[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 यो कथाको अन्त्य छैन !
[VIEWED 11039 TIMES]
SAVE! for ease of future access.
Posted on 11-14-09 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



फेरि मेरो ढाडले दुख दिन थालेको छ । मैले मेरि सुधालाई सुनाउन सक्दिन मेरो ढाड दुखाइको
बारेमा । किन आइमाई मान्छे साना साना कुराहरुलाई ठुलो इस्यु बनाउँछन् खोई ! उसलाई
नभनेकै ठिक छ मलाई रोग भन्दा उसको चाकर देखी डर लाग्छ ।

दुध दुहुँदा दुहुँदै कहिले काहिँ बाल्टी नै हुइँक्याइदिउँ जस्तो लाग्छ ।त्यति नै खेर हो ढाड दुख्ने ज्यादा !

आ गाई बेचीदिउँ ! मैले भान्छा मा चियाको लागि पानी तताउँदै गरेकी सुधालाई हेर्दै प्रस्ताव राखेँ ।उसले मेरो हातबाट बाल्टिन लिने बेलामा पुलुक्क हेरी ।

तँपाइले नभने पनि मलाइ थाहा छ ,मैले त अस्ति बेचौँ भनेको ! आखिर के कमी छ र अब ? उसले मैले नबोलिकननै मेरो ढाडको रोग पत्ता लगाई ।

हो हुन पनि , के कमी छ र अब छोरा पढुन्जेल गाई पाल्दा साइड जब भएको थियो टिचिंग बाहेकको जसले हाम्रो घरलाई सघाउने भएको थीयो । अहिले त किन नै पो चाहियो र गाई ?


उ चिया लिएर बाहिरको बरण्डा मा निस्की , म उसको पछि पछि लागेँ । आज घाम चर्केला जस्तो छ । धान सुकाइदिनु पर्ने छ मिल को चट्टालमा लगेर ! बाटो पानी नपरेर धुलै धुलो भएको छ । अम्बक का बोट मा गिठ्ठा अम्बक झुण्डिन थालेछन् । कान्छो छोरालाई सम्झेँ अम्बक खुबै मन पराउँथ्यो ।

आज सपना नराम्रो देखेँ , कान्छा लाई फोन गरेको लागेन !
सुधाले गुनासो पोखी ।त्यहि भएर रहेछ उसको उज्यालो अनुहार मलिन् । बिहा गरेको बेला
थोरै काली छे भनेर धेरैले भने तर आज छब्बिस बर्ष पछि पनि मलाई उ उस्तै उज्याली उस्तै फरासिली लाग्छे ।

अब सँधै त कहाँ बाट गर्न सक्छ त विदेशबाट तिमी पनि !
फेरि उसको गुनासो ,हामी एक अर्काको गुनासो पेटीका भएका छौँ , म उसको गुनासो बोकिदिन्छु उ मेरो गुनासो बोकिदिन्छे ।फरक यति छ उ गुनासो लाई दोहोर्याइ तेहेर्याई कन भनिरहन्छे , म भन्दिन तै पनि उ बोक्छे । उसले मेरो मौनता बुझेकी छे ।

हैन नी , आज त छुट्टिको दिन सँधै गर्थ्यो ,फेरि तिन दिन पनि त भयो !

आउला नि त ! म माया देखाउन चाहन्न ,फेरि सुधा जिस्क्याइहाल्छे तँपाइलाई पनि त खरो भइहाल्ने रैछ नी खाली मलाई मात्र भन्नुहुन्छ भनेर !

एक चोटी तँपाइले ट्राई गर्नु न लागिहाल्छ कि !
मैले कल गर्ने लाइसेन्स पाएँ अब म जति पनि ट्राइ गर्न सक्छु लगाएरै छोड्नेछु ।

फोन लागिरहेको रहेनछ ,यो नेटवर्क मलाई रिस पनि उठ्छ ,बिचरा कान्छो पनि त ट्राइ गरिरहेको होला !उसलाई पनि त थाहा छ उसकी आमाको वानी !

कि जेठो लाई फोन गरेर चित्त बुझाउँछ्यौ त ! मैले उसलाई जिस्क्याएँ । हिजो जेठोले मसँग गफ नगरिकन फोन राखेको थियो !

छ्या हिजो राति गरेको हैन !

तिमीले यसपाली आउँदा सुन्तला लिएर आइज भन्यौ त ! भनेनौ भने त ल्याउँदैन त्यसले ।" 

आँफै फोन गरेर भने भइहाल्यो नि खाली मलाई अराउनुहुन्छ ! उसले साग पखालेको पानी मा आफ्नो हात भिजाउँदै भनी ! उसको हातको घडी पुरानो भएको छ ,अर्को ताली बजार गएको बेला उसले थाहा नपाई घडी ल्याइदिनुपर्ला !

खाली आमा खोज्छन् केटाहरु !

फोन को घण्टी बज्यो ,सुधा जुरुक्क उठी ।थोरै उज्यालो फर्कियो , म पछि पछि लागेँ उसको । कान्छोको फोन हैन रहेछ म बाहिर निस्केर आफ्नो मेमोरिकार्डका गितहरु सुन्न थालेँ ! बरण्डाको खाटमा गर्मिमा घाम आएर बस्न गाह्रो हुन्छ । भित्र गएर कुर्सि झिकेँ । अम्बकको छायाँ मा राखेँ !

गोपाल बाजेको पो रैछ ,आफू त कान्छोको होला भनेर उठेको ! उसको अनुहारको उज्यालो हराएको थियो । म पनि त विवश नै थिएँ नी फोन लागिराखेकै थिएन ।

टाढा पठाएपछि त्यस्तै हो ! उसको अनुहारमा रिस नदेखेको धेरै भएको छ तर उ रिसाउँदा पनि राम्री लाग्छे ,मेरै आफ्नि लाग्छे ।

मैले पठाएको हो ? उ थोरै झर्किई !

आजको चिया साह्रै मिठो थियो ! मैले कुरा मोडे

पर्दैन खान फेरि ,त्यसै त ग्याष्ट्रिक ले खाना नरुच्ने भइसकेको छ !  उ झर्किए जस्तो गरी मलाई थाहा छ उ किचन भित्र छिरेर बनाएर लिएर आउनेछे अब चिया !

तिमीले बनाएको खाना मलाई नरुचेको छ र कहिल्यै ! उसलाई किचन भित्र छिराउन यी शब्द पर्याप्त थिए ! बाटोमा मेरै बिध्यार्थी गन्जी र हाफ पाइन्ट मा साइकलको ट्युब गुडाउँदै थियो ।

सुवाष अम्बक खान्छस् ? मैले बोलाएँ ।उ लुरुलुरु आयो मलाई नमस्ते गर्यो मैले गिठ्ठो अम्बक टिपेर दिएँ । मेरो कान्छोलाई पनि पाकेको अम्बक मन पर्दैन !

सुधा चिया लिएर आई ।

फोन लागेन है !

मैले टाउको हल्लाएँ !

ट्राइ नै गर्नु भएको छैन की के हो ?

तिमीलाई माया लाग्छ नि छोरा छोरीको ! म पनि झर्किए जस्तो गरेँ !

मैले त्यहि नै त है भनेको ,अहिले को चिया चाहिँ कस्तो छ नी ! उसलाई थाहा रहेछ मैले अघि चियाको नाममा कुरा मोडेको थिएँ भनेर !

आज खाना चाँडै खानुपर्ने ,छुट्टिको दिन !

परेको छैन है तास खेल्न जान ! उ कसरी मैले पुर्ण नगरेका वाक्यहरु बुझ्छे ,मेरा शब्दभित्रका अर्थहरु बुझ्छे !

दाजुले अघि फोन गरीसक्नुभयो ! मैले दोष दाइलाई देखाइदिएँ , दाजुले पनि मैले बोलाएको भन्नु भएको होला घरमा पक्कै पनि !

कस्तो माया नलागेको छोरोको ,फोन गरेको छैन तँपाइलाई पनि ! उसले मलाई सँधै इमोसनल ब्ल्याकमेल गर्न खोज्छे । छुट्टिको दिन घरमा एक्लै बस्न उसलाई पनि मन छैन तर उ भन्न पनि त सक्दिन !

फेरी फोनको घण्टि बज्यो

कान्छा के छ तेरो खबर।।।हेर न हिजो सपना कस्तो कस्तो देखेँ ।।।।।।।।।।।। उसको अनुहारको मलाई सबैभन्दा मन पर्ने उज्यालो फर्कियो । म फोनको छेउ तिर लम्किए उसले धेरै बेर गफ गरेपछि मलाई पनि एकछिन गफ गर्न दिनेछे भनेर ! आज ढुंगानाको तास खेल्न पनि जान पाइने भो !!!!!!!!!!!!

 

यो कथा यति नै ,शायद यस्ता कथाहरुको अन्त्य हुन्न !

 

 

 

 




Last edited: 14-Nov-09 01:05 AM

 
Posted on 11-14-09 1:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको चिया साह्रै
मिठो थियो !
मैले कुरा मोडे



पर्दैन खान फेरि
,त्यसै त ग्याष्ट्रिक ले खाना नरुच्ने भइसकेको छ !
  उ झर्किए जस्तो गरी मलाई थाहा छ उ किचन भित्र
छिरेर बनाएर लिएर आउनेछे अब चिया !



तिमीले बनाएको खाना
मलाई नरुचेको छ र कहिल्यै !
उसलाई किचन भित्र
छिराउन यी शब्द पर्याप्त थिए ! बाटोमा मेरै बिध्यार्थी गन्जी र हाफ पाइन्ट मा
साइकलको ट्युब गुडाउँदै थियो ।



सुवाष अम्बक खान्छस्
?
मैले बोलाएँ ।उ लुरुलुरु आयो मलाई नमस्ते गर्यो मैले गिठ्ठो अम्बक
टिपेर दिएँ । मेरो कान्छोलाई पनि पाकेको अम्बक मन पर्दैन !



सुधा
चिया लिएर आई ।



फोन लागेन है !



मैले
टाउको हल्लाएँ !



ट्राइ नै गर्नु भएको
छैन की के हो ?



तिमीलाई माया लाग्छ
नि छोरा छोरीको !
म पनि झर्किए जस्तो
गरेँ !



मैले त्यहि नै त है
भनेको ,अहिले को चिया चाहिँ कस्तो छ नी !
उसलाई थाहा रहेछ
मैले अघि चियाको नाममा कुरा मोडेको थिएँ भनेर !



आज खाना चाँडै
खानुपर्ने ,छुट्टिको दिन !



परेको छैन है तास
खेल्न जान !
उ कसरी मैले पुर्ण
नगरेका वाक्यहरु बुझ्छे ,मेरा शब्दभित्रका अर्थहरु बुझ्छे !



दाजुले अघि फोन
गरीसक्नुभयो !
मैले दोष दाइलाई
देखाइदिएँ , दाजुले पनि मैले बोलाएको भन्नु भएको होला घरमा पक्कै पनि !



कस्तो माया नलागेको
छोरोको ,फोन गरेको छैन तँपाइलाई पनि !
उसले मलाई सँधै
इमोसनल ब्ल्याकमेल गर्न खोज्छे । छुट्टिको दिन घरमा एक्लै बस्न उसलाई पनि मन छैन
तर उ भन्न पनि त सक्दिन !



फेरी फोनको घण्टि बज्यो



कान्छा के छ तेरो
खबर।।।हेर न हिजो सपना कस्तो कस्तो देखेँ ।।।।।।।।।।।।
उसको अनुहारको मलाई
सबैभन्दा मन पर्ने उज्यालो फर्कियो । म फोनको छेउ तिर लम्किए उसले धेरै बेर गफ
गरेपछि मलाई पनि एकछिन गफ गर्न दिनेछे भनेर ! आज ढुंगानाको तास खेल्न पनि जान
पाइने भो !!!!!!!!!!!!



 



यो
कथा यति नै ,शायद यस्ता कथाहरुको अन्त्य हुन्न !



 



 



 



 










 
Posted on 11-15-09 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A simple plot, modestly put and cleverly mixed with psychology and emotion. Indeed a good one and I believe closely related to yourself. And welcome back after a long time in Sajha. 

 
Posted on 11-13-12 11:08 AM     [Snapshot: 1737]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कस्तो आफ्नै घरको आमा-बुवाको कथा जस्तै लाग्यो........ फुच्चे किन हारको अरु नि लेखना ....बरु अंग्रेजी मा पिलिज भन्छु नि .... 
 
Posted on 11-19-12 10:12 AM     [Snapshot: 1956]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WOW ...  शब्द संग खेल्ने त यसरि हो नि ... अर्को मास्टर पिस ... पुराना पनि बाँकि नछोडौ है ...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Does he deserve Noble Peace prize??
ChatSansar.com Naya Nepal Chat
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Love trumps Hate
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Example of how media controls the sheeps
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Michael Kobold's expose on Nimsdai Purja
The delusion created by mainstream media is creating fake reality for biden supporters
Democrats cannot think for themselves
Supporting issues on principle instead of blind brainwashed support
The Battle of the Titans
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
maga got what they voted for
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters