai,as far as I know, I think they found his body in Bagmati River at Gokarna.
bhakunde bhut · Mar 4, 2012 10:09 PM
Well, rahuldai ....tapai ko kura sahi huna sakcha. Maile ta paile paile suneko bhar ma lekheko hu... b. bhut le jastai maile ni bagmati nadi ma hamfalera pran tyag garnu bhako re bhanne suneko hu. tapai ko yo rochak katha ko pratikshya ma Ma matra haina sajha ka sabai sahitik parakhi kurera basne chau.... +jada jadai.... YASTO PANI AMA ekdaam ramro lagyo hai dai! ani tyo BHADRA GOL JAIL pali..... dherai ramailo lagcha tapai ko katha padhda... Indrachok, Hanuman Dhoka, Patan ani thuprai uhi purano galli haru ka bhagna-wasesh haru samjhanchu... ani tee bhagna-wasesh haru pheri nawa-jiwit bhayeko paunchu tapai ko katha ma....
daum · Mar 4, 2012 10:34 PM
भूत जी र daum जी मैले पनि पढेको मात्र हुँ, धेरै पुस्तक पढियो कुन चाही मा भनी ठम्याउन सकिन . भैरब अर्याल को रचना मात्र हैन उहाँ को बारे मा लेखिएका धेरै रचना पढेको थिएँ . गलत पनि हुन सक्छु . गलती भए माफ पाम .
rahulvai · Mar 4, 2012 11:09 PM
श्रस्ठा हरु को बारेमा मलाई खासै ज्ञान त छैन , तर बालकृष्ण सम चै पुजनीय श्रस्ठा मा राख्न अलि मन ले मान्दैन . बरु साथी हरु ले भने झैँ भैरब अर्याल , पारिजात अनि बि पी कोइराला ज्यु छुताउना नहुने नाम हुन् भन्ने मलाई लाग्छ
amricane · Mar 5, 2012 11:32 AM
had forgotten about this thread. Now I feel like I probably shouldn't have looked at it. Rahuljee's posting about Ramesh Vikal and Sama gave me Knock-out blows, back to back. Never, ever expected to even second guess these all time greats. Thanks for bringing the truth out, specially for us non-opportune ones. Felt bad but atleast didn't stay in blind for too long.
Stiffler · Mar 5, 2012 2:26 PM
एक त साहित्यको क्षितीज सम्म फैलिएको फाँट अनि त्यो फाँटलाई चुम्न झुकेको आकासलाई स-सानो बारीको कान्लामा बसेर हेर्दै मन्त्रमुग्ध झैं उभिएको म जस्तो एउटा रमितेले साहित्यकारहरुको मूल्याङ्कन गर्ने कुरा सम्भावना बाहिरको पर्यो। अलि अलि लेखकको अलि अलि सिर्जना पढेर उनीहरु बारे समग्रमा राय दिने हिम्मत पनि म सँग छैन। तर साहित्यकारहरुको सकेसम्म जिउँदै हुँदा नभए पछी भए पनि उचित मूल्याङ्कन हुनु पर्छ भन्ने सोचाई भने मेरो पनि छ। नेपालको सन्दर्भमा साहित्यकार मात्रै होईन अरु कलाकारहरुको पनि उचित आदर भएको पाएको छैन मैले। अब त झन जात जाती र भाषामा राज्यै बिभाजनका चर्का नारा दिनेहरुले कुरा अरु बिथोलेका छन। ब्यक्तिगत तवरमा भने म महाकबी देबकोटा, पारीजात, ह्र्दयचन्द्र सिंह, कृष्णचन्द्र सिंह प्रधान, लीलबहादुर छेत्री, झलकमान गन्धर्ब, फत्तेमान, नारायण गोपाल, बिमा कुमारी दुरा लगायतका समस्त हस्तीहरु (जस्मा यही साझाका पनि समाहित छन) जस्ले नेपाली कला क्षेत्रमा योगदान पुर्याएका छन ती सबै प्रति नतमस्तक छु। धागोमा केही फुलहरु उनेर दीएकोमा GT प्रभो र यै मालामा अरु फुलहरु थप्ने सबै साथीहरुलाई धन्यबाद दिन मन लाग्यो र दिएँ पनि यिनै शब्दहरुले।
Deep · Mar 5, 2012 3:40 PM
Bhakunde Bhut, Thank you for posting the link about Shankar Lamichane. His reminscence about Laxmi prasad is simply amazing. It just adds to the legacy of Laxmi Prasad. But this also makes me want to read more about Shankar Lamichane, an elusive a name I have heard in Nepali Literature. I recently read somewhere that they are removing the poem "Yatri" from school curriculum. Not sure. But that would be a tragedy and travesty. I was a big fan of short stories, so all those literary marvels people mention here are great. Did someone mention Bhawani Bhicchu? Was a fan of his.
snurp · Mar 5, 2012 4:24 PM
I personally like sarubhakta as well. I haven't read a lot of his articles, but the few I read were mind blowing. Narayan Wagle is also a good writer of our times. Last edited: 05-Mar-12 05:11 PM
Dissident · Mar 5, 2012 5:08 PM
Snurp, I always draw parallels between Shanker Lamichhane and Franz Kafka, both of whom have not published much but whatever is out there will mesmerize readers with the stream-of-consciousness writing. Dissident, I have read Sarubhakta's "Pagal Basti", which is a unique novel in that it explores a Cult setup.
bhakunde bhut · Mar 5, 2012 5:38 PM
भवानी भिक्षु को सम्झना दिलाई दिएकोमा मा ...snurp ji . लाइ धन्यबाद . भिक्षुका कथा निबन्धहरु अलिकति क्लिष्ट भए पनि उच्चकोटी कै छन् . उहाँ लाइ सम्मान दिने पर्छ र अझ त्यो लिस्ट समाबेशी हुने छ . सरु भक्त, ध्रुब चन्द्र गौतम, शैलेन्द्र शाकार , मनु ब्राजाकी , हेमन्त श्रेष्ठ , तिर्थ श्रेष्ठ, प्रकट पगेनी , हरि अधिकारी, दुबसु क्षेत्री, कृष्ण धाराबासी आदि इत्यादि स्तरीय स्रष्टाहरु हुन् . अब जिते ब्रो ले अहिले पनि सक्रिय स्रष्टाहरु को सूची बनाउन खोज्नु भाको कि , समय को कुनै काल खण्ड को , मेरो बुझाइ मा आधुनिक नेपालि साहित्यको जग राख्ने स्रष्टाहरु जो अहिले यो दुनिया मा हुनु हुन्न उहाँ हरु को सूची तयार गर्न खोज्नु भएको हुनु पर्छ . सीमापारिका स्रष्टाहरु समाबेश गर्ने हो भने सुधपा अर्थात सूर्य बिक्रम ज्ञवाली, धरणीधर कोइराला र पारस मणि प्रधान संग संगै " बसाइ " उपन्यासका चर्चिर लेखक लिल बहादुर क्षेत्रीलाइ भुल्नु अन्याय ठहरिन्छ .
rahulvai · Mar 5, 2012 6:40 PM
यो धागो लाइ जिउदो राख्ने प्रयास मात्र गरेको हुँ. नेपालि साहित्यबारे यति गहन चिन्तन साझा मा शायद नै कहिलेइ भएको छैन . त्यसैले अझै जीवन्त बिचार , अलिखित सत्य पोख्न हुन हार्दिक अनुरोध छ .
rahulvai · Mar 6, 2012 9:05 AM
यो धागोमा यि सबै श्रस्टाहरुको नाम देख्दा उघ्रेको रातमा आगनमा उभिएर आकाशतिर हेरे झैं भयो। सबै तिर तारै तारा। कुन तारा नराम्रो भनेर औल्याउन सक्ने ल्याकत त ममा छैन त्यसैले राम्रा लागेका ताराहरु चैं भन्छु। महाकबी देवकोटा, भुपी शेरचन, शंकर लामिछाने, पारीजात, भैरब अर्याल जस्ता ताराहरुले मेरो नेपाली साहित्य बुझाईको झिनो प्रयासलाई सधैं मार्ग दर्शन गरीरहने छन। म bias भएरै अर्को महिला साहित्यकारको नाम यहाँ थप्न खोज्दा पनि सकिन। हुन त मेरो साहित्य बुझाईको परीधी सिमित भएर पनि हुन सक्छ तर दु:ख लाग्यो।
nakkali keti · Mar 6, 2012 10:55 AM
यो धागो केही दिन अगाडि झुलुक्क देखेर पढ्न भनेर साँचेको थिएँ। समय मिलाएर आउँदा त धागो कता पुगिसकेछ। बल्लतल्ल पाएँ। यस्तो साहित्यको बारेमा ज्ञान बाढ्ने कमै धागो देख्न पाएको छु मैले यहाँ। यो देख्दा एकदम खुशी लाग्यो। माथि उल्लेख गरिएका कति साहित्यकारहरु को लेख संग म परिचित पनि छैन तर जति को लेख संग परिचित छु वहाँहरु सबैको नाम कि धागो कि सुरु मै देखे कि त प्रतिक्रियाहरुमा। तर साहित्यकार बानिरा गिरि र सिता देवी पोख्रेल को नाम कसैले उल्लेख गरेको मैले देखिन। मलाई बिपी को "तीन घुम्ती" ले तेती बाध्न सकेन जति डा. बानिरा गिरीको "कारागार" ले बाध्यो। सरु भक्त को "अध्यारो कोठाले" तेती बाध्न सकेको थिएन जति सित देवी पोख्रेल को "म हिडेको बाटो" ले बाध्यो। साहित्यकार हरुको अनुसन्धान या मुल्यांकन गर्ने म मा कुनै हैसियत वा क्षमता त छैन तर साहित्यमा लगाब भएको ले साहित्यकारहरुको लेख पढ्ने मौका पाएसम्म छुटाइहाल्न मलाई मन लाग्दैन। म बिपी र सरुभक्त को लेखाइ को प्रसंशक हु। त्यसै ले पनि त्यो सुचिमा डा. बानिरा गिरि र सीता देवी पोख्रेल को नाम थपे वहाँहरु माथी पनि न्याय हुने थियो कि जस्तो लागेको कुरा जाहेर गरेकी हुँ।
Dipika02 · Mar 8, 2012 12:52 PM
लौ चिनौँ, चोरीको बात लागेका स्रष्टालाई कृष्ण अविरल काठमाडौं । चोरी आफैँमा अपराध कर्म हो । साहित्यिक सिर्जना चोरी त झन् बनिसकको र बन्दै गरेको सामाजिक इज्जत, प्रतिष्ठासमेत आफैँले धरापमा पार्ने काम । यस्तो चोरीको अभियोग लागेकै कारण शंकर लामिछानेलगायत कतिपयले लेखनबाटै सन्यास लिएका छन्, महेश प्रसाईलगायतका कतिपयलाई सामाजिक रुपमा मुख देखाउनै नमिल्ले अवस्था उत्पन्न भएको छ । तैपनि यस्तो चोरी रोकिएको छैन, दिन प्रतिदिन मौलाइरहेको छ । ‘कवि शिरोमणि’को उपाधि पाएका लेखनाथ पौड्याल, नेपाल साहित्यमा प्रगतिवादी धार भित्र्याउनेमध्येका विजय मल्ल, स्थापित आयमेली कवि ईश्वर बल्लभ, पूर्व प्राज्ञ एवम् प्रगतिशील स्रष्टा रमेश विकल, नेेपाल प्रज्ञा प्रतिष्ठानका वर्तमान कुलपति बैरागी काइँला, ननस्टप उपन्यासकार डा. धु्रवचन्द्र गौतमसमेत चोरीको बात लागेका नेपाली स्रष्टा हुन् भन्ने सुन्दा पाउँदा धेरैलाई पत्याउन मुस्किल पर्छ । तर राणाकालमा कैदी हुनुपर्दाको अनुभूति समेटिएको भनेर बहुचर्चित उनको कृति ‘पिंजडाको सुगा’ भारतका स्थापित कवि मैथलीचरण गुप्तको ‘पिंन्जरके सुगाएँ’ को अनुवाद हो । यो विषयलाई लिएर ०७ सालपछि कवि शिरोमणिको चर्कै आलोचना पनि भएको थियो । तर उनले कुनै प्रतिवाद गरेनन् । २०३२ सालमा चोरीको प्रमाणसहित साहित्यिक पत्रिका रुपरेखामा कुमुदिनीका नाममा लेख छापिएपछि स्वाभिमानमा ठेस पुगेको ठानी शंकर लामिछानेले जस्तो लेखनबाटै सन्यास पनि लिएनन् । जानकारहरु भन्छन्, कुमुदिनीका नाममा शंकरको चोरी पक्रने काम माधव शर्मा पन्थी नामका सरकारी कर्मचारीले गरेका हुन् । सहसचिवबाट अवकाश प्राप्त पन्थी अहिले पाल्पाको चिदिपानीमा बस्छन् । डा.ध्रुवचन्द्र गौतमको उपन्यास ‘अलिखित’ चोरीको बात लागेको सबैभन्दा विवादास्पद कृति हो । २०३८ सालको मदन पुरस्कार प्राप्त अलिखितका बारेमा डा. रामदयाल राकेशले ‘नेपाली साहित्यः विभिन्न आयाम’मा हुबहु अनुच्छेदका अनेक प्रमाण अघि सारेका छन् । डा. राकेशका अनुसार फणिश्वरनाथ रेणुको ‘मैला आँचल’, राही मासुम रजाको ‘आधा गाँव’ र श्रीलाल शुक्लको आन्चलिक उपन्यास ‘रागदरवारी’ मिसमास अनुकरण नै ‘अलिखित’ हो । गौतमले पछिल्ला चरणमा हिन्दी टेलिसियिलबाट प्रभावित भएर उपन्यास लेखिरहेको दावी गर्ने डा. राकेशको दावी छ, ‘उनले नचोरी लेख्नै सक्तैनन् । अध्ययन गर्ने हो भने उनका हरेक उपन्यासमा प्रमाण भेट्न सकिन्छ ।’ डा. गौतमको चोरी अभियानका बारेमा ललिजन रावलले समेत लेखेका छन् । तर त्यही उपन्यास बर्षौँदेखि कलेजको पाठ्यक्रममा छ । २०२९ सालको मदन पुरस्कार प्राप्त ईश्वर बल्लभको कवितासङ्ग्रह ‘आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन्’ पनि चोरीको बात लागेको कृति हो । बल्लभको सिर्जनात्मक चोरी कला पक्रने स्रष्टाचाहिँ असमी मूलका नेपाली लेखक चन्द्रेश्वर दुवे हुन् । ‘तेस्रो आयामको शवपरीक्षा’ लगायतका तीनवटा कृति लेखेर उनले बल्लभको ‘मौलिक ?’ लेखनको धुस्नो नै काढेका छन् । त्यस्तै प्रगतिवादी धारका प्रभावशाली स्रष्टा विजय मल्लको ‘कुमारीशोभा’ अमृता पि्रतमको ‘पिगलकी चट्टान’को हुबहु अनुकरण मानिन्छ । पूर्व प्राज्ञ तथा प्रगतिशील स्रष्टा रमेश विकलको बहुचर्चित उपन्यास ‘अविरल बग्छ इन्द्रावती’ र उत्तिकै चर्चित कथा ‘लाहुरी भैसी’माथि पनि चोरीको अभियोग छ । हुन पनि रसियन लेखक मिखायल सोलोखोबको हिन्दी अनुदित उपन्यास ‘डोन नदी चूपचाप बहती है’सँग ‘अविरल बग्छ इन्द्रावती’का कतिपय अनुच्छेद हुबहु मिल्छन् । पछिल्लोचोटि प्राज्ञ भएका बेला कलेजको कोर्षमा रहेको अंग्रेजी कथाको हुबहु अनुवाद गरी एकेडमीले प्रकाशित गर्ने ‘समकालीन साहित्य’मा आफ्नो नाममा छपाएपछि विकलको चर्को आलोचना भएको थियो । त्यस्तै हरेक कृति एकसेएक मानिने विश्वेश्वरप्रसाद कोइरालाको ‘बैदारको मृत्यु’ शीर्षकको कथा पनि रसियन कथाकार एन्तोन चेखबको ‘डेथ अफ क्लर्क’सँग निकैहदसम्म दुरुस्त छ । वर्तमान कुलपति वैरागी काइला चोरीको बात लागेका अर्का स्रष्टा हुन् । ०३२ सालतिर प्रकाशित बैरागीको एकमात्र बहुचर्चित ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसित’ कविता भारत पश्चिमबंगालका कवि शक्ति घोषको एउटा कवितासँग हुबहु मिल्छ । अनौठो कुराचाहिँ के हो भने काइलाको उक्त सङ्ग्रहमा भूमिका लेख्ने डा. ईश्वर बरालले नै ०५२ सालमा बसन्त लोहनी सम्पादित परिस्थिति साप्ताहिकमा बंगाली लिपिसहितको अंश छापेर बैरागीको धज्जी उडाएका छन् । अर्को आश्चर्यको कुराचाहिँ के हो भने काइलाको त्यही कविताको शैली अनुकरण गरेर श्रवण मुकारुङले ०६२-०६३ का जनआन्दोलनताका लेखेको ‘बिसे नगर्चीको बयान’ले खुवै चर्चा पायो । ०४३-०४४ सालतिर सर्वनामको सडक नाटक ‘हामी वसन्त खोजिरहेछौँ’ खुबै चर्चित थियो । अशेष मल्ल नाटककार भनिएको उक्त नाटक बंगाली नाटककार बादल सरकारको ‘जुलस’को हुबहु हो भनेर त्यसबेलाको रुपरेखामा प्रताप अधिकारीका नाममा एउटा लेख छापिएपछि मल्लको शाखमै प्रश्न उब्जियो । जानकारहरुका अनुसार प्रताप अधिकारीको नाममा पत्र लेख्नेचाहिँ कवि हरिहर अधिकारी उर्फ श्यामल थिए । त्यस्तै अविनाश श्रेष्ठको ‘ललिता बाहिर रात पर्‍यो’ कथा रसियन कथाबाट चोरिएको हो भनेर पक्राउ गर्ने काम रमेश केसीले गरेका थिए । ०४४ साल ताका त चोरीका बारेमा पोल खोलाखोल गर्ने अभियनै चलेको थियो । त्यहीबेला दिनेश सत्याल सौरभले ‘सरुभक्तबाहेक अरु सबैले चोर्दा रहेछन्’ भनेर लेखै लेखे । लगत्तै सरुभक्तको चोरी कला शिव अधिकारीले पक्रे । अधिकारीको लेखअनुसार एच.