Posted by: भ्रष्ट कांग्रेसी म April 11, 2009
Why is Maoist still winning election?
Login in to Rate this Post:     0       ?        

कुखुरी काँ,
बासी भात खाँ !
खोई मेरो बासी भात,
गिरिजाले सपै खायो !
खोई स्पात-मानव गिरिजा ?
दुलो भित्र पस्यो !
खोई दुलो ?
माओबादीले कुल्च्यो !
खोई माओबादी ?
कंचनपुरतिर बगायो
खोई कंचनपुर  ?
धनुषासंगै सु उ उ उ उ ......क्यों !


***********************************************************************************


प्रजातंत्र (अथवा जनताले सरकार चुन्ने बिधि) मा हारजित भई रहन्छ तर जनतालाइ "भोट दिने" भेंडा-बाख्रा सम्झेको भ्रष्ट गिरिजा र कांग्रेसलाई जनताले फेरी एकपटक १२ नम्बरको जुत्ता चटाइ दिएको छ ! "मोरल अफ दी स्टोरी" के हो भने गिरिजाको जस्तो हविगत जसको पनि हुन सक्छ !  मेरो बिचारमा, नेपाली कांग्रेसलाइ अब प्रजातंत्र  नै घाडो हुदैछ (हरे, समयको खेल प्रभु !) ! निम्न लिखित राजनितिक प्रब्रितीहरु जोड़दारको साथ नेपालमा घटने छ !


१) तथाकथित "डेमोक्रटिक एलायेंस" ले मल पाउने छ - सूर्य बहादुर काजी जुंगा मुठार्दै होलान !



२) सामंती सेनाको aristocrat हरुलाई अझै भड़काउने काम हुनेछ ! सेनाको जूनियर अफिसरहरुको ठुलो हुल माओबादी तिर आर्कषित हुनेछ !



३) हालसम्म (८ महीना) प्रतिपक्षमा बसेर माओबादीको भंडाफोर गर्ने नितिले super-dupper हावा खायो, अब भ्रष्ट कान्ग्रेस्सीहरु सरकारमा छिर्न सक्छ !  



४) अमेरिकनहरुको दिमाग अझ धेरै खलबलिने छ ! माओबादीलाइ terrorist लिस्टबाट हटाउन दबाब सृजना हुनेछ !



५) प्रणब मुखर्जीले नेपालको मामिलाको अरु धेरै कुटनीतिक आग्रहहरु Alzajira टी भीबाट प्रक्षेपण गर्ने छन ताकि अमेरिकनहरुले कानसम्म नै सुन्ने गरी पुग्ने छ !



६) अखिलको चुनाबले हौसियेको एमाले, माओबादीको यो मिनी चुनाबमा राम्रो परिणाम नआये गिरिजासंग मिलेर  सरकारको नेतृत्व गर्न खुट्टा उचालेर बसेको थियो भन्ने कुरा एमाले महा-सचिब इश्वर पख्रेलको केही दिन अघिको बक्तब्यबाट इंगित हुन्छ ! बुटवलको घटनालाइ ठुलै स्तरमा लामो समयसम्म चर्काई रहनुको अर्थ, उप-चुनाबमा प्रभावित हुने गरी माओबादीलाइ हिंस्रक र अराजक देखाउने प्रयेत्न थियो ! अब हाललाइ, एमालेको सरकारको नेतृत्व गर्ने महत्वाकांक्षा केही समय थांतीमा रहने छ !



७) यही मौकामा डॉ बाबुरामले स्वंय घोषित कर तिर्न नआएका भ्रष्ट र तस्कर ब्यापारी, राजनीतिग्य, जागीरेहरुलाइ गोरखे लौरी लगाउने छ !



८) सर्वोच्चको न्यायाधीशहरुको अकूत सम्पति बिबरण डॉ बाबुरामले हातपारि सकेको छ ! अब केही दिनमा नै न्यायाधीशहरुपनि माओबादीको पछि लाग्न शुरू गर्नेछ ! त्येसैले न्यायाधीसहरु डरायेर हतार-हतारमा भेला गरायेर नया आचार-संहिता पास गरायेका छन !  बाबुरामले "टिके न्यायाधीश" भनेर त्येतीकै कहा भनेका हुन र ?? भनिन्छ, राजनीतिग्यले "हाछिऊ" गरेकोमापनि अर्थ हुन्छ रे !! त्येस्मापनि हजारौ permutation सोचन सकने कंप्यूटर-चेसलाइ माथ दिने, बाबुराम !!

Read Full Discussion Thread for this article