Posted by: elusivecat November 22, 2008
Another Accident in VA
Login in to Rate this Post:     0       ?        
अमेरिकाको भर्जिनियामा अर्को एक नेपाली दूर्घटनामा परे

नेपालीपोष्ट प्रतिनिधि

भर्जिनिया, नोभेम्बर २२

भर्जिनिया राज्यको फेयरफ्याक्स स्यान्टिली नजिकै रुट ५० मा शुक्रबार करिब पौने दश बजे गाडीले ठक्कर दिंदा तुलसीराम थपलिया वर्ष करिब ४१ को अवस्था चिन्ताजनक हुन पुगेको कुरा फेयरफ्याक्स च्यान्टलीका खेम संग्रौलाले नेपालीपोष्टलाई जानकारी दिनुभएको छ ।

अस्पतालका चिकित्सकका अनुसार थपिलियाको मेरुदण्ड र टाउकोमा गंभीर चोट लागेको र हाल ग्यालोज रोडस्थित फेयरफ्याक्स अस्पतालको ट्राइको आइसीयु बेड नम्बर १० मा उपचार भइरहेको छ । घाइतेलाई आफूले शनिबार विहान ३ बजे र शनिबार दिउँसो समेत हेरेर आएको उहाँको अवस्था निक्कै नै चिन्ताजनक रहेको घाइतेका छिमेकी कमल पोखेरले नेपालीपोष्टलाई जानकारी दिनुभयो ।

पोखरेलका अनुसार शुक्रबार राती इण्डियन रेष्टुरेन्टमा काम सकेर रातीको दश वजे अर्को काम नजिकैको सोनको ग्याँस स्टेशनमा जाने क्रममा रुट ५० को हाइवेबीचबाटै बाटो काट्ने हुँदा द्रुत गतिमा आएको कारले थपलियालाई ठक्कर दिएको र दूर्घटनापछि हेलिकप्टर आएर नै घाइतेलाई अस्पताल पुर्याएको थियो ।

थपलिया समयमा काममा नपुगेका कारण कामबाट फोन आएको र उहाँको खोजी गर्ने क्रममा पोखरेल नजिकै बाटोमा ठूलो दूर्घटना भएको देखेपछि दूर्घटनास्थलपुगेर आफ्नो साथी हराएकाले कतै उहाँ नै त दूर्घटनामा पर्नुभएको होइन भनेर प्रहरीसँग बुझ्दा थपलिया नै दूर्घटनामा परेको कुरा प्रहरीले जानकारी दिई घाइतेका बारेमा पोखरेलसित थप जानकारी प्रहरीले लिएको कुरा पनि पोखरेलले नेपालीपोष्टलाई बताउनुभयो ।

गत अगस्ट महिनामामात्र अमेरिका आइपुगेका थपलियाका चार छोरी  एक छोरा र श्रीमती काठमाडौं वडा नम्बर १३ स्थित छाउनीमा हुनुहुन्छ ।

गत सोमबारमात्र एक कार दूर्घटनामा परी मृत्यु हुन पुगेकी कृतिका सिंहको शबलाई शनिबार नेपाल पठाउने तयारीमा रहेको बेला पुनः नेपालीहरुले अर्को दर्दनाक घटना बेहार्नुपरेको छ ।

Read Full Discussion Thread for this article