जी. वेल्सको ‘इनभिजिवल म्यान’को हुबहु नै सरुभक्तको पहिलो उपन्यास ‘एक अभिनवको अन्त्य’ हो । पछिल्ला वर्षमा चर्चामा रहेका युग पाठकको ‘उर्गेनको घोडा’ र बुद्धिसागरको ‘कर्नाली ब्लुज’ माथि पनि शैली चोरेको बात लागेको छ । पाठकको ‘उर्गेनको घोडा’मा पाकिस्तानी लेखक कमलेश्वरको ‘कितने पाकिस्तान’को फर्मूला चोरिएको छ भने बुद्धिसागरको कर्नाली ब्लुजमा अफगानी लेखक ‘खालिदा हसेनी’को बेस्टसेलर उपन्यास ‘द काइट रनर’को शैली हुबहु अनुकरण गरिएको छ । बेग्लै कुरा हो कि ती दुवै कृतिलाई केही संस्थाले उत्कृष्ट ठहर्‍याएर पुरस्कृत गरिसकेका छन् । चोरी अभियोगमा पटकपटक पक्राउ पर्ने कविहरुमा पुरु रिसाल, महेश प्रसाई, रामविक्रम सिजापति र इन्द्रकुमार श्रेष्ठ हुन् । मधुपर्कमा छापिएका यी स्रष्टाका कविता हिन्दीका सरिता लगायतका पत्रिकाबाट हुबहु अनुवाद गरिएका प्रमाण फेला परेपछि मधुपर्कले ती कविलाई विरलै स्थान दिने गरेको छ । त्यस्तै दिनेश अधिकारीको ‘हर्के उर्फ हर्कबहादुर’ र विमल कोइरालाको ‘ध्रुवे उर्फ धु्रवबहादुर’ शीर्षकका कवितामा पनि कसले कसको अनुकरण गरेको हो भन्ने कुरामा पनि विवाद छ । बैरागीको कविता ‘जिन्दगी मफलर भैदिए टाँगिदिन्थे किलामा’ र तुलसी दिवसको ‘जिन्दगी कमिज भैदिए टाँगिदिन्थे किलामा’ को पहिलो हो भन्ने टुंगो लागेको छैन । हुबहु चोरीसँगै प्रभाव ग्रहण गरेर आफ्नो नाम चर्चामा ल्याउनेहरु पनि प्रशस्तै छन् । पुस्तक समीक्षा मार्फत् अरुलाई अर्ति दिँदै हिँड्ने हरि अधिकारीको कथासङ्ग्रह ‘संसदमा एक दिन’ र ‘रामलालको आकाश’ शीर्षक अनुकरणका अब्बल उदाहारण हुन् । किनकि भारतीय कवि सर्वेश्वरदयाल सक्सेनाको ‘संसदमे एक दिन’ झन्नै ६० वर्षअघि र दुर्गालाल श्रेष्ठको ‘रामलालको आकाश’ २०२० सालतिर निस्केका देखिन्छन् । त्यसो त आनी छोइङले गाएको दुर्गालालको बहुचर्चित गीत ‘फूलको आँखा फूलै संसार’ पनि भारतीय कवि अन्जानको ‘फूलको आँखोमे फूली संसार’सँग हुबहु मिल्छ । ओशो रजनिशले आफ्ना कयौँ प्रवचनमा यो गीत गाएका उदाहारण अनगन्ती भेटिन्छन् । पछिल्लो समयमा शितल कादम्बिनीको नाममा बज्ने गीत ‘कहाँ थियौ तिमी रंगमन्च उठेपछि आयौ’ र अन्जु पन्तले गाएको विपिन किरणको गीत ‘न बिर्सेँ तिमीलाई’ हरेक गीत हुबहु भाव मिलेको आरोपमा पक्राउ परेका छन् । स्वरुपराज आचार्यले गाएको उनको अर्को गीत ‘बल गरेर त्यो मन यता मोड भन्दिन’मा समेत चोरीको बात लागेपछि विपिन अहिले गीति लेखनबाटै ओझेल परेका छन् । त्यसो त ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौँ’ का सर्जक भनिएका त्रिभुवन विश्वविद्यालयका प्रोफेसर कृष्णहरि बरालमाथि पनि चोरीको बात लागेको छ । किनकि उक्त गीत सर्जक फैज अहमद फैजको ‘और भि गम है दुनियाँमे मोहब्बतकी शिवाय’सँग पूरै प्रभावित देखिन्छ । http://onlinekhabar.com/2012/0...
