Posted by: jhaukiri December 23, 2011
महाभारतको फाटबाट -२
Login in to Rate this Post:     3       ?         Liked by
 महाभारतको फाटबाट -२  
 
प्यारो कृष्ण,
बच्नुको एउटा परिभाषा भन्देउ,
सम्बोधन भन्दा पहिले 
तिमी त एउटा उदेश्य लिएर बचेँका छौ 
मलाई जीवनको एउटा अभिलाषा भन्देउ|
 
हुनु र नहुनुको उल्झनमा छु प्रिय,
तिमी हुनु को भ्रंतीमा 
तिमी नहुनु को पाप्रो बस्दै गएको छ 
म चाहन्छु एस्लाई तिमी कोटाउन आउ 
यो मेरो जीवनलाई छोटाउन आउ  |
 
प्राण,
 
जित्नुको आबशेक्ता  कती हो भनेर मापन गर्ने दुशाहस गर्दिन   
तर लासमाथीको जीतमा मधहोस हुने त्यो दानब्तालाई सोध 
पानीका फोकाहरु को ओजन कती हुन्छ 
तिम्रो जीत ओजन जती हुन्छ |
 
आजकाल ब्रिन्दावन एक्लै रुङ्छु प्रिय,
अझै पनि ती सेपिला घासहरुमा
ती अग्ला बासहरुमा 
तिम्रो सासको राप छ 
फेरी झस्कन्छु ....
आगो बलेर सात फेरा नलाको पनि त श्राप छ|
 
कृष्ण, 
तिमी त वीर हौ 
वीर हुनुको मुल्य चुकाउनु पर्छ 
हरेक युग एउटा युदकथामा अडेको हुन्छ 
हरेक युद्द एउटा प्रेमकथामा 
हरेक प्रेमकथा दुई पत्रमा 
तेही दुई पात्र
............तिमी र म 
आज एउटा यस्तो युद्धमा होमिएका छौ 
जस्मा न तिमी जित्छौ न म.....
 
Read Full Discussion Thread for this article