Posted by: Nepe May 7, 2009
प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!
Login in to Rate this Post:     0       ?        

GPwrote:


> Malai ta Nepe ji ko comment po herna padhna man lagyo.


 


GPji,


 


मलाई दिनदिनै भेट्न सकिने गोप्य ठाम त बताएकै छु । तैपनि यहाँ राख्‍नुभएको जिज्ञासमा मेरो संक्षिप्त प्रत्युतर ।


प्रचण्डजीको व्यक्तित्वको बारेमा उहाँले 2000  मा Revolutionary Worker लाई दिनुभएको अन्तर्वार्ता ( http://revcom.us/a/v21/1040-049/1043/interv.htm )मा “My main thrust is that I hate revisionism. I seriously hate revisionism. And I never compromise with revisionism. I fought and fought again with revisionism. And the party's correct line is based on the process of fighting revisionism. I hate revisionism. I seriously hate revisionism” भनेको पढेको दिनदेखि वहाँ कट्टर पुरातन साम्यवादी हुनुभएको चित्र मेरो दिमागमा थियो र त्यकारण वहाँलाई म (आफु कट्टर बुर्जुवा लोकतन्त्रवादी भएकाले) नेपालको लागि अयोग्य र खतरनाक नेताको रुपमा हेर्थें । बाबुराम भट्टराईको भने नरम साम्यवादी चित्र थियो मेरो दिमागमा ।


प्रचण्ड सार्वजनिक भएपछि उनले लगातार बुर्जुवा लोकतन्त्रप्रति प्रतिवद्धता व्यक्त गरेपछि भने पुराना कट्टर प्रचण्ड बदलिएछन भन्ने लाग्यो र केही समयसम्म त (दुई तीन महिना जति होला) प्रचण्ड नेपालको राजनेता (statesman) को रुपमा नै उदय हुनेतिर अगाडी बढिरहेका हुन् कि भन्ने लागेको हो मलाई । किनभने माओवादी विद्रोहलाई बुर्जुवा लोकतन्त्रमा अवतरण गर्नु भनेको महान राजनेताले मात्र गर्न सक्ने आँट, वलिदान, कुशलता, उदारता, समयबोध र दूरदर्शिता हो ।


किन्तु दुई तीन महिना बित्‍नेबित्तिकै उनले लटरपटर कुरा गरेर जनगणतन्त्रप्रति नै आस्था रहेको कुराको संकेत दिए । अनि अनेक आन्तरिक निर्णयहरु र सार्वजनिक वक्तव्यबाट त स्पष्ट रुपमा माओवादीहरु जहाँको तहाँ रहेको कुरा देखियो ।


लोकतान्त्रिक गणतन्त्र लाई अस्थायी रुपमा स्वीकार गरी जनगणतन्त्र का आफ्ना दीर्घकालिन लक्षको लागि काम गर्दै जाने - यस्सै गरेका पनि हुन्, भनेका पनि हुन् ।


यसकुराम म भ्रममा (प्रचण्ड सार्वजनिक भएको लगत्तै कालखण्डमा बाहेक) कहिले थिईनँ ।


अब जहाँसम्म video को कुरा छ, माओवादीको दीर्घकालिन लक्ष्यकोबारेमा प्रचण्डले गरेका संकेतहरुले मलाई आश्चर्यमा पारेनन्, त्यो जगजाहेर नै कुरा हो । मलाई आश्चर्यमा पारेको र क्षुब्ध बनाएको कुरा एउटै छ । र त्यो हो उनले आफैले सहमति जनाएको ठूलो राष्ट्रिय महत्वको सहमति (राष्ट्रिय सेना को निर्माण, वृहद शान्ति सम्झौताको मर्म र त्यसको सार्वजनिक व्याखा र बुझाई) लत्याई गर्ने योजना बनाएको गद्धारी । यसलाई राष्ट्रिय गद्दारी नै भन्नुपर्छ, यसको अर्को शब्द छैन ।


कुरा के भने जनसेनानेपाली सेना लाई समायोजन गरेर राष्ट्रिय सेना निर्माण गर्ने जुन बहस र सहमति हो नि, त्यसमा राष्ट्रिय सेना भनेको सामान्य सँयुक्त सेना होईन ।


राष्ट्रिय सेना भनेको कस्तो सेना हो भने यो माओवादी वा कुनै पनि दल र त्यसको दीर्घलाकिन राजनैतिक लक्ष्यप्रति वफादार होईन, त्यस्तो वैचारिक तालिमबाट मुक्त र नितान्त पेशेवर सेना हो । राष्ट्रिय सेना को अर्थ, मर्म र सिमाना त्यही हो ।


तर माओवादीले उसको जनसेना राष्ट्रिय सेना बनिसकेपछि पनि वैचारिकता र वफादारीता भने माओवादीप्रति नै कायम राखिने योजना/चाहना बनाएको देखियो । त्यो राष्ट्रिय गद्धारी हो ।


मलाई आसा छ, प्रचण्डले हिजोको स्पष्टिकरण सभामा सांकेतिक रुपमा बताएजस्तै (वागमतिमा धेरै पानी बगिसकेको छ) माओवादीले नेपालको भावी राष्टिय सेना लाई आफ्नो दलको वैचारिक दासको रुपमा होईन कि राष्ट्रिय चरित्रको पेशेवर सेनाको रुपमा निर्माण गर्न आन्तरिक रुपमै सहमत र तयार छ ।


अन्यथा माओवादी दीर्घकालिन योजना बोकेरै राष्ट्रिय सेना मा प्रवेश गर्न चाहने जनसेनालाई हाम्रा नेताहरुले जेसुकै गरुन् तर हामी जनताहरुले भने अस्वीकार गर्नुपर्छ ।


मैले बारम्बार भनिराखेको छु, जनसेनाको वैचारिक वन्ध्याकरण (ideological neutralization) र वफादारी हस्तान्तरण (loyalty shift) नगरिकन सेना समायोजन गरिनै हुन्न । त्यो नभएसम्मका लागि क्यान्टोनमेन्टमै राख्‍नुपर्छ ।


पछिल्लो कटुवाल प्रसंग यीनै ठूलो तस्विरको एकभाग हो । यसबारे छुट्टै विस्तृत व्याख्या उचित होला ।


तर अहिलाई निम्न तीनबुँदाहरु मेरो व्यक्तिगत विज्ञप्तीको रुपमा राख्‍न चाहन्छु ।


 



  1. There is no conflict between the president’s order of stay and the idea of ‘civil supremacy’. On the contrary, president’s order only complement and reinforce the notion of ‘civil supremacy’. Therefore, the ongoing Nagarik Samaj’s opposition to the president’s action is senseless.

  2. If Katawal deserves punishment for this role in the suppression of the People’s movement, this is not the right time and the context. Katawal can still be punished after he retires. In fact, that will be a good precedence to establish.

  3. Calling the president Rambaran Yadav a puppet of India or other foreign powers could not be more stupid and cynic. I believe President Rambarna Yadav is the only person who cares about the nation right now. I am absolutely confident that he took this decision from his own conscience. Nagarik Samaj is being unable to see it because they are blinded by their self-assertive loath to Katawal (partly justifiable) and a pervasive domination (Stockholm syndrome ?) of Maoist. 

Rambaran Yadav might fail. Because that’s how the atmosphere looks like. He might be forced to go to graze his buffaloes. But I will always salute him for what I believe he listened to his inner voice and acted.


 


Thank you for reading.


 


Nepe


Read Full Discussion Thread for this article