Posted by: Geology Tiger March 17, 2009
क्रान्तिकारी सँग शहकार्य गरेर अखिल ले गल्ती गरेको छ
Login in to Rate this Post:     0       ?        

 


म त भन्छु यो जाँठो विद्यार्थी संगठन संगठन केही पनि चाहिँदैन, नेपाली विद्यार्थीहरुले यी संगठनबाट के पाएका होलान्? गाडी भाडामा छुट? अरु के होला? कलेजमा निर्धारित कोटा भन्दा बदी विद्यार्थी भर्ना? यसबाट सबै विद्यार्थी पढ्न पाउने माग त पुरा होला, तर राम्रा विद्यार्थीहरुले पाउने सुबिधामा सम्झौता गर्नु पर्ने हुन्छ। अनी अरु के? जाचँ पर सार्ने? यसबाट वास्तविक घाटामा पर्ने को? यदी विद्यार्थी संगठनको गठन विद्यार्थीहरुकै हकहितको लागि हुने हो भने त्यस्ता संगठनहरु गैरराजनैतीक हुनु पर्छ। कुनै पनि राजनैतीक पार्टीको झन्डा बोकेर हिंड्ने जुलुसमा हिंड्ने काम गर्नु हुँदैन। जुलुस हुनुपर्छ, तर केबल विद्यार्थी अधिकारको लागि, न की कुनै भ्रस्ट र हत्यारा नेतालाई सत्तामा पुरयाउन।  


सबैलाई चेतना भया!


 

Read Full Discussion Thread for this article