Posted by: fucheketo November 14, 2009
यो कथाको अन्त्य छैन !
Login in to Rate this Post:     0       ?        

आजको चिया साह्रै
मिठो थियो !
मैले कुरा मोडे



पर्दैन खान फेरि
,त्यसै त ग्याष्ट्रिक ले खाना नरुच्ने भइसकेको छ !
  उ झर्किए जस्तो गरी मलाई थाहा छ उ किचन भित्र
छिरेर बनाएर लिएर आउनेछे अब चिया !



तिमीले बनाएको खाना
मलाई नरुचेको छ र कहिल्यै !
उसलाई किचन भित्र
छिराउन यी शब्द पर्याप्त थिए ! बाटोमा मेरै बिध्यार्थी गन्जी र हाफ पाइन्ट मा
साइकलको ट्युब गुडाउँदै थियो ।



सुवाष अम्बक खान्छस्
?
मैले बोलाएँ ।उ लुरुलुरु आयो मलाई नमस्ते गर्यो मैले गिठ्ठो अम्बक
टिपेर दिएँ । मेरो कान्छोलाई पनि पाकेको अम्बक मन पर्दैन !



सुधा
चिया लिएर आई ।



फोन लागेन है !



मैले
टाउको हल्लाएँ !



ट्राइ नै गर्नु भएको
छैन की के हो ?



तिमीलाई माया लाग्छ
नि छोरा छोरीको !
म पनि झर्किए जस्तो
गरेँ !



मैले त्यहि नै त है
भनेको ,अहिले को चिया चाहिँ कस्तो छ नी !
उसलाई थाहा रहेछ
मैले अघि चियाको नाममा कुरा मोडेको थिएँ भनेर !



आज खाना चाँडै
खानुपर्ने ,छुट्टिको दिन !



परेको छैन है तास
खेल्न जान !
उ कसरी मैले पुर्ण
नगरेका वाक्यहरु बुझ्छे ,मेरा शब्दभित्रका अर्थहरु बुझ्छे !



दाजुले अघि फोन
गरीसक्नुभयो !
मैले दोष दाइलाई
देखाइदिएँ , दाजुले पनि मैले बोलाएको भन्नु भएको होला घरमा पक्कै पनि !



कस्तो माया नलागेको
छोरोको ,फोन गरेको छैन तँपाइलाई पनि !
उसले मलाई सँधै
इमोसनल ब्ल्याकमेल गर्न खोज्छे । छुट्टिको दिन घरमा एक्लै बस्न उसलाई पनि मन छैन
तर उ भन्न पनि त सक्दिन !



फेरी फोनको घण्टि बज्यो



कान्छा के छ तेरो
खबर।।।हेर न हिजो सपना कस्तो कस्तो देखेँ ।।।।।।।।।।।।
उसको अनुहारको मलाई
सबैभन्दा मन पर्ने उज्यालो फर्कियो । म फोनको छेउ तिर लम्किए उसले धेरै बेर गफ
गरेपछि मलाई पनि एकछिन गफ गर्न दिनेछे भनेर ! आज ढुंगानाको तास खेल्न पनि जान
पाइने भो !!!!!!!!!!!!



 



यो
कथा यति नै ,शायद यस्ता कथाहरुको अन्त्य हुन्न !



 



 



 



 









Read Full Discussion Thread for this article