महाभारतको फाटबाट -२
प्यारो कृष्ण,
बच्नुको एउटा परिभाषा भन्देउ,
सम्बोधन भन्दा पहिले
तिमी त एउटा उदेश्य लिएर बचेँका छौ
मलाई जीवनको एउटा अभिलाषा भन्देउ|
हुनु र नहुनुको उल्झनमा छु प्रिय,
तिमी हुनु को भ्रंतीमा
तिमी नहुनु को पाप्रो बस्दै गएको छ
म चाहन्छु एस्लाई तिमी कोटाउन आउ
यो मेरो जीवनलाई छोटाउन आउ |
प्राण,
जित्नुको आबशेक्ता कती हो भनेर मापन गर्ने दुशाहस गर्दिन
तर लासमाथीको जीतमा मधहोस हुने त्यो दानब्तालाई सोध
पानीका फोकाहरु को ओजन कती हुन्छ
तिम्रो जीत ओजन जती हुन्छ |
आजकाल ब्रिन्दावन एक्लै रुङ्छु प्रिय,
अझै पनि ती सेपिला घासहरुमा
ती अग्ला बासहरुमा
तिम्रो सासको राप छ
फेरी झस्कन्छु ....
आगो बलेर सात फेरा नलाको पनि त श्राप छ|
कृष्ण,
तिमी त वीर हौ
वीर हुनुको मुल्य चुकाउनु पर्छ
हरेक युग एउटा युदकथामा अडेको हुन्छ
हरेक युद्द एउटा प्रेमकथामा
हरेक प्रेमकथा दुई पत्रमा
तेही दुई पात्र
............तिमी र म
आज एउटा यस्तो युद्धमा होमिएका छौ
जस्मा न तिमी जित्छौ न म.....