Geology Tiger · Mar 30, 2012 10:11 PM
होर भन्या कृष्ण जि ??
bhakte dai · Mar 31, 2012 1:33 AM
थुप्रै दिनपछि साझामा आज आउँदा अनि निकै राम्रो कुरो पढ्न पाउँदा खुशी लाग्यो मलाई पनि . माथि ठुल्दाइले लेख्नुभएको "रमेश विकल" बारे कुरो पढेपछि आफ्नो पनि एउटा अनुभव नबाँडी बस्न सकिन . म भर्खर भर्खर "मुना" मात्र पढ्ने लेवलबाट माथि उठ्दै थिए/उठ्न खोज्दै थिएँ, बाल-बालिकाका लागि लेखिएका कथा/कविताहरु भन्दा ठूला मान्छेले पढ्ने/ ठूला मान्छेका लागि लेखिएका कथा/निबन्ध/उपन्यास पढ्न मनलाग्थ्यो मलाई.. सायद कक्षा नौ तिर.. मैले जिन्दगीमा पहिलो चोटी बिपी कोइरालाको उपन्यास पढेकी थिएँ "बाबु, आमा र छोरा " . अनि मधुपर्क खुब पढ्थें म, त्यसताका, "ठूला" मान्छेले पढ्ने पत्रिका जस्तो लाग्थ्यो मधुपर्क. मेरो दिमागमा बाबु, आमा र छोराको प्रभाव ताजै भएको बेलामा मैले मधुपर्क मा रमेश विकलको एउटा कथा पढें, शिर्षक याद भएन . तर त्यस कथाका घटनाहरु ठ्याक्कै बाबु, आमा र छोराका घटनाहरु संग मेल खान्थे . बिपीको उपन्यासमा छोरा पात्र बनारस गएको हुन्थ्यो पढ्नलाई, विकलको कथामा अमेरिका. उपन्यासलाई लिएर अलिकति आधुनिकीकरण गरेर कथा बनाएर लेखे जस्तो, कस्तो कस्तो .. त्यसदिन देखि मेरो मस्तिस्कमा "रमेश विकल नेपाली चलचित्रका कथा लेख्ने लेखक जस्ता हुन्" भन्ने छाप परेको थियो . आफुले आफुलाई जति सुकै "ठूली मान्छे" बने जस्तो देखाउन खोजेपनि मेरो मस्तिष्क बाल-सुलभ नै थियो, धेरै कुरा नबुझेकी हुन सक्छु त्यसबेला, अथवा मलाई त्यस्तो लागेको मात्र पनि हुन सक्छ, तर त्यो छाप अहिले सम्म मेटिन सकेको छैन . माथिको सुचिमा लैंनसिंह वान्ग्देल को नाम छुटेको हो कि ? उनका "लंगडो साथी" र "माइत घर" मलाई निकै मन परेका थिए . अनि पारिजात र लील बहादुर क्षेत्री पनि . सम-सामयिक लेखकहरुमा मलाई कृष्ण धरावासी मनपर्छन, "राधा" मनपर्यो तर "झोला" कथा अन्यन्त धेरै मनपर्यो. खगेन्द्र संगौलाको लेखाइ मनपराउने मान्छे पनि निकै भेटेकी छु मैले, तर उनका राजनैतिक लेखहरु अलि "EXTREME" लाग्छन मलाई चैं, आफुलाई मनपरेकाको सार्है तारिफ गरेजस्तो, अनि मन नपरेकालाई भित्तैमा पुर्याउन खोजे जस्तो . उनले अनुबाद गरेको "माइक्रोसफ्ट देखि बाहुनडांडासम्म" पनि पढ्न खोजेकी थिएँ मैले, तर "Leaving Microsoft to change the World" ले नै बढी छाप छोड्यो मेरो दिमागमा.
cheli · Apr 16, 2012 12:22 PM
यो धागोलाई फेरी जीवन दिनु भएकोमा चेली लाइ धन्यबाद ( धन्यबाद त जिते ब्रो ले दिनु पर्ने हो ). कृष्ण अविरल को लेखले माथि मैले उठाएका चोर लेखकहरु बारे अझ पुष्टि मिलेको छ नै . अविरलजी ले हल्ला सुनेको र आरोप लागेकाहरुको पनि फेरिहस्त दिनु भएको रहेछ . मेरो बिचारमा शैली नक्कल गर्नु मात्रलाई छोरि भन्नु मिल्दैन . राम्रा लेखक साहित्यकारहरुबाट प्रभावित भएर पनि मौलिक अनि स्तरीय रचना को सिर्जना गर्न सकिन्छ . मात्र आरोप को भर मा पनि कसैको अबमुल्यन गर्न मिल्दैन , शंकाको घेरा मा भने राखे हुन्छ . लेखनाथ पौड्याल को पिजडा को सुगा, रमेश विकल को कथा , नरेन्द्र राज प्रसाईं को (नेपाली कथा को शिर्षक चाही याद भएन " ओह कितने महान थे " आदि भने चोरिएको प्रमाणित भैसके . तैपनि जीवन परयंत विकल जी स्विकार्नु भएन, लेखनाथ पौड्यालको त मृत्यु पश्चात चोरी प्रमाणित भएको हो भने प्रसाईं जी अझै साहित्यिक पुरस्कारको ठेक्का चलाउदै हुनुहुन्छ र पनि चोरी गरेको स्विकार्नु हुन्न. नेपालीमा एउटा कहावत नै छ " चोरले कहिलेइ आफुलाई चोर भन्छ र ?" .
