Posted by: Rahuldai March 3, 2012
नेपाली साहित्यका पन्ध्र तारा
Login in to Rate this Post:     0       ?        

सर्ब प्रथम मा जिते ब्रो को जिज्ञासाको जवाफ दिन्छु . रमेश विकलको कथा " मेरी सानी भतिजी प्रतिमा " हामीले एस एल सी मा पढेको र यति मन छुने रचना नेपालीसाहित्यमा पढेको थिएँन . त्यस पछी विकल जी का सम्पूर्ण रचनाहरु खोजि खोजि पढें तर २०४८ -५० साल तिर होला शायद , समकालीन साहित्य ( प्रज्ञा  प्रतिष्ठान बाट  प्रकाशित हुने त्रैमासिक ) मा एउटा कथा उहाँ को प्रकाशित भयो , त्यो पनि स्तारिय अर्थात  टिपिकल विकल जी को रचना थियो .तर उक्त समकालीन साहित्यको अर्को अंक मा त्यति बेला ११-१२ मा पढ्ने एक जना भाइको प्रतिक्रिया पढ्दा झसङ्ग भएँ.

विकल जी को उक्त कथा "दि अर्थ " शिर्षक बेलायति कथाकार को ५०-६० बर्ष पुरानो अंग्रेजी कथा को हुबहु नेपाली संस्करण  थियो . भाइ ले कथा चोरीको आधारहीन आरोप लगाएको हैन  . उक्त अंग्रेजी कथा त्यति बेला को ११-१२ को पाठ्यपुस्तक ( अनिबार्य अंग्रेजीको ) अंश थियो. उक्त चोरी को गुनासो को जवाफमा विकल जी ले " केहि घटना र भाव मिल्न गएको केवल संयोग मात्र थियो"  भनि  पंछिनु भयो . फेरी अर्को अंक मा उक्त भाइले सप्रमाण भाव र घटना मात्र मिल्न गएको हैन हरेक पाराग्राफ र वाक्य समेत हुबहु नेपालीमा रुपान्तरण मात्र गरेको खुलासा गरे . त्यसको प्रत्युत्तर मा विकल जीले अझै भाव मात्र मिल्न गएको र गल्ती स्विकार नगरि उल्टै  उनीमाथी चरित्र हत्या गरेको आरोप लगाउनु भयो . अझ अर्को अंक मा विकल जी अध्यक्ष भैसक्नु भएको एउटा साहित्यकारहरुको संस्था समेत ले चोरी पत्ता लगाउने भाइ माथि खनिए. मैले नि उक्त कथा को ओरिजिनल संस्करण टोल कै पुस्तक पसलमा पैचो लिएर पढें . शब्द शब्द , वाक्य वाक्य को चोरी थियो , फरक थियो  त कथाको शिर्षक , पात्रहरुको नाम ( नेपालीकरण ) र कथाकार को नाम मात्र . त्यै दिन देखि मेरो साहित्यिक आस्था मा विकल जी को जुन उच्च स्थान थियो त्यो हरायो . त्यसैले जिते मित्र , विकल जी को नाम त्यो लिस्टमा हुनु हुदैन र भएमा त्यसको बिरोध सधै गर्छु . कम से कम साहित्य एउटा मा भए पनि इमान र इमान्दार को कदर होस् .

शिबनगर जी को जिज्ञासामा भन्नु पर्दा , मैले पनि त्यस्तै कुरा सुनेको थिएँ . तर मैले जहाँ सम्म साहित्यको अध्ययन गरेको छु त्यसको आधार मा भन्नु पर्दा महाकबी देवकोटा को रचना र सम को रचनामा आकाश जमिन को अन्तर छ . स्पष्ट छुटिन्छ . त्यसैले सम ले किनेर आफ्नो भनी छापिएको चाही असत्य नै हो तर धेरै रचनाहरु नेपाली भाषा  प्रकाशन समिति ले छापिदिन्छु   भनी लगेर  रद्दी को टोकरी वा बुइगल को पोके फाइलिंगमा सड्न दिएको भने हुन सक्छ .

जिते ब्रो ले कुन चाही धागो भनेको चाही याद भएन तर मैले चोरी साहित्य बारे भने यो भन्दा पहिला लेखि सकेको चाही सत्य हो .

 

Last edited: 03-Mar-12 06:24 PM
Read Full Discussion Thread for this article