Posted by: sachetnep March 3, 2010
लौ अब के गर्ने?
Login in to Rate this Post:     0       ?        
Source: Peopleboat  Written by : Sweta  Image Design: Ramesh
वि सं १७९९ मा गोर्खाका राजा पृथिवी नारायण शाहले सुरु गरेको  एकीकरण
अभियान वि सं १८६३ सम्म आहि पुग्दा टिस्था देखि सत्लर सम्म ओगटेको बिशाल
नेपालमा परिडंत भएको थियो| सन् १८१५ मा यिस्ट इंडिया कम्पनी र नेपाल बीच
भएको सु्गौली सन्धि पश्चात नेपालले पूर्व मेची देखि पश्चिम महाकाली र
तराईको केहि भागमा चित्त बुझाउनु पर्यो | सुगौली सन्धि भएको २०० वर्ष
पुग्न लाग्दासम्म नेपालको भू भागमा ३ दिशा बाट निरन्तर अतिक्रमड भई राखेको
छ | nepalअथाह
जल सम्पदा र जडी बुटीको भण्डारमा गिद्दे द्रिस्ठी  लगाउदै आएको  दक्षिणी
छिमेकी राष्ट्र अझ पनि कसरी हुन्छ ति सम्पदा आफ्नो बनाउने दाऊमा छ |

आज
राजनैतिक नेत्रितो र पार्टीहरु असक्षम बन्दै जाँदा एक तिर देश राजनैतिक र
आर्थिक रुपमा असफल राष्ट्र बन्दै छ भने अर्का तिर आफ्नो र पार्टीको
स्वार्थमा लिप्त तिनै नेत्रितोको असक्षम कुटनीतिले गर्दा भौगोलिक रुपमा
पनि नेपाल नरहने स्थितिको सिर्जना भएको छ |

'प्रभु'हरुको
आशिर्बादबाट बनेको यो सरकारको त कुरै नगरौ युद्द गर्छु भनि कुनै बेला
सुरुङ खन्ने र राष्ट्रबादको नारा खोक्दै जगत हसाउने पार्टी पनि आज भैसी
पुजाबाटै राष्ट्र बलियो हुने कुरा गर्दै छन् | काक्रा चिरे झैँ देश
प्लटिइंग  गरि जातीय र क्षेत्रीय रुपमा तिनै पार्टीहरुले फगत आफ्नै
स्वार्थका लागि देशलाई भाग बन्डा गर्दै छन् |  भुमि पुत्र हौ भन्दै र "एक
मधेस एक प्रदेश" को कुरा गर्दै हिंड्नेहरु देश उत्तर प्रदेशमा गाविन
लाग्दा समेत कानमा तेल हालेर बसेका छन् | 'प्रभु'हरु रिसाउने डरले देश
प्रेमले उत्प्रोत भएको 'दश गजा" सिनेमामा आज सेन्सर लागिएको
छ, मधेस आन्दोलन पछि लाखौ छिमेकि नागरिकलाई नागरिकता दिंदा पनि नपुगेर अब
पासपोर्ट पनि तेतै छापिदै छ | अब कति बिदेशी नागरिकले नेपाली पासपोर्ट
बोक्ने हो हेर्न बाँकि छ | नेताको त विश्वास गुमी सक्यो अब नागरिक समाजको
आश बाँकि छ | आज जनताले आफ्नो भुमिको रक्षागर्न आफै उठ्नु पर्ने भएको छ |
तपाई भनुस लौ अब के गर्ने?

(बेल्जियम निवासी रमेश कंडेलको चित्रमा आधारित हुँदै स्वेता श्रेष्ठको शब्द)
Last edited: 03-Mar-10 08:47 PM
Read Full Discussion Thread for this article