Posted by: Rahuldai May 5, 2009
प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!
Login in to Rate this Post:     0       ?        

प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!


 


देशमा हाल घटिरहेका अप्रत्याशित घटना क्रमहरुले केही शब्द लेख्न लेख्दै छु  । मैले नेपाल को राजनीतिबारे टिका टिप्पणी गरें भने एक हूल पूर्वग्रहीहरु मसाने जुलुस निस्कन्थे रे निस्कने छन पनि । साझामा साझा चौतारीमा परदेशी पत्यार लाग्दो जीवनशैलिबाट केही स्वदेशी हावापानी पस्कने क्रममा केही कथा ब्यथाहरु कोर्दै आएको छु। धेरै शुभचिन्तकहरुले राजनीतिमा हात नहाल्नुस् दाई भनेका र धेरै साथी गुमाउनु परेकाले पनि सीमित मात्रमा टिकाटिप्पणी गरेको हुं। यसको अर्थ राजनैतिक यथार्थबाट पर हटेको छुइन।



मैले माओवादी र तिनका कलुषित गुरु योजना बारे धेरै लाई मौखिक वा अन्य फोरम मा भनी सकेको छु । कुनै समय माइ संसार मा समेत पाहुना लेखकको हैसियतले माओवादी कुसंसकारको भन्दाफोर गरेको थिएं र माइ संसारले प्रतिबन्ध समेत लागायो, राहुलभाइ लाई ।


२०५२ सालमा जब तत्कालिन जनमोर्चा जंगल पसे त्यतिबेला देखी नै मैले यी जंगलिहरुको असली नियत बारे ठाउँ ठाउँ मा कुरा राख्दै आएं । धेरैले हावा गफ भने। प्रचन्ड पथ भन्ने नै थिएन । प्रज्ञा पथ मात्र थियो । दौतरी डट ओरजी मा पनि यसबारे लेखिसकेको छु । 


आज इमेज च्यानल मार्फत जुन भिडियो बजार मा आएको छ । त्यसले माओबादी र कामरेड प्रचन्ड प्रती मेरो मनसपलटमा भएको चित्र सचित्र भएको छ । असली कम्यूनिष्ट को रंग देखाए तिनले । यती लेख्दा एमाले समर्थक मित्रहरुलाई न पच्न सक्छ । एमालेको बहुदलिय जनबादको अन्तिमा लक्ष पनि प्रचन्ड पथ भन्दा भिन्न छैन। संसदिय ब्यबस्था मार्फत सत्ता कब्जा गरी जनगणतन्त्र स्थापना गर्नु जबजको अन्तिमा लक्ष हुन ।
यो भिडियो नक्कली हो भनेर प्रमाणित गर्न लाखौंं आउने छन। उत्तम बाबु, उमेश बाबु लगायतका प्रचन्डले लुटेर बाँडेका सिता टिप्नेहरु धेरै छन। साझा मै अनेक अचम्म नामधारी कामरेडहरु छन, नक्कली सीडी प्रमाणित गर्न न्वारन देखिको बल लगाउने छन ।


यती बेला यो सीडी प्रकरण संगै २०५१-५२ तिर तत्कालिन एमाले को टिकट मा उम्मेदबार भै स्वतन्त्र हुँं भन्ने नौटंकी गर्ने संसद पद्म रत्न तुलाधरको क्यासेट प्रकरण याद आयो। एउटा समारोहमा हाल आफुलाई नागरिक समाज को अगुवा मान्ने माओवादीका थिंक ट्यान्क पद्म रत्नले गाई काटेर खान पाउनु पर्ने जिकिर स्पष्ट संग गरे । क्यासेटमा स्पष्ट संग गाई काट्न पाउने कुरा को खुलेआम वकालत गरेको देखिन्थ्यो। त्यसको बिरोध भए, खास गरी प्रतिपक्षमा रहेको काँग्रेसले । पद्म रत्न ले त्यस्तो बोलेकै हैन भनेर तत्कालिन एमाले ले प्रती रक्षा गरे । क्यासेट नक्कली हो भनेर आँफै टाम्परिङ्ग गरी गाई काट्ने भन्ने बोली निर हल्ला समायोजन गरेर अर्को क्यासेट निकाले। यो प्रकारण मा बिरोध गर्नेहरुमा प्राध्यापक संघ का पूर्व अध्यक्ष भीमसेन दास प्रधान थिए। हाल माओवादीका नेता तथा कथित नागरिक समाजका अगुवा मल्ल के सुन्दर ले भिमसेन दास जी लाई अब आइन्दा बिरोध गर्‍यो भने नेवार जाती समुदाय को बिरोध गरेको मणी कार्यबाही गर्ने र नेवारजातिबाट निकाला गर्ने फतवा जारी गरे ।


भर्खरै प्राप्त समाचार अनुसार प्रचन्ड को अश्लील तर असली भिडियो सार्वजनिक गर्ने इमेज च्यानल माओवादीहरुले घेराउ गरे रे। जंगलिहरुबाट यो भन्दा सभ्य प्रतिकृया के आश गर्न सकिन्छ र ? स्मरणिय रहोस्, इमेज च्यानल स्वयं माओवादी प्रती नरम दृष्‍टिकोण राख्ने पद्म रत्न तुलाधर कै अभिन्न मित्र राम कृष्ण मानन्धर को निजी च्यानल हो ।



अन्तमा सर्प लाई दुध खुवाएर पाले पनि आखिर मा बिष नै डस्ने हो। हिमाल मेडिया लाई चेतना भैसक्यो , अरुल्लाई पनि होला नै।

Read Full Discussion Thread for this article