Posted by: Rahuldai March 3, 2012
नेपाली साहित्यका पन्ध्र तारा
Login in to Rate this Post:     2       ?         Liked by

नेपाली साहित्यमा योगदान पुर्र्याउने माथि उल्लेखित हस्तीहरुको योगदान अतुलनीय नै छ र पनि केहि हस्तीहरुको उचाई लेखाइ र जीवन भोगाइमा खरो उत्रिदैन .

बाल कृष्ण सम तिनै व्यक्ति थिए जसले शम्भू प्रसाद ढुंगेलको छोरोले त्यतिबेला प्रबेशिका परिक्षामा "राणा नपुंसक" लेखेको भरमा जेलमा कोचिदिएका थिए . त्यतिबेला सम गोर्खा भाषा प्रकाशन समितिका अध्यक्ष थिए र नेपाली बिषय को जिम्मा त्यै समिति ले लिन्थे . सुनिन्छ देबकोटाको क्यान्सरको उपचार गर्न  विदेश पठाउने कुरामा असहमति जनाउने व्यक्ति पनि तिनै थिए . 

अर्को कुरा सम को कुन चाही प्रकाशन उच्च स्तर को थियो मैले अहिले सम्म बुझ्न सकेको छैन . हो नेपाली नाटक विधामा थुप्रै रचनाहरु उहाँका मनन योग्य छन् तर चिसो चुल्हो लगायतका महाकाव्यहरु केवल समय र कागज को बरबादी मात्र हुन् . यो मेरो व्यक्तिगत बुझाइ हो किन कि मैले सम का सबै जसो रचना पढेको छु .

अर्को चक्रपाणी चालिसे को कुरा . मलाइ जहा सम्म सम्झना छ उहाँका कुनै पनि कृति मनन योग्य छैनन् . पुरानो राष्ट्रगान मा राज स्तुति बाहेक अरु उल्लेख्य योगदान खोजीको बिषय भएको छ .

नेपाली कथा साहित्यमा यौन मनोबाद को बिशुद्ध मौलिक स्वाद पस्किने र तत्कालिन राजनितीमा शिषर्थ व्यक्ति भए पनि साहित्यमा कुनै राजनीतिको छनक न दिने बी पी कोइराला लाइ बिर्सन मिल्छ  र ?

भैरब अर्याल र केशब राज पिंडाली लाइ पनि पक्कै बिर्सन मिल्दैन .

साथै समालोचना साहित्यका मुर्धन्य व्यक्तिहरु हृदय चन्द्र सिंह प्रधान, कृष चन्द्र सिंह प्रधान , काब्य जगत का शिद्धि चरण श्रेष्ठ, नाटक तथा कथा लेखक गोबिन्द बहादुर गोठाले, बिजय मल्ल लाइ पनि सम्मान को सूचीमा सूचिकृत गर्नु पर्छ जस्तो लाग्दछ .

नेपाली साहित्य जगतमा थुप्रै चोर स्रष्टाहरु भए पनि चोरेको स्वीकार्ने एकमात्र इमान्दार साहित्यकार शंकर लामिछाने लाइ भुल्न पनि कदापि मिल्दैन .

 

Read Full Discussion Thread for this article