Posted by: _____ November 8, 2011
भोटे, जात र थर होइन
Login in to Rate this Post:     0       ?        
भोटे, जात र थर होइन
कर्मा तेन्जिङ भोटिया

संसारको जुनसुकै मुलुकमा बसोबास गरिरहेका नेपाली मुलका मानिस नेपाली भनेर चिनिन्छन् र उनीहरू पनि आफू नेपाली हौँ भनी चिनाउनमै गर्व गर्छन् । नेपालीमात्र होइन अमेरिकालगायत अन्य मुलुकमा बसोबास गर्ने वा त्यस देशको नागरिकता पाइसकेका तिब्बतियन मुलका मानिसले पनि 'म तिब्बती हुँ' भनी आप\mनो परिचय दिन गर्व गर्छन् । यतिमात्र होइन, उनीहरू सबैले आप\mनो मातृदेशको समेत परिचय दिन रुचाउँछन् । त्यसैले नेपाली वा तिब्बतियन भन्ने अर्को मानवीय जात वा थर हुन सक्दैन बरु यसले सबैलाई राष्ट्रिय भावनासहित एकताको धागोमा बाँधेको हुन्छ । यो शब्दले ती मानिस त्यस स्थानविशेष वा अराज्यसित सम्बन्धित हुन् भनेर इङ्गितसमेत गर्छ । त्यसैले आमनेपाली समुदायभित्र अन्य विभिन्न जात-जाति तथा थरका मानिस पनि हुन्छन् भन्ने बुझ्नुपर्छ ।

नेपाल र नेपालीमाझ तिब्बतलाई भोट र तिब्बतियन समुदायलाई भोटे पनि भन्ने चलन छ । नेपालमा भोटे भनिने समुदायका मानिस प्रायः नेपालको हिमाली भेगमा बसोबास गर्छन् । यसरी नेपालको उत्तरी हिमाली जिल्लामध्ये सङ्खुवासभा पनि एक हो । यस जिल्लाको तिब्बत नेपाल सीमाआसपासका गाविसमा बसोबास गर्ने समुदायका संस्कृति, भेषभुषा, रहनसहन र जीवनयापन पद्धति तिब्बतियन समुदायसँग करिब मिल्दोजुल्दो रहेको छ । त्यसैले नेपाली यी समुदायलाई पनि भोटे जाति भनी उल्लेख गरिन्छ । यो शब्द जनजिब्रोमा मात्र नभई नेपाल सरकारको सरकारी कागजातमा समेत भोटे शब्द नै उल्लेख गरेको पाइन्छ । तसर्थ भोटे शब्दलाई कतिपयले एउटा जातिविशेषका रूपमा बुझिआएको पनि देखिन्छ । तर, भोटे शब्द आपै"mमा एउटा जात नभई कुनै क्षेत्रविशेषमा बसोबास गर्ने समुदायमात्र हुन् । जसरी नेपाली समुदायभित्र बाहुन, क्षेत्री, राई, लिम्बू, दलित आदि भएजस्तै भोटे समुदायभित्र पनि विभिन्न थर-उपथरका मानिस हुन्छन्, चाहे तामाङ, गुरुङ, थिक्येपा, नुप्पा आदि किन नहोऊन् । सङ्खुवासभाका यिनै भोटे भनिने समुदायभित्र थिक्येपा, नुप्पा, भेत्च्यावा जाति र त्यसभित्रका थर-उपथरहरू सेक्नेपेदेन, हमुवा, पेज्यवा, गोम्बुक्पा, ओरोकच्येम्बा, सेत्च्या इत्यादि रहेका छन् ।

भोटे शब्दलाई उनीहरूको भेषभुषा र सरसफाइ प्रवृत्तिसँग पनि हेरिने गरेको पाइन्छ । हिमाली भूगोल र चिसो मौसमका कारणले त्यस भेगमा

बस्ने समुदायले स्वभावैले बाक्लो लुगा लगाउने, कम नुहाउने तथा नुहाइधुवाइ गर्न तिथिमितिसमेत हेर्ने प्रचलनले सरसफाइमा कमै ध्यान दिएको पाइन्छ । यसका साथै विभिन्न प्रतिकूल परिवेशले गर्दा यस समुदायमा आवश्यक शिक्षा-दीक्षामा पनि कम ध्यान दिएको पाइन्छ । त्यसकारण यी समुदाय तल्लो भेगको पहाडी तथा तराईवासीभन्दा तुलनात्मक रूपमा बढी फोहोरी, कम शिक्षित र पिछडिएका देखिन्छन् । जसबाट भोटे शब्द नै फोहोरी, असभ्य, अशिक्षितजस्त्ाा कुरासँग जोडिन गई यो शब्दबाट ती समुदायले आफू अपहेलित हुनुपरेको महसुस गर्छ । उदाहरणका लागि अरू समुदायका मानिसले पनि आफ्नो परिवारका कुनै सदस्य फोहोरी या असभ्य देखिएमा त्यसलाई भोटे उपनाम दिइन्छ अर्थात् ए भोटे भनी बोलाइन्छ । यस्ता व्यवहारले भोटे जातिप्रति नकारात्मक धारणा फैलिन गएको छ ।

वास्तवमा भोटे शब्द आफैँमा तिब्बती भूमिमा बसोबास गर्ने समुदायलाई उनीहरूकोे राष्ट्रियता बुझाउने शब्द हो, न कि कुनै जातिविशेष वा थर । नेपाली मुलका मानिसलाई नेपाली भनिएजस्तै भोट -तिब्बत) मुलका मानिसलाई भोटे भनिएको हो । तर, विडम्बनाको कुरा त्यस हिमाली भेगमा बस्ने नेपाली जनतालाई सरकारले उपलब्ध गराउने नागरिकताको प्रमाणपत्र तथा अन्य सरकारी अभिलेखमा समेत भोटे थर लेखिएको पाइन्छ । यो समुदाय पर्याप्त मात्रामा शिक्षा लिने अवसरबाट पनि वञ्चित भएकाले नेपाली भाषा प्रस्टसँग बुझ्न सक्दैनन् र आफ्नो कुरा पनि प्रस्ट्याउन सक्दैनन् । सरकारी कर्मचारीले पनि नागरिकता प्रमाणपत्र उपलब्ध गराउँदा थरविशेषको गहिरो अध्ययन, सम्बन्धित सरोकारवालासित छलफल वा विश्लेषण र पहिचान नै नगरी क्षेत्रगत बसोबासको आधार वा प्रचलनमा रहेको सतही भाषाकै आधारमा मनोमानी तरिकाले भोटे थर लेखिदिएको र यसै शब्दलाई आजसम्म निरन्तरता दिएको पाइन्छ । अर्कोतर्फ यस समुदायका महिलाको थरको पछाडि 'नी' शब्द थपेर भोटेनी बनाइएको छ । अन्य जात-जातिमा मौखिक रूपमा भन्ने गरिए तापनि उनीहरूको थरको पछाडि जस्तो, बाहुनी, क्षेत्रिनी, अधिकारिनी, कार्कीनी आदि लेखिएको पाइन्न ।

तसर्थ, यो भोटे भनेर कुनै जातिविशेषलाई इङ्गित गरिने शब्दप्रति सुधारको आवश्यकता देखिन्छ । भोटे थर होइन भन्ने तलको कुराले थप प्रस्ट पार्छ । जस्तै, तिब्बतियनलाई कसैले तपाइर्ं 'भेप्पा' हो ? भनी सोध्यो भने उसले गर्वसाथ हो 'म भेप्पा हुँ' भनी जवाफ दिन्छ । त्यस्तै अङ्ग्रेजीमा आर यु टिबेटियन ? भनी सोध्दा उसको जवाफ एस, आईएम टिबेटियन भन्छ । तर, त्यही व्यक्तिलाई तपाईं 'भोटे' हो भनी सोध्यो भने ऊ रिसाहा अनुहार बनाएर 'म भोटे होइन भनी जवाफ दिन्छ' । खासमा 'भेप्पा' को अर्थ अङ्ग्रेजीमा 'तिब्बतियन' भन्ने हुन्छ 'भोटे' होइन ।

भोटे शब्दलाई भावी दिनमा एउटा जात, थरका रूपमा नभई यस समुदायलाई एकै छहारीमुनि गोलबद्ध गर्ने क्षेत्रगत मूलवासीका रूपमा लिई सरकारी कामकाजको कागजातमा माथि उल्लिखित जाति, थिक्येपा, नुप्पा, भेत्च्यावा र थर-उपथरभित्र सेक्नेपेदेन, हमुवा, पेज्यवा, गोम्बुक्पा, ओरोकच्येम्बा, सेत्च्या आदिलाई समावेश गर्दै जानुपर्छ । यसो गरिएको खण्डमा भविष्यमा आप\mनो हाडनाताको सम्बन्ध कायम राख्न र कुटुम्ब जोड्न बाधा हुँदैन । साथै आˆनो थर-उपथरको पहिचान भई भावी पुस्तामा हाडनाता लाग्ने आपसमा वैवाहिक सम्बन्ध छुटाउन सहयोग पुग्छ । त्यसैले भावी दिनमा हामी सबैले आप\mना जात, थर र उपथर चिन्ने, जान्ने कोसिस गरी नागरिकता प्रमाणपत्रलगायत अन्य सबै सरकारी कागजातमा आ-आप

m्नो थर लेख्न आवश्यक छ । अतः आजको तमाम युवा वर्ग, राजनीतिकर्मी, समाजसेवी तथा शिक्षित वर्ग आपसमा फुटेर होइन एकमतले अगाडि बढ्नुपर्छ । यसो भएमा आफ्नो स्वजातीय पहिचान भई कुनै समुदाय कुनै क्षेत्रमा बस्दैमा क्षेत्रगत जातको हुँदैन भन्ने सन्देश सबैलाई दिनुपर्छ ।

Read Full Discussion Thread for this article