rahulvai · Apr 16, 2012 12:54 PM
एकजना पाठकले एकजना लेखकलाई जतिसम्म सम्मान दिन सक्छ, शायद त्यतिनै सम्मान दिन्छु म महाकवि देवकोटालाई. उनका कुनै पनि कृतीलाई चोरीका हुन् भन्न लायक न म आज छु, न भविष्यमा कहिल्यै हुने नै छु, तर यहाँहरु कसैले देवकोटाको "गाउंछिन हँसिया गीत" पढ्नु भएको छ ? त्यो देवकोटाको अनुवादित कृतिको लिस्ट मा पर्छ कि मौलिक ? Do you also think the poems I have included below sound/look/feel similar ? Last edited: 16-Apr-12 01:46 PM
cheli · Apr 16, 2012 1:21 PM
Last edited: 16-Apr-12 01:41 PM
cheli · Apr 16, 2012 1:39 PM
cheli · Apr 16, 2012 1:43 PM
cheli · Apr 16, 2012 1:44 PM
The Solitary Reaper Behold her, single in the field, Yon solitary Highland Lass! Reaping and singing by herself; Stop here, or gently pass! Alone she cuts and binds the grain, And sings a melancholy strain; O listen! for the Vale profound Is overflowing with the sound. No Nightingale did ever chaunt More welcome notes to weary bands Of travellers in some shady haunt, Among Arabian sands: A voice so shrilling ne'er was heard In spring-time from the Cuckoo-bird, Breaking the silence of the seas Among the farthest Hebrides. Will no one tell me what she sings?-- Perhaps the plaintive numbers flow For old, unhappy, far-off things, And battles long ago: Or is it some more humble lay, Familiar matter of to-day? Some natural sorrow, loss, or pain, That has been, and may be again? Whate'er the theme, the Maiden sang As if her song could have no ending; I saw her singing at her work, And o'er the sickle bending;-- I listen'd, motionless and still; And, as I mounted up the hill, The music in my heart I bore, Long after it was heard no more.
cheli · Apr 16, 2012 1:45 PM
धन्यवाद चेलीलाई र धन्यवाद राहुलदाइलाई यो धागो जिवित राख्न गर्नु भएको प्रयासको निमित्त र बाड्नु भएको ज्ञानको निमित्त, हुन त वर्डस्वर्थ र महाकवि देवकोटाको कविताहरु दाँज्नु मेरो हैसियत भन्दा बाहिरको कुरा हो तर पनि दुवै कविताहरुलाई सर्सर्ती पढ्दा आएका केही बिचार पोख्न अनुमती चाहन्छु । अनुवादित हुनको लागि त लेखेकले पहिले नै उल्लेख गर्नु पर्ने र मिलेसम्म शब्द शब्दको अनुवाद हुन पर्ने होइन र ? यदी कुनै कृति अनुवादित भनेर उल्लेख गरिदैन र त्यसमा शब्द शब्द मिल्छ भने त त्यो सिधै चोरी नै भयो नि हैन ? महाकवि देवकोटाले वर्डस्वर्थ लगायात थुप्रै पश्चिमा साहित्यकारहरुको कृतिको अध्ययन गर्नु भएको त हामी सबैलाई थाहा छदै छ । शायद वहाँमा ति साहित्यकारहरुको केही प्रभाव त अवश्य थियो होला । माथिका दुई कविताको बिषयवस्तु त एउटै नै छन् तर शैली र प्रस्तुतीको हिसाबले यि बिल्कुलै फरक छन् जस्तो लाग्छ मलाई । थाहा छैन अरु साहित्य अनुरागीहरुलाई कस्तो लाग्छ ... Last edited: 16-Apr-12 02:33 PM
Geology Tiger · Apr 16, 2012 2:31 PM
चेली लाइ पुन: धन्यबाद . माथिको दुइ कबिता पढ्दा मैले यस अघि लेखेको कुरा मै संसोधन प्रस्ताब पास गर्नु पर्ला जस्तो लाग्यो . चोरी कत्ति सम्म को चोरी लाइ भन्ने कुरा नै रिसोच गर्नु पर्ला जस्तो छ .काल ,परिवेश र परिस्थिति भिन्न भिन्न तर भाव सम्भवत एकै . अब यसलाई के भनौ? 1. भावानुबाद ?? 2. प्रभाव ?? 3. संयोग ?? वा 4. चोरी ....
rahulvai · Apr 16, 2012 2:43 PM
2 or 3 hola ki!!
cheli · Apr 16, 2012 3:00 PM
Cheliji, Mathika dui kabita haru ko subject eutai bhayepani, dui katita ekdamai bhinna chhan. Dubai kabita le ghas katne keti ko barema bahne pani dui bhinna kura bhaneka chan. Dui manche le "Sadak ka Gadi" ko barema kabita lekhe bhandai ma euta le arko ko choreko bhanna mildaina. Wordsworth pani ghas katne keti sanga prabhabhit bhayera lekheka ra, euta completely isolated independant event ma devkota pani testai euta ghas katne keti sanga prabhabhit bhayera lekheko huna sakcha. Euta ramri eklai geet gaudai ghas kateko dekhera kun chahi kabiko man ma kabita nafuros? Kabi nai nabhayeko manche pani "Main sayar to nahin, magar ye hasin, jabse dekha maine tujhko, sayari aagai" bhane jasto kabi bnna thalcha. Ra pani, yedi Wordsworth ko kabita padherai mahakabi influence hunu bhayeko bhaye pani, tyo kabita lekhna lai, waha le Wordsworth bata insipiration bahek aru k hi paunu bhayeko chaina, testo chhanda banauna wordsworth ko shabda harule waha lai kunai help bhayena. May be I am in denail to agree that mahakabi plagiarised, but I don't see much copying here. If anything exists in between those two, it is inspiration, nothing more. May be I am wrong, but thats what I see.
Dissident · Apr 16, 2012 3:21 PM
Thanx for reviving the thread. After going through this thread, I started reading few essays and writings of Shankar Lamichane. I was mesmerized by his "sandarva laxmi jayanti". Thanx to the poster who posted that link :). Having never heard much of him before, he not only did justice to his legacy, but he makes me realize Laxmi prasad devkota is simply at a different level (like how shakespeare is to English). It is hard to believe that Laxmi Prasad Devkota needed to plagiarize, for a person who was able two dictate 12 stories in one night each with a different plot and twists. As GT says, he was a voracious reader of english literature as well. He might have been trying to translate it in Nepali in his own way. I also got a copy of Sirish ko Phool. While I haven't finished it, it is amazing how the female writer writes from the male-soldier's perspective. simply amazing so far!
snurp · Apr 16, 2012 3:46 PM
dissident ji, Thanks for your input. I did not say and I can never ever say that Devkota plagiarized. When I read Devkota's poem for the first time long time back, I thought it was exactly like Wordsworth's, both have brilliantly described the way she sings, the way she reaps the grass. I thought "Hasiya geet" was a translation of "The Solitary Reaper". Now, when I am reading both these poems again and again, I feel its not translated because they do not match word by word. However, I do feel that Devkota must have been inspired/influenced by Wordsworth very much, because both these poems have same setting, and subject matter. If I am wrong and Devkota never ever read "The Solitary reaper" before writing this poem( which is very unlikely), all I can say is "Great minds think alike" . Happy Tuesday!!
cheli · Apr 17, 2012 7:03 AM
लक्ष्मी प्रसाद कस्ट थिए लेखक(कबि,निबन्धकार,कथाकार, इत्यादी इत्यादी ) थिए यो शंकर लामिछानेको लेख बाट प्रस्ट हुन्छ ल हेर्नुस shankarsmriti.[Disallowed String for - Excessive promotion]/2011/05/blog-post_11.html shankarsmriti dot blog spot dot com/2011/05/blog-post_11.html जितु-दाज्यु यो लिंक मा धेरै लेखक का फोटा छन् तर अब काम पो लाग्छन कि लाग्दैनन् www.nepaliwriters.[Disallowed String for - Excessive promotion]/ Nepaliwriters dot blog spot dot com Last edited: 17-Apr-12 10:37 PM
ThahaChaena · Apr 17, 2012 7:55 AM
लक्ष्मी प्रसाद कस्ट थिए लेखक(कबि,निबन्धकार,कथाकार, इत्यादी इत्यादी ) थिए यो शंकर लामिछानेको लेख बाट प्रस्ट हुन्छ ल हेर्नुस shankarsmriti.[Disallowed String for - Excessive promotion]/2011/05/blog-post_11.html shankarsmriti dot ब्लगस्पट dot com/2011/05/blog-post_11.html जितु-दाज्यु यो लिंक मा धेरै लेखक का फोटा छन् तर अब काम पो लाग्छन कि लाग्दैनन् www.nepaliwriters.[Disallowed String for - Excessive promotion]/ nepaliwritersdot ब्लगस्पट dot com
ThahaChaena · Apr 17, 2012 7:59 AM
The Solitary Reaper.... By Sorijini Naidoo.... what a poem I remember reading the poem in Gulmohar book - Class 6..... The teacher teaching us that poem was Late Poet Machhendra Pradhan. He took 4 days to teach the poem, explaining every meaning that could come out of the lines..... Its my all time favourite..... Thank you Cheli The list of the best writer/poet in Nepali literature may not every enlist late Machhendra Pradhan, but his noble "Nilkantha" won him the highest literary award in India and many other. He may not be well known but would have served Nepali literature well if he would not have been entangled in family life & business.
gyanguru · Apr 17, 2012 3:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion