Posted by: timer November 13, 2009
Yi sara Nepali lai kam de, jhanda haina
Login in to Rate this Post:     0       ?        

November 13, 2009



यसरी सकियो माओवादीको दोस्रो चरणको आन्दोलन


Filed under: समाचार/विचार — Salokya @ 7:46 pm



माओवादीको दोस्रो चरणको आन्दोलन अन्तर्गत आज अन्तिम कार्यक्रम सिंहदरबार घेर्ने थियो। साढे एक/२ बजेसम्म घेराउ गरेपछि आठै ठाउँमा घेराबन्दी गरिरहेका माओवादीहरुले संयुक्त जुलुस निकालेका थिए। हजारौँको जुलुसका कारण ट्राफिक व्यवस्था ठप्प भएको थियो। यो आन्दोलनको अनौठो विशेषता ‘शान्ति’ रह्यो। आजसम्म भएका कुनै पनि आन्दोलन यति शान्तिपूर्ण भएका थिएनन्। यतिको ‘मास’ हुँदा पनि न एउटा टायर जल्यो, न सडकका रेलिङ भाँच्चिए, न गाडीका शिशा फोडिए। हिजो एक ठाउँमा झडप भएर मात्र हो, नत्र त एउटा ढुंगा पनि नहानिएको रेकर्ड बस्थ्यो। नाचेर, गाएर, रमाइलो गरेर पनि आन्दोलन गर्न सकिन्छ भन्ने उदाहरण उनीहरुले प्रस्तुत गरे। यो उदाहरण सबैले सँधै पछ्याए मात्र पनि एउटा सकारात्मक काम हुनेछ नेपालमा। हिजो झडप भएपछि आज केही तनाव होला कि भन्ने आशंका थियो तर सारा अनुमानलाई फेल खुवाउँदै हिजोको भन्दा अनुशासित र शान्तिपूर्ण रुपमा आन्दोलन सकियो।


अचम्म त मलाई त्यति बेला पनि लाग्यो जब आज प्रचण्डले हिजोको झडपको घटनामा आफ्नोतर्फ पनि कमजोरी रहेको (र प्रहरी तर्फ पनि कमजोरी रहेको) स्वीकारे। केही नेताले प्रहरी दमनमा उत्रियो अब हामी ह्याँ गर्छौँ वहाँ गर्छौँ भनी भनेका कुराको बिल्कुल विपरीत। नत्र आदेश देऊ प्रचण्ड युद्ध लड्न तयार छौँ भन्दै उग्र नारा लगाउने भीडले जे पनि गर्न सक्थे।


सम्झन्छु ती दिनलाई, जब कोइराला सरकार हुँदा माओवादीले आन्दोलन गरेको थियो। पेट्रोलको भाउ बढाएकोमा गरेको आन्दोलन होस् कि राजदूत नियुक्ति प्रकरणमा गरेको आन्दोलन होस्, कति टायर जलेका थिए। कति ठाउँमा गाडीका शिशा फोडिएका थिए। चार जना मान्छे भएर बाटो जाम गरेका थिए। त्यस्तो ‘अराजक’ भीडलाई पूरै शान्तिपूर्ण बनाउन पनि सकिँदो रहेछ। नाचगान र उत्सवको रुपमा पनि आन्दोलन गर्न सकिँदो रहेछ त।








यी फोटो खिच्न माओवादीको र्‍यालीमा धेरै बेर नजर लगाएको थिएँ। अघिल्लो लाइनमा स्पिकरबाट गीत बज्थ्यो ‘यो जनआन्दोलन हो’ भन्ने। अनि यही गीतमा नाच्थे, गाउँथे, झुम्थे आन्दोलनकारीहरु। माइकले वरपर लाइन लागेकाहरुलाई पनि भन्न अनुरोध गर्थे नागरिक सर्वोच्चताको नारा। प्रहरी र सेनालाई पनि तपाईँ नेपाल आमाको छोरा हो भने भनिदिनुस् एक पटक भनी अनुरोध गर्थे।


रत्नपार्कको ओभरहेड ब्रिजमा बसेर जुलुसको आधा भाग हेर्दा लाग्थ्यो, यो कुनै आन्दोलन हैन, बरु सांस्कृतिक जुलुस हो। लाखे नाच थियो, गुरुड र अन्य जातिका भेषभुषामा नाचेका थिए। धिमे बाजा थियो, पन्चे बाजा थियो। रोल्पा र रुकुमका फाटेका लुगा लगाउनेहरु मात्र हैनन्, मिनी स्कर्ट र गगल्स लाउने मोर्डन केटाकेटीहरु पनि थिए जुलुसमा। आन्दोलनको तनाव, आक्रोश हैन, ‘मस्त’ थिए उनीहरु। हात उठाउँदै नाच्थे तिनीहरु। गाउँथे तिनीहरु। म नजिकै उभिएका एक बाजे छक्क परे, ए बाबा, कस्तो खालको आन्दोलन हो यो ? सब हाँसेका छन्, सब झुमेका छन्। यो कहिले नदेखिएको आन्दोलनका केही झलक तपाईँ भिडियोमा देख्‍न सक्नुहुनेछ जुन छिट्टै अपलोड गरिनेछ।



आठै नाकामा धर्ना दिएकाहरु मिसिएर र्‍याली सभामा परिणत हुँदा खुलामन्चमा ठाउँ नपुग्ने भएर हो कि किन हो, आमसभा भृकुटीमण्डपको त्यस्तो ठाउँमा गरियो जहाँ तीन वटा बाटा थिए। एक हुल भीड प्रदर्शनी मार्गतिर थिए, अर्को हुल भद्रकालीतिर र अर्को हुल बसपार्क,रत्नपार्कतिर। यो एकातर्फको हुलको मात्र फोटो हो। सिंहदरबार वरपरको पूरै घेराउ र जुलुसको एरिअल फोटो खिच्ने भनेर माओवादी पत्रिका जनदिशाले फिस्टेल एअरको एउटा हेलिकप्टर भाडामा लिएको भए पनि गृह मन्त्रालयले अनुमति उडान नदिएपछि खिच्न सकेनछन्।




माओवादी समर्थित स्वास्थ्यकर्मीहरु। उनीहरुले आन्दोलनका सहभागीहरुलाई केही समस्या परे तत्काल उपचार गर्थे।






आमाछोरीको आन्दोलनः आमा पूर्वमन्त्री हिसिला यमी सहभागीहरुलाई हौस्याउन सिठी बजाउँदै। तल छोरी मानुषी यमि भट्टराई अखिल क्रान्तिकारीको ब्यानरमा नारा लगाउँदै।











Read Full Discussion Thread for this article