Posted by: chipledhunga December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

सिन्दूर पोते गरेको मलाई हिंजो नि जस्तो लाग्छ है
आज एक दुई तरुनीलाई जिस्काउँ जिस्काउँ लाग्छ है
नाती नातिनी खेलाउने बेलैमा लै लै
तरुनीको के यस्तो रहर नै लै लै
यो ज्योवनलाई सलाम त्यो बैंशलाई सलाम
चालिस बर्शे ज्योवनलाई मेरो पनि सलाम


कठ्याङ्रिंदो शुक्रबारे बिहानीको जदौ सबैलाई। आज त गतिलै हिउँ पर्ने भन्छन्। पोहोर एक दिन त हो कि होइन जस्तो अलिकति परेको थियो।
जिम्मालबा, हिउँ देखिसकेको हो र भन्या आज? मौसम त बौलाहा नै हो, आईतवार गर्मी, मंगलबार ८० काट्ने भन्छ फेरि आज चाँही यस्तो छ.
रिट्ठे सर, स्वास्थ्य कस्तो छ नि आज?
ठुल्दाइ, चिलिम तान्नलाई मौसम कस्तो छ त्यता?
बैरेले चाँही नभन्दै ढोका लाउने र खोल्ने दुइटै गरेछ।
दीप पर्भोको कबिता पनि झक्कासै गयो। 
पूरेको हाटा गर्ने नानी देखिको बानी। अब दिउँसो कुन बेला, तेल निस्किने गरी पेल्यो, कस्तो भेर ल्यायो भन्दै आउँछ।
अनि फोटो हेर्दा चाँही ३ डलरको पानी किन्या ठाम चाँही मुढेबारी जस्तो छ, अर्थात् Moody Garden।     


बांकी सबैलाई तारेमाम्। 

Read Full Discussion Thread for this article