Posted by: lopchanlama January 23, 2009
बधाई प्रचन्ड
Login in to Rate this Post:     0       ?        

मेरो देश


 


सुन्दर्-शान्त बिशाल


मुटुभन्दा प्यारो


मेरो देश नेपाल


सोच मग्न छु


परदेश भुमिमा बसेर


छटपटी हुन्छ


एक घुट्को सोमरस पिउछु


घाऊहरु चिर्-चिराउछ


लामो सर्को धुँवा उडाउछु


शितल हुन्छ


 


सुकेका छैनन


अझै रगतका टाटाहरु


रोकेका छैनन


टुहुरा लाला-बाला


अनी


बिधुवाका भक्कानोहरु


फुलेका छैनन लाँलि-गुरास


उम्रेका छैनन बनमाराहरु


रिसको आभेसले झटारो हान्यो


भर गिलास सोमरसले मिटाइ दिए


लामो सर्को तानेर धुँवामा उडाइ दिए


 


कहिले जङल पसेर


कहिले शहर बसेर


बिकासको बत्ती


झ्याप्प-झ्याप्प निभायौं


बस्न दियौ


बाँच्न दियौ


युवा शक्ती बिदेश भगायौ


कन्सिरी तातेर आयो


एक घुट्कोमा बोतल रित्याए


एक श्वासमा खिल्ली सिद्याए


सोमरसले घुमाएको हो कि


धुँवाले उडाएको


आधा-बिहोसिमा बरबराएछु


हे! प्रचन्ड


हे! बाबुराम


मेरो देश आज


चिहानमा सुतेको छ।

Read Full Discussion Thread for this article