Posted by: Geology Tiger November 8, 2010
College football Pick'em 2010
Login in to Rate this Post:     0       ?        
हाम्री अत्यन्तै मिलनसार, मृगनयनी, मृदुभाषी, समय समयमा आफ्नो बत्तिस दन्तको दर्शन दिदै, हाउभाउ कटाक्ष गरी सबैमा मोहनी लगाउने, सुकुमारी ग्रेसीलाई गएको शनिबार अलाबामा नाम गरेको तर एउटा साधारण आलुबमको प्रहार पनि सहन नसक्ने, पानीमरुवा, डरछेरुवा, खुट्टे भकुन्डोलाई हातैले खेल्ने, पिलन्धरे एउटा समुहलाई अर्को बाघे समुहले एक झाप्पु हान्दा भुइमै उठ्ठ्नै नसक्ने गरी खुत्रुक्कै भएको र सो प्रहारको असरले हाम्री संगीनी ग्रेसीको खुत्रुकेसम्म फुटेकोले यस्तो शोकमग्न स्थितिमा पेटमा जागेको भोकलाई पनि एक छिन थाती राख्दै निज ग्रेसीलाई परमेश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गर्नुन् र भविश्यमा आलुबामाले खानु पर्ने अरु झापुहरुको चोट निज ग्रेसीको च्यापुसम्म नपुगोस् भन्ने प्रार्थना गर्दछु।    
Read Full Discussion Thread